Page:Shakuntala.pdf/307: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
छकाएको होला मकन प्रभुले, त्यो स्मृति त्यसै । | छकाएको होला मकन प्रभुले, त्यो स्मृति त्यसै । | ||
::कहाँ लुक्दी होली मृदुल दिल यस्तो | ::कहाँ लुक्दी होली मृदुल दिल यस्तो निठुर भै ॥ | ||
भएको के यस्तो अवनि तिमिराच्छन्न बदली । | भएको के यस्तो अवनि तिमिराच्छन्न बदली । | ||
::बनाई रोएकी प्रकृतिकन दी | ::बनाई रोएकी प्रकृतिकन दी बज्र नगली ॥ | ||
{{pcn|(१८०)}} | {{pcn|(१८०)}} | ||
हरे हुन्छन् सारा पुरुष | हरे हुन्छन् सारा पुरुष भँवरा कृष्ण रँगका । | ||
::भनी जाने देखी किन कुसुम सुम्पी हृदयका ॥ | ::भनी जाने देखी किन कुसुम सुम्पी हृदयका ॥ | ||
सबै बास्ना मीठा मधुरस सबै सुन्दर शिरा | सबै बास्ना मीठा मधुरस सबै सुन्दर शिरा । | ||
::तिनैमा अर्पन्थे युवतिहरुले हाय बिचरा ! | ::तिनैमा अर्पन्थे युवतिहरुले हाय बिचरा ! | ||
{{pcn|(१८१)}} | {{pcn|(१८१)}} | ||
Line 16: | Line 16: | ||
::. जसै फर्कीबक्स्यो स्मृति पनि हराई उस क्षण ॥ | ::. जसै फर्कीबक्स्यो स्मृति पनि हराई उस क्षण ॥ | ||
बहाना झूटो वा ? मकन कि परीक्षा हुन गयो । | बहाना झूटो वा ? मकन कि परीक्षा हुन गयो । | ||
::भनी लाटी सोझी सरलहृदया रुन्छु नि | ::भनी लाटी सोझी सरलहृदया रुन्छु नि रुझी ॥ | ||
{{pcn|(१८२)}} | {{pcn|(१८२)}} | ||
Line 22: | Line 22: | ||
::मलाई सानो क्वै रुन दिनदिनै बास वनमा ॥ | ::मलाई सानो क्वै रुन दिनदिनै बास वनमा ॥ | ||
चरी जस्ती सानी गुँड अब लगाएर त्यसमा । | चरी जस्ती सानी गुँड अब लगाएर त्यसमा । | ||
::म | ::म रूँला दीना भै यदि अरु चढून् भित्र मनमा ॥ | ||
{{pcn|(१८३)}} | {{pcn|(१८३)}} | ||
नपाए यो पन्छी अब अवनिमा हुन्न मरिगै । | नपाए यो पन्छी अब अवनिमा हुन्न मरिगै । | ||
:: | ::पर्यो धोका ठूलो अब त ठहरै आज परिगै ॥ | ||
दया राखी जाओस् न त म बिचरी यो त्रिभुवन । | दया राखी जाओस् न त म बिचरी यो त्रिभुवन । | ||
::अँध्यारो पाएको मरु | ::अँध्यारो पाएको मरु अब मरें घोर गहन ॥" | ||
{{pcn|(१८४)}} | {{pcn|(१८४)}} | ||
पुकारा गर्दी ती सजलनयनी दुःखित हुँदी । | पुकारा गर्दी ती सजलनयनी दुःखित हुँदी । | ||
::उठी, | ::उठी, घुँक्का खान्छिन् अब वचनमै दुःख नबनी ॥ | ||
कठै केले छोप्यो हृदय नृपको आज गहन ? | कठै केले छोप्यो हृदय नृपको आज गहन ? | ||
::न ता सक्थे त्यस्तो विरह उनको | ::न ता सक्थे त्यस्तो विरह उनको क्रुर सहन ॥ | ||
{{pcn|(१८५)}} | {{pcn|(१८५)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:41, 28 May 2025
छकाएको होला मकन प्रभुले, त्यो स्मृति त्यसै ।
कहाँ लुक्दी होली मृदुल दिल यस्तो निठुर भै ॥
भएको के यस्तो अवनि तिमिराच्छन्न बदली ।
बनाई रोएकी प्रकृतिकन दी बज्र नगली ॥
(१८०)
हरे हुन्छन् सारा पुरुष भँवरा कृष्ण रँगका ।
भनी जाने देखी किन कुसुम सुम्पी हृदयका ॥
सबै बास्ना मीठा मधुरस सबै सुन्दर शिरा ।
तिनैमा अर्पन्थे युवतिहरुले हाय बिचरा !
(१८१)
मलाई दी औंठी समर-धलमा शत्रुदमन ।
. जसै फर्कीबक्स्यो स्मृति पनि हराई उस क्षण ॥
बहाना झूटो वा ? मकन कि परीक्षा हुन गयो ।
भनी लाटी सोझी सरलहृदया रुन्छु नि रुझी ॥
(१८२)
कतै खोजीबक्स्यो हृदयतिर कूना तिमिरमा ।
मलाई सानो क्वै रुन दिनदिनै बास वनमा ॥
चरी जस्ती सानी गुँड अब लगाएर त्यसमा ।
म रूँला दीना भै यदि अरु चढून् भित्र मनमा ॥
(१८३)
नपाए यो पन्छी अब अवनिमा हुन्न मरिगै ।
पर्यो धोका ठूलो अब त ठहरै आज परिगै ॥
दया राखी जाओस् न त म बिचरी यो त्रिभुवन ।
अँध्यारो पाएको मरु अब मरें घोर गहन ॥"
(१८४)
पुकारा गर्दी ती सजलनयनी दुःखित हुँदी ।
उठी, घुँक्का खान्छिन् अब वचनमै दुःख नबनी ॥
कठै केले छोप्यो हृदय नृपको आज गहन ?
न ता सक्थे त्यस्तो विरह उनको क्रुर सहन ॥
(१८५)