Jump to content

Page:Shakuntala.pdf/325: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(3 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
के अर्कै सत्य होला ? सुरपुर जितिने यो छ शङ्का बढेको ।
::दोधारै बन्न लागे सुरहरु अब ता दैत्य देख्दा चढेको ॥
स्वामीको काँप्न थाल्यो कवच प्रभु भए सर्वसन्देश तोडी ।
::स्वर्गै हुन्थ्यो उज्यालो असुरहरु निभी सत्य सामर्थ्य पाई ॥
{{pcn|(५३)}}


सत्को समर्थननिमित्त मलाइ भेजी ।
::बोलाइले हुकुम भो प्रभुबाट रोजी ॥
स्वर्गेशाले समरका विजयी बनेर ।
::पृथ्वी प्रकाशित बनून्‌ प्रभुले गरेर ॥"
{{pcn|(५४)}}
"आज्ञा पालन गर्छु स्वर्गपुरका राजेन्द्रको सत्वर ।
::एकै मात्र घडी ! तयार म बनूँ शस्त्रादिले सुन्दर ॥"
यो आज्ञासित भूपती तब गए राखेर ती मातली ।
::आफ्नो बैठकमा लगाउन नयाँ जङ्गी लुगा तेजिला ॥
{{pcn|(५५)}}
यो वेला तर ती शकुन्तसँगिनी टाढा पुगेकि थिइन्‌ ।
::टाढा कश्यपका कुटीतिर कतै सानन्द नैर्जन्यमा ॥
ठूला पर्वतका नजीक छहरा गुँज्दा हरा गह्वर ।
::वेदै पाठसमान प्राकृत हुने चोखो कना सुन्दर ॥
{{pcn|(५६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{end center block}}

Latest revision as of 09:57, 30 May 2025

This page has been proofread

के अर्कै सत्य होला ? सुरपुर जितिने यो छ शङ्का बढेको ।
दोधारै बन्न लागे सुरहरु अब ता दैत्य देख्दा चढेको ॥
स्वामीको काँप्न थाल्यो कवच प्रभु भए सर्वसन्देश तोडी ।
स्वर्गै हुन्थ्यो उज्यालो असुरहरु निभी सत्य सामर्थ्य पाई ॥
(५३)

सत्को समर्थननिमित्त मलाइ भेजी ।
बोलाइले हुकुम भो प्रभुबाट रोजी ॥
स्वर्गेशाले समरका विजयी बनेर ।
पृथ्वी प्रकाशित बनून्‌ प्रभुले गरेर ॥"
(५४)

"आज्ञा पालन गर्छु स्वर्गपुरका राजेन्द्रको सत्वर ।
एकै मात्र घडी ! तयार म बनूँ शस्त्रादिले सुन्दर ॥"
यो आज्ञासित भूपती तब गए राखेर ती मातली ।
आफ्नो बैठकमा लगाउन नयाँ जङ्गी लुगा तेजिला ॥
(५५)

यो वेला तर ती शकुन्तसँगिनी टाढा पुगेकि थिइन्‌ ।
टाढा कश्यपका कुटीतिर कतै सानन्द नैर्जन्यमा ॥
ठूला पर्वतका नजीक छहरा गुँज्दा हरा गह्वर ।
वेदै पाठसमान प्राकृत हुने चोखो कना सुन्दर ॥
(५६)