Page:Shakuntala.pdf/329: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"निक्कै चर्को हुनाले शिर अलि गर्हुँगो बन्न लाग्यो मलाई । | |||
::केही धीमा भए यो सुखसँग म थिएँ स्वर्गको मार्ग जाने ॥" | |||
भन्दा हाँसेर भन्छन् "जससँग पहिले गर्वले हुन्छ बात । | |||
::त्यस्कै माफी नमागी हृदनल त त्यसै शीतलो हुन्छ जात ॥" | |||
{{pcn|(१७)}} | |||
"जो जो छन् शत्रु मेरा सुर नरहरु वा गर्व गर्ने मसाथ । | |||
::तापी हुन्छन् प्रयोगी 'हृदनल' जब यो हुन्छ आग्नेय जान ॥ | |||
आफैंलाई नजोरी कर रिपुहरुले या घमण्डीहरूले । | |||
::यो ठण्डा नै नबन्ने हुन गइ दुख भो हुन्छु लाचार ऐले ॥" | |||
{{pcn|(१८)}} | |||
भन्दा झुक्छन् बुझेका सुरवर शिरले "शस्त्र ! माग्छु क्षमा म ।" | |||
::भन्दै जोडेर दोटै कर नरम बनी "भूपको हूँ म भक्त ॥" | |||
ठण्डा भो ताप भाग्यो रमरम मनको माफिकै मस्त पारी । | |||
::'प्यारा मेरा सुहृद् हौ' सरि 'हृदनल' ले दिन्छ सन्देश भारी ॥ | |||
{{pcn|(१९)}} | |||
चढ्दै चढ्दै गयो त्यो सुरपुरपथमा उच्च भै शीघ्र यान । | |||
::पैह्ले हुस्सू छिचोली जललवहरुको जाल झैं शीघ्र शीघ्र ॥ | |||
बाटो केही बिलायो छिनभर परको व्योम बन्दा अदृश्य । | |||
::डफ्फा डफ्फा चलेका हरहर, कुइरा बीचमा खात खात ॥ | |||
{{pcn|(२०)}} | |||
चढ्दै चढ्दै गयो त्यो जलदउपर भो वाष्पपर्दासमान । | |||
::सेतो इन्द्रेनि पर्दो तहतह कइरोमाथि उक्लेर यान ॥ | |||
मानो आत्मा उज्यालो दिनकर हरिको स्वर्गगामी उडालु । | |||
::बाक्लो छोडेर माया तहतह ढकनी छेड्न बन्दो सिपालु ॥ | |||
{{pcn|(२१)}} | |||
घप्धप्धप् घप्कँदा छन् रविगगन सफा नीरमा झन् उज्याला । | |||
::मायाभन्दा महात्मा हँसमुख छविमा आफु सानन्द रूप ॥ | |||
मानो आफ्ना उज्याला किरणहरु बजाएर तन्त्री झनन्न । | |||
::बस्दा एक्लो उज्यालो रह अति सुकिलो भित्र दिव्य प्रसन्न ॥ | |||
{{pcn|(२२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:36, 30 May 2025
"निक्कै चर्को हुनाले शिर अलि गर्हुँगो बन्न लाग्यो मलाई ।
केही धीमा भए यो सुखसँग म थिएँ स्वर्गको मार्ग जाने ॥"
भन्दा हाँसेर भन्छन् "जससँग पहिले गर्वले हुन्छ बात ।
त्यस्कै माफी नमागी हृदनल त त्यसै शीतलो हुन्छ जात ॥"
(१७)
"जो जो छन् शत्रु मेरा सुर नरहरु वा गर्व गर्ने मसाथ ।
तापी हुन्छन् प्रयोगी 'हृदनल' जब यो हुन्छ आग्नेय जान ॥
आफैंलाई नजोरी कर रिपुहरुले या घमण्डीहरूले ।
यो ठण्डा नै नबन्ने हुन गइ दुख भो हुन्छु लाचार ऐले ॥"
(१८)
भन्दा झुक्छन् बुझेका सुरवर शिरले "शस्त्र ! माग्छु क्षमा म ।"
भन्दै जोडेर दोटै कर नरम बनी "भूपको हूँ म भक्त ॥"
ठण्डा भो ताप भाग्यो रमरम मनको माफिकै मस्त पारी ।
'प्यारा मेरा सुहृद् हौ' सरि 'हृदनल' ले दिन्छ सन्देश भारी ॥
(१९)
चढ्दै चढ्दै गयो त्यो सुरपुरपथमा उच्च भै शीघ्र यान ।
पैह्ले हुस्सू छिचोली जललवहरुको जाल झैं शीघ्र शीघ्र ॥
बाटो केही बिलायो छिनभर परको व्योम बन्दा अदृश्य ।
डफ्फा डफ्फा चलेका हरहर, कुइरा बीचमा खात खात ॥
(२०)
चढ्दै चढ्दै गयो त्यो जलदउपर भो वाष्पपर्दासमान ।
सेतो इन्द्रेनि पर्दो तहतह कइरोमाथि उक्लेर यान ॥
मानो आत्मा उज्यालो दिनकर हरिको स्वर्गगामी उडालु ।
बाक्लो छोडेर माया तहतह ढकनी छेड्न बन्दो सिपालु ॥
(२१)
घप्धप्धप् घप्कँदा छन् रविगगन सफा नीरमा झन् उज्याला ।
मायाभन्दा महात्मा हँसमुख छविमा आफु सानन्द रूप ॥
मानो आफ्ना उज्याला किरणहरु बजाएर तन्त्री झनन्न ।
बस्दा एक्लो उज्यालो रह अति सुकिलो भित्र दिव्य प्रसन्न ॥
(२२)