Page:Shakuntala.pdf/312: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बने आँखा | बने आँखा वृद्धाकन सजल छोरीतिर दशा । | ||
::निहारी आँखाका हृदयतिर | ::निहारी आँखाका हृदयतिर रूँ रूँपन हुँदा ॥ | ||
"अभागी रैछौ नि | "अभागी रैछौ नि प्रकृतिदुहिता मोहनपरी । | ||
::तिमी रानी | ::तिमी रानी ह्वौली सब जगत भन्थ्यो वरिपरि ॥" | ||
{{pcn|(२१०)}} | {{pcn|(२१०)}} | ||
भनी हेर्छिन् वृद्धा, द्विज दुइ बसी द्वारनिकट । | भनी हेर्छिन् वृद्धा, द्विज दुइ बसी द्वारनिकट । | ||
::" | ::"हिंडूँ ! आमै" भन्दै करकर गरी क्रोधविकट ॥ | ||
"न | "न जाऊँ छोडेरै, न त अब अडी विन्ति गरुँ नि !" | ||
::भनी दोधारे छन् "बस नत्यज अड्डी लिउ" भनी ॥ | ::भनी दोधारे छन् "बस नत्यज-अड्डी लिउ" भनी ॥ | ||
"बुझाई यो आफ्नो हक र घर सम्झी | "बुझाई यो आफ्नो हक र घर सम्झी अब बस । | ||
::बरू नोकर्नी | ::बरू नोकर्नी झैं पनि हुन गई सत्यविवश ॥" | ||
{{pcn|(२११)}} | {{pcn|(२११)}} | ||
Line 21: | Line 21: | ||
{{pcn|(२१२)}} | {{pcn|(२१२)}} | ||
शरापे झूटाले मकन डर क्यै छैन | शरापे झूटाले मकन डर क्यै छैन शठहो ! | ||
:: | ::सराप्छन् गुण्डाले शहरभर मर्नेहरु पनि ॥ | ||
सफा राजा खुद समरमा चल्दछ घुमी | सफा न्यायी राजा खुद समरमा चल्दछ घुमी । | ||
::खराबी गर्नेका वचन सब कटकटी ॥ | ::खराबी गर्नेका वचन सब काटी कटकटी ॥ | ||
{{pcn|(२१३)}} | {{pcn|(२१३)}} | ||
तिमी | तिमी जाऊ आमै ! ऋषिकन सुनाऊ सब यही । | ||
::यिनी ह्वैनन् मेरी छल-कपटको गर्भ बिचरी ॥" | ::यिनी ह्वैनन् मेरी छल-कपटको गर्भ बिचरी ॥" | ||
नबोल्दै यौटा ती | नबोल्दै यौटा ती कटु वचन बोल्छन् द्विजवर । | ||
::"अरे !' | ::"अरे !' टोकिदे त्यो हृदयकपटी हे विषधर !" | ||
{{pcn|(२१४)}} | {{pcn|(२१४)}} | ||
सुनी रन्की ताती वदन अब रातो हुन गई । | |||
::भए आँखा ठूला "नबक | ::भए आँखा ठूला "नबक बढता बाहुनचरी । | ||
म सच्चा बोल्दो छु | म सच्चा बोल्दो छु प्रकृतपनको न्यायसहित । | ||
::तिमी झूटो सम्झी वचन किन छौ | ::तिमी झूटो सम्झी वचन किन छौ बुद्धिरहित ?" | ||
{{pcn|(२१५)}} | {{pcn|(२१५)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:45, 29 May 2025
बने आँखा वृद्धाकन सजल छोरीतिर दशा ।
निहारी आँखाका हृदयतिर रूँ रूँपन हुँदा ॥
"अभागी रैछौ नि प्रकृतिदुहिता मोहनपरी ।
तिमी रानी ह्वौली सब जगत भन्थ्यो वरिपरि ॥"
(२१०)
भनी हेर्छिन् वृद्धा, द्विज दुइ बसी द्वारनिकट ।
"हिंडूँ ! आमै" भन्दै करकर गरी क्रोधविकट ॥
"न जाऊँ छोडेरै, न त अब अडी विन्ति गरुँ नि !"
भनी दोधारे छन् "बस नत्यज-अड्डी लिउ" भनी ॥
"बुझाई यो आफ्नो हक र घर सम्झी अब बस ।
बरू नोकर्नी झैं पनि हुन गई सत्यविवश ॥"
(२११)
त्यहाँ बोले राजा "अबुझ नकटीहो ! पर सर ।
कहाँकी टाँसो यो ? यसकन लगीद्यौ जनि गर ॥
शरापी के गर्छौ छल कपटका मूर्तिहरुको ।
मलाई थाहा नै नभइ कसरी गर्भ हुन गो ?
(२१२)
शरापे झूटाले मकन डर क्यै छैन शठहो !
सराप्छन् गुण्डाले शहरभर मर्नेहरु पनि ॥
सफा न्यायी राजा खुद समरमा चल्दछ घुमी ।
खराबी गर्नेका वचन सब काटी कटकटी ॥
(२१३)
तिमी जाऊ आमै ! ऋषिकन सुनाऊ सब यही ।
यिनी ह्वैनन् मेरी छल-कपटको गर्भ बिचरी ॥"
नबोल्दै यौटा ती कटु वचन बोल्छन् द्विजवर ।
"अरे !' टोकिदे त्यो हृदयकपटी हे विषधर !"
(२१४)
सुनी रन्की ताती वदन अब रातो हुन गई ।
भए आँखा ठूला "नबक बढता बाहुनचरी ।
म सच्चा बोल्दो छु प्रकृतपनको न्यायसहित ।
तिमी झूटो सम्झी वचन किन छौ बुद्धिरहित ?"
(२१५)