Jump to content

Page:Shakuntala.pdf/334: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
ऊ ! आए दैत्य काला परतिर सुरका शत्रु ती कालनेमी !
::बाटै छेकेर सारा सुरपुरतिरको अन्धकारै गराई ॥
ठोक्रा बोकेर काला मरण-शर लिई आँधिको हाँकसाथ ।
::वेगी तेजी बलीया तिमिरवदन ती उग्रचण्डी छ जात ॥
{{pcn|(४७)}}


ओर्लेका देवताको छविमय तनुले ती छकिन्छन्‌ नबुझ्दा ।
::तारा यौटा खसेको तलतिर यति नै भित्रभित्रै विचारी ॥
देख्छन्‌ ती उक्लँदामा तर तनु नरको व्योममा पर्छ छाया ।
::देखी सारा दर्गुछन्‌ उसतिर भ्रमका रूप झैं साधुभित्र ॥
{{pcn|(४८)}}
सारा आईरहेछन्‌ घन निविड बनी गर्जिई घोर घोर ।
::थर्क्यो आकाश सारा घरघर तिनको फन्फनाएर शोर ॥
चम्के टाढा बिजूलीसरि असि तिनका नागबेली भिझिल्ल ।
::डफ्फा जस्ता असत्‌का घनघनन बढे मेघ संसारतुल्य ॥
{{pcn|(४९)}}
हेरीबक्स्योस्‌ उता ती गगनपथ झरे देवतासैन्य सारा ।
::तेजी राम्रा उज्याला हरहर हरि झैं देवका रश्मि-धारा ॥
गर्छन्‌ सारा इशारा त्यसतिर 'रथ यो ल्याउनू रे' भनेर ।
::बज्री नै भो सवारी अब नृपवरको स्वागतार्थी बनेर ॥
{{pcn|(५०)}}
झरे बज्री तेजी कुलिशकर श्रीपेच छविला ।
::बडा ठूला आँखा छविमय र अग्ला र हँसिला ॥
लगाएका माला सुर-युवतिका चारु करका ।
::रँगी इन्द्रनीका रँगविरँग गुच्छाहरु निका ॥
{{pcn|(५१)}}
छ जूँघा घुम्रेको अलिउपर फर्कीकन यसो ।
::बहादुरीको झैं रिपुदमन सङ्केतसरिको ॥
छ लाएको यौटा नव सुन सुती रत्नजडित ।
::झझल्‌ झल्‌ झल्केको वसन तनुमा कल्करहित ॥
{{pcn|(५२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:15, 30 May 2025

This page has been proofread

ऊ ! आए दैत्य काला परतिर सुरका शत्रु ती कालनेमी !
बाटै छेकेर सारा सुरपुरतिरको अन्धकारै गराई ॥
ठोक्रा बोकेर काला मरण-शर लिई आँधिको हाँकसाथ ।
वेगी तेजी बलीया तिमिरवदन ती उग्रचण्डी छ जात ॥
(४७)

ओर्लेका देवताको छविमय तनुले ती छकिन्छन्‌ नबुझ्दा ।
तारा यौटा खसेको तलतिर यति नै भित्रभित्रै विचारी ॥
देख्छन्‌ ती उक्लँदामा तर तनु नरको व्योममा पर्छ छाया ।
देखी सारा दर्गुछन्‌ उसतिर भ्रमका रूप झैं साधुभित्र ॥
(४८)

सारा आईरहेछन्‌ घन निविड बनी गर्जिई घोर घोर ।
थर्क्यो आकाश सारा घरघर तिनको फन्फनाएर शोर ॥
चम्के टाढा बिजूलीसरि असि तिनका नागबेली भिझिल्ल ।
डफ्फा जस्ता असत्‌का घनघनन बढे मेघ संसारतुल्य ॥
(४९)

हेरीबक्स्योस्‌ उता ती गगनपथ झरे देवतासैन्य सारा ।
तेजी राम्रा उज्याला हरहर हरि झैं देवका रश्मि-धारा ॥
गर्छन्‌ सारा इशारा त्यसतिर 'रथ यो ल्याउनू रे' भनेर ।
बज्री नै भो सवारी अब नृपवरको स्वागतार्थी बनेर ॥
(५०)

झरे बज्री तेजी कुलिशकर श्रीपेच छविला ।
बडा ठूला आँखा छविमय र अग्ला र हँसिला ॥
लगाएका माला सुर-युवतिका चारु करका ।
रँगी इन्द्रनीका रँगविरँग गुच्छाहरु निका ॥
(५१)

छ जूँघा घुम्रेको अलिउपर फर्कीकन यसो ।
बहादुरीको झैं रिपुदमन सङ्केतसरिको ॥
छ लाएको यौटा नव सुन सुती रत्नजडित ।
झझल्‌ झल्‌ झल्केको वसन तनुमा कल्करहित ॥
(५२)