Page:Shakuntala.pdf/341: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
चुरिए महाक्रोधी महातेजी पराक्रमी । | |||
हुरी झैं दैत्य ती आए अन्धा क्रोध बनी घुमी ॥ | |||
{{pcn|(१०१)}} | |||
इन्द्र गर्छन् एक बज्र प्रयोग असुरोपरि । | |||
अन्धकार यसो फारी बिजूलीले क्षणैभरि ॥ | |||
{{pcn|(१०२)}} | |||
हाहाकार पर्यो थोरै बेर त्यो फौजबीचमा । | |||
छ्यान्नब्यान्न भए दैत्य बज्रको त्यो प्रहारमा ॥ | |||
{{pcn|(१०३)}} | |||
तर फेरि उठी आए फौज बाँधी हजारन । | |||
बज्रावरोधिवसन सुरारिहरु घन्घन ॥ | |||
{{pcn|(१०४)}} | |||
इन्द्रको बज्र करको काँप्यो देखेर ती दल । | |||
भयङ्कर उठी बढ्दा रन्न पारी नभस्तल ॥ | |||
{{pcn|(१०५)}} | |||
फर्के दुष्यन्तका तर्फ के गरूँ झैं गरीकन । | |||
देवादिका फर्किएको देखेर शरवर्षण ॥ | |||
{{pcn|(१०६)}} | |||
हाने ती दैत्यले वाण काला नीला कडोरन । | |||
आए सलह झैं काला देवमा गर्न वेधन ॥ | |||
{{pcn|(१०७)}} | |||
तीखा टुप्पा पङ्ख हुने लिएका वेग वेधको । | |||
विषालु शरले विद्ध देव व्याकुल छन् अहो ! | |||
{{pcn|(१०८)}} | |||
"के गर्ने अब यो बज्र दैत्यको काल लख्खन । | |||
व्यर्थ हुन्छ करै काँपी भन्नुहोस् शत्रुसूदन !' | |||
{{pcn|(१०९)}} | |||
भने झैं इन्द्रले हेरे दुष्यन्ततिर नेत्रले । | |||
उपाय पाइयो होला कि भनीकन मित्रले ॥ | |||
{{pcn|(११०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:43, 30 May 2025
चुरिए महाक्रोधी महातेजी पराक्रमी ।
हुरी झैं दैत्य ती आए अन्धा क्रोध बनी घुमी ॥
(१०१)
इन्द्र गर्छन् एक बज्र प्रयोग असुरोपरि ।
अन्धकार यसो फारी बिजूलीले क्षणैभरि ॥
(१०२)
हाहाकार पर्यो थोरै बेर त्यो फौजबीचमा ।
छ्यान्नब्यान्न भए दैत्य बज्रको त्यो प्रहारमा ॥
(१०३)
तर फेरि उठी आए फौज बाँधी हजारन ।
बज्रावरोधिवसन सुरारिहरु घन्घन ॥
(१०४)
इन्द्रको बज्र करको काँप्यो देखेर ती दल ।
भयङ्कर उठी बढ्दा रन्न पारी नभस्तल ॥
(१०५)
फर्के दुष्यन्तका तर्फ के गरूँ झैं गरीकन ।
देवादिका फर्किएको देखेर शरवर्षण ॥
(१०६)
हाने ती दैत्यले वाण काला नीला कडोरन ।
आए सलह झैं काला देवमा गर्न वेधन ॥
(१०७)
तीखा टुप्पा पङ्ख हुने लिएका वेग वेधको ।
विषालु शरले विद्ध देव व्याकुल छन् अहो !
(१०८)
"के गर्ने अब यो बज्र दैत्यको काल लख्खन ।
व्यर्थ हुन्छ करै काँपी भन्नुहोस् शत्रुसूदन !'
(१०९)
भने झैं इन्द्रले हेरे दुष्यन्ततिर नेत्रले ।
उपाय पाइयो होला कि भनीकन मित्रले ॥
(११०)