Jump to content

Page:Shakuntala.pdf/319: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
भन्ने विन्ति परी "ल लै त" तृपले आज्ञा दिँदा ल्याइयो ।
भन्ने विन्ति परी "ल ले त" नृपले आज्ञा दिँदा ल्याइयो ।
त्यो वृत्तान्त शकन्तलाकधनको श्यामामुखी पाइयो ॥
::त्यो वृत्तान्त शकुन्तलाकथनको श्यामामुखी पाइयो ॥
औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी ।
औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी ।
आँखा टल्पल सम्झिए निदुरता छाती छिया झैं बनी ॥
::आँखा टल्पल सम्झिए निठुरता छाती छिया झैं बनी ॥
{{pcn|(१७)}}
{{pcn|(१७)}}


केले विस्मृति भो मलाइ यसरी केको पो नादल ?
"केले विस्मृति भो मलाइ यसरी केको पर्‍यो बादल ?
केले हा ! कलिलो मृुहारजलकी ती सुन्दरी टल्पल ॥
::केले हा ! कलिलो मुहारजलकी ती सुन्दरी टल्पल ॥
घुँक्कादार कठोर घोर दुखमा जल्दौ पुकाराकन ।
घुँक्कादार कठोर घोर दुखमा जल्दो पुकाराकन ।
पाषाणैसरि क्र भै नजर यो बिस कसोरी भन !
::पाषाणैसरि क्रूर भै नजर यो बिर्सें कसोरी भन !
{{pcn|(१८)}}
{{pcn|(१८)}}


हा ! हा ! दैव बनाउँछस्‌ तैं सपना जस्तो त्यसै जीवन ।
हा ! हा ! दैव बनाउँछस्‌ तँ सपना जस्तो त्यसै जीवन ।
ल्याई बादल घोर घोर अँघरो पारी उदासी मन ॥
::ल्याई बादल घोर घोर अँधरो पारी उदासी मन ॥
झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि ।
झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि ।
यी राम्री मृद्लाब्गिनी जन थिइन्‌ सौन्दर्य आँखाभरि ॥
::यी राम्री मृदुलाङ्गिनी जब थिइन्‌ सौन्दर्य आँखाभरि ॥
{{pcn|(१९)}}
{{pcn|(१९)}}


धिक्‌ ! आँखा चिनिनस्‌ तँ कान बहिरो धिकधिक तँलाई पनि ।
धिक्‌ ! आँखा चिनिनस्‌ तँ कान बहिरो धिक्धिक् तँलाई पनि ।
धिक्‌ ! मेरौ दिल त्यो पुकार सुनिनस्‌ आकाश पग्ले पनि ॥
::धिक्‌ ! मेरो दिल त्यो पुकार सुनिनस्‌ आकाश पग्ले पनि ॥
रुन्थे वृक्ष, लता, चराहरु रुभी सारा उदासी थिए ।
रुन्थे वृक्ष, लता, चराहरु रुझी सारा उदासी थिए ।
त्या दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेड्मानी भए ॥
::त्यो दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेइमानी भए ॥
{{pcn|(२०)}}
{{pcn|(२०)}}


सद्म्यो बज्ज चट्याङ्ग हाय दार यो मेरो थियो झन्‌ कडा ।
चड्क्यो बज्र चट्याङ्ग हाय शिर यो मेरो थियो झन्‌ कडा ।
पोख्ये स्वर्गपरी घरातिर भरी आँखाहरूका घडा ॥
::पोख्थे स्वर्गपरी धरातिर भरी आँखाहरूका घडा ॥
गर्थ्यो दुःख विलाप त्यो पवनमा खै रै गरी हुन्हनी
गर्थ्यो दुःख विलाप त्यो पवनमा रूँ रूँ गरी हुन्हुनी
त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥
::त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥
{{pcn|(२१)}}
{{pcn|(२१)}}


माया-मोह महान्‌ भूलाउँछ हरे ! मूर्खे बनाईकन ।
माया-मोह महान्‌ भुलाउँछ हरे ! मूर्खै बनाईकन ।
नेची राज्य म किन्दर्थे जुन परी ढुङ्गो बर्ने त्यागन ॥
::बेची राज्य म किन्दथें जुन परी ढुङ्गो बनें त्यागन ॥
अज्ञानी मन जङ्गली हन गयो हीरा त्यसै फ्याँकिन्‌
अज्ञानी मन जङ्गली हुन गयो हीरा त्यसै फ्याँकिइन्‌
स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन्‌ ॥
::स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन्‌ ॥
{{pcn|(२२)}}
{{pcn|(२२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:09, 30 May 2025

This page has been proofread

भन्ने विन्ति परी "ल ले त" नृपले आज्ञा दिँदा ल्याइयो ।
त्यो वृत्तान्त शकुन्तलाकथनको श्यामामुखी पाइयो ॥
औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी ।
आँखा टल्पल सम्झिए निठुरता छाती छिया झैं बनी ॥
(१७)

"केले विस्मृति भो मलाइ यसरी केको पर्‍यो बादल ?
केले हा ! कलिलो मुहारजलकी ती सुन्दरी टल्पल ॥
घुँक्कादार कठोर घोर दुखमा जल्दो पुकाराकन ।
पाषाणैसरि क्रूर भै नजर यो बिर्सें कसोरी भन !
(१८)

हा ! हा ! दैव बनाउँछस्‌ तँ सपना जस्तो त्यसै जीवन ।
ल्याई बादल घोर घोर अँधरो पारी उदासी मन ॥
झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि ।
यी राम्री मृदुलाङ्गिनी जब थिइन्‌ सौन्दर्य आँखाभरि ॥
(१९)

धिक्‌ ! आँखा चिनिनस्‌ तँ कान बहिरो धिक्धिक् तँलाई पनि ।
धिक्‌ ! मेरो दिल त्यो पुकार सुनिनस्‌ आकाश पग्ले पनि ॥
रुन्थे वृक्ष, लता, चराहरु रुझी सारा उदासी थिए ।
त्यो दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेइमानी भए ॥
(२०)

चड्क्यो बज्र चट्याङ्ग हाय शिर यो मेरो थियो झन्‌ कडा ।
पोख्थे स्वर्गपरी धरातिर भरी आँखाहरूका घडा ॥
गर्थ्यो दुःख विलाप त्यो पवनमा रूँ रूँ गरी हुन्हुनी ।
त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥
(२१)

माया-मोह महान्‌ भुलाउँछ हरे ! मूर्खै बनाईकन ।
बेची राज्य म किन्दथें जुन परी ढुङ्गो बनें त्यागन ॥
अज्ञानी मन जङ्गली हुन गयो हीरा त्यसै फ्याँकिइन्‌ ।
स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन्‌ ॥
(२२)