Jump to content

Page:Shakuntala.pdf/341: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
चुरिए महाक्रोधी महातेजी पराक्रमी ।
चुरिए महाक्रोधी महातेजी पराक्रमी ।
हरी झै दैत्य ती आए अन्धा क्रोध बनी घुमी ॥
हुरी झैं दैत्य ती आए अन्धा क्रोध बनी घुमी ॥
{{pcn|(१०१)}}
{{pcn|(१०१)}}


इन्द्र गर्छन्‌ एक बनग्ज प्रयोग असुरोपरि ।
इन्द्र गर्छन्‌ एक बज्र प्रयोग असुरोपरि ।
अन्धकार यसौ फारी बिजूलीले क्षणैभरि ॥
अन्धकार यसो फारी बिजूलीले क्षणैभरि ॥
{{pcn|(१०२)}}
{{pcn|(१०२)}}


हाहाकार पत्यो धोरै बेर त्यो फोजबीचमा
हाहाकार पर्‍यो थोरै बेर त्यो फौजबीचमा
छयान्नब्यान्गन भए दैत्य नज्जको त्यो प्रहारमा ॥
छ्यान्नब्यान्न भए दैत्य बज्रको त्यो प्रहारमा ॥
{{pcn|(१०३)}}
{{pcn|(१०३)}}


तर फेरि उठी आए फौज बाँधी हजारन ।
तर फेरि उठी आए फौज बाँधी हजारन ।
नज्जावरोधिवसन सुरारिहरु घन्घन ॥
बज्रावरोधिवसन सुरारिहरु घन्घन ॥
{{pcn|(१०४)}}
{{pcn|(१०४)}}


इन्द्रको बञ्ज करको काँप्यो देखेर ती दल ।
इन्द्रको बज्र करको काँप्यो देखेर ती दल ।
भयङ्कर उठी बढ्दा रनन्न पारी नभस्तल ॥
भयङ्कर उठी बढ्दा रन्न पारी नभस्तल ॥
{{pcn|(१०५)}}
{{pcn|(१०५)}}


फर्के दुष्यन्तका तर्फ के गर्दै झै गरीकन ।
फर्के दुष्यन्तका तर्फ के गरूँ झैं गरीकन ।
देवादिका फर्किएको देखेर शरवर्षण ॥
देवादिका फर्किएको देखेर शरवर्षण ॥
{{pcn|(१०६)}}
{{pcn|(१०६)}}


हाने ती दैत्यले वाण काला नीला कडोरन ।
हाने ती दैत्यले वाण काला नीला कडोरन ।
आए सलह झै काला देवमा गर्न वबेधन
आए सलह झैं काला देवमा गर्न वेधन
{{pcn|(१०७)}}
{{pcn|(१०७)}}


तीखा दुप्पा पड्रख हुने लिएका वेग वेधको ।
तीखा टुप्पा पङ्ख हुने लिएका वेग वेधको ।
विषालु शरले विद्ध देव व्याकुल छन्‌ अहो !
विषालु शरले विद्ध देव व्याकुल छन्‌ अहो !
{{pcn|(१०८)}}
{{pcn|(१०८)}}


"के गर्ने अन यो बग्ज दैत्यको काल लख्खन ।
"के गर्ने अब यो बज्र दैत्यको काल लख्खन ।
व्यर्थ हुन्छ करै काँपी भन्नुहोस्‌ शत्रुसूदन !'
व्यर्थ हुन्छ करै काँपी भन्नुहोस्‌ शत्रुसूदन !'
{{pcn|(१०९)}}
{{pcn|(१०९)}}


भने झै इन्द्रले हेरै दुष्यन्ततिर नेत्रले ।
भने झैं इन्द्रले हेरे दुष्यन्ततिर नेत्रले ।
उपाय पाइयो होला कि भनीकन मित्रले ॥
उपाय पाइयो होला कि भनीकन मित्रले ॥
{{pcn|(११०)}}
{{pcn|(११०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:43, 30 May 2025

This page has been proofread

चुरिए महाक्रोधी महातेजी पराक्रमी ।
हुरी झैं दैत्य ती आए अन्धा क्रोध बनी घुमी ॥
(१०१)

इन्द्र गर्छन्‌ एक बज्र प्रयोग असुरोपरि ।
अन्धकार यसो फारी बिजूलीले क्षणैभरि ॥
(१०२)

हाहाकार पर्‍यो थोरै बेर त्यो फौजबीचमा ।
छ्यान्नब्यान्न भए दैत्य बज्रको त्यो प्रहारमा ॥
(१०३)

तर फेरि उठी आए फौज बाँधी हजारन ।
बज्रावरोधिवसन सुरारिहरु घन्घन ॥
(१०४)

इन्द्रको बज्र करको काँप्यो देखेर ती दल ।
भयङ्कर उठी बढ्दा रन्न पारी नभस्तल ॥
(१०५)

फर्के दुष्यन्तका तर्फ के गरूँ झैं गरीकन ।
देवादिका फर्किएको देखेर शरवर्षण ॥
(१०६)

हाने ती दैत्यले वाण काला नीला कडोरन ।
आए सलह झैं काला देवमा गर्न वेधन ॥
(१०७)

तीखा टुप्पा पङ्ख हुने लिएका वेग वेधको ।
विषालु शरले विद्ध देव व्याकुल छन्‌ अहो !
(१०८)

"के गर्ने अब यो बज्र दैत्यको काल लख्खन ।
व्यर्थ हुन्छ करै काँपी भन्नुहोस्‌ शत्रुसूदन !'
(१०९)

भने झैं इन्द्रले हेरे दुष्यन्ततिर नेत्रले ।
उपाय पाइयो होला कि भनीकन मित्रले ॥
(११०)