Page:Shakuntala.pdf/310: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तिमी के इन्साफी हृदय यदि कालो | तिमी के इन्साफी हृदय यदि कालो लिइरहे । | ||
::तिमी के योद्धा हौ हुदय कमजोरी यति भए ॥ | ::तिमी के योद्धा हौ हुदय कमजोरी यति भए ॥ | ||
प्रतापी गर्वी छौ मसरि अरु को हो भनिरहे । | प्रतापी गर्वी छौ मसरि अरु को हो भनिरहे । | ||
Line 7: | Line 7: | ||
{{pcn|(१९८)}} | {{pcn|(१९८)}} | ||
अनेकौँ राजाले मुकुटमणि फ्याँकीकन गए । | |||
::प्रतापीका सारा असिबल त्यहाँ मिल्किन गए ॥ | ::प्रतापीका सारा असिबल त्यहाँ मिल्किन गए ॥ | ||
यशस्वी ती हुन् जो विमल-दिलका सुन्दर थिए । | यशस्वी ती हुन् जो विमल-दिलका सुन्दर थिए । | ||
:: | ::कलङ्की शोभा नै शठ नृपतिका भूषण भए ॥ | ||
{{pcn|(१९९)}} | {{pcn|(१९९)}} | ||
छिपायौ इन्साफै पछि यमपुरी जानु न रह्यो ? | छिपायौ इन्साफै पछि यमपुरी जानु न रह्यो ? | ||
:: | ::लुकायौ सत्यै जो तिमिर पछि बाँकी हुन गयो ॥ | ||
यो आत्मा हृदय कलिली | दुखायौ यो आत्मा हृदय कलिली वेधन गरी । | ||
:: | ::कहाँ जान्छौ आत्मा ! अब रुन तिमी हाय नि मरी ॥ | ||
{{pcn|(२००)}} | {{pcn|(२००)}} | ||
फुटुन् किल्ला काला अनृतपथमा ठक्कर मिलोस् । | |||
::करौंतीलै | ::करौंतीलै खाऊन् हृदय छलका दन्तहरुले ॥ | ||
धरा काँपून् सारा गडगड गरी डग्मग भई । | धरा काँपून् सारा गडगड गरी डग्मग भई । | ||
:: | ::लडून् शेखी तिम्रो घररर लडोस् यो छल-पुरी ॥ | ||
{{pcn|(२०१)}} | {{pcn|(२०१)}} | ||
लिँदैनौ यि तिम्री, नियम | लिँदैनौ यि तिम्री, नियम ऋषिको रोक्दछ अब । | ||
::बनिन् वेश्या जस्ती जल पनि नप्यूँ छौं अब | ::बनिन् वेश्या जस्ती जल पनि नप्यूँ छौं अब सब ॥ | ||
यही छोडी जान्छौं जननि ! | यही छोडी जान्छौं जननि ! अब हिंड्नोस् घरतिर । | ||
:: | ::लुछून् काटून् खाऊन् यिनकन र जाऊन् यमपुर ॥" | ||
{{pcn|(२०२)}} | {{pcn|(२०२)}} | ||
घुम्यो सारा विश्वै फनफन बन्यो चक्करसरि । | घुम्यो सारा विश्वै फनफन बन्यो चक्करसरि । | ||
::नरोइन् ती फेरि प्रकृति पनि | ::नरोइन् ती फेरि प्रकृति पनि तर्सेर बिचरी ॥ | ||
थियो झर्झर् | थियो झर्झर् भर्दो तलतिर दुखी गर्जन झरी । | ||
::तिनैका आँखाका जललव | ::तिनैका आँखाका जललव भरेझैं वनभरि ॥ | ||
{{pcn|(२०३)}} | {{pcn|(२०३)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:58, 28 May 2025
तिमी के इन्साफी हृदय यदि कालो लिइरहे ।
तिमी के योद्धा हौ हुदय कमजोरी यति भए ॥
प्रतापी गर्वी छौ मसरि अरु को हो भनिरहे ।
परे नर्कै राजा कपट छलले दूषित रहे ॥
(१९८)
अनेकौँ राजाले मुकुटमणि फ्याँकीकन गए ।
प्रतापीका सारा असिबल त्यहाँ मिल्किन गए ॥
यशस्वी ती हुन् जो विमल-दिलका सुन्दर थिए ।
कलङ्की शोभा नै शठ नृपतिका भूषण भए ॥
(१९९)
छिपायौ इन्साफै पछि यमपुरी जानु न रह्यो ?
लुकायौ सत्यै जो तिमिर पछि बाँकी हुन गयो ॥
दुखायौ यो आत्मा हृदय कलिली वेधन गरी ।
कहाँ जान्छौ आत्मा ! अब रुन तिमी हाय नि मरी ॥
(२००)
फुटुन् किल्ला काला अनृतपथमा ठक्कर मिलोस् ।
करौंतीलै खाऊन् हृदय छलका दन्तहरुले ॥
धरा काँपून् सारा गडगड गरी डग्मग भई ।
लडून् शेखी तिम्रो घररर लडोस् यो छल-पुरी ॥
(२०१)
लिँदैनौ यि तिम्री, नियम ऋषिको रोक्दछ अब ।
बनिन् वेश्या जस्ती जल पनि नप्यूँ छौं अब सब ॥
यही छोडी जान्छौं जननि ! अब हिंड्नोस् घरतिर ।
लुछून् काटून् खाऊन् यिनकन र जाऊन् यमपुर ॥"
(२०२)
घुम्यो सारा विश्वै फनफन बन्यो चक्करसरि ।
नरोइन् ती फेरि प्रकृति पनि तर्सेर बिचरी ॥
थियो झर्झर् भर्दो तलतिर दुखी गर्जन झरी ।
तिनैका आँखाका जललव भरेझैं वनभरि ॥
(२०३)