Page:Shakuntala.pdf/307: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
छकाएको होला मकन प्रभुले, त्यो स्मृति त्यसै । | |||
::कहाँ लुक्दी होली मृदुल दिल यस्तो निठुर भै ॥ | |||
भएको के यस्तो अवनि तिमिराच्छन्न बदली । | |||
::बनाई रोएकी प्रकृतिकन दी बज्र नगली ॥ | |||
{{pcn|(१८०)}} | |||
हरे हुन्छन् सारा पुरुष भँवरा कृष्ण रँगका । | |||
::भनी जाने देखी किन कुसुम सुम्पी हृदयका ॥ | |||
सबै बास्ना मीठा मधुरस सबै सुन्दर शिरा । | |||
::तिनैमा अर्पन्थे युवतिहरुले हाय बिचरा ! | |||
{{pcn|(१८१)}} | |||
मलाई दी औंठी समर-धलमा शत्रुदमन । | |||
::. जसै फर्कीबक्स्यो स्मृति पनि हराई उस क्षण ॥ | |||
बहाना झूटो वा ? मकन कि परीक्षा हुन गयो । | |||
::भनी लाटी सोझी सरलहृदया रुन्छु नि रुझी ॥ | |||
{{pcn|(१८२)}} | |||
कतै खोजीबक्स्यो हृदयतिर कूना तिमिरमा । | |||
::मलाई सानो क्वै रुन दिनदिनै बास वनमा ॥ | |||
चरी जस्ती सानी गुँड अब लगाएर त्यसमा । | |||
::म रूँला दीना भै यदि अरु चढून् भित्र मनमा ॥ | |||
{{pcn|(१८३)}} | |||
नपाए यो पन्छी अब अवनिमा हुन्न मरिगै । | |||
::पर्यो धोका ठूलो अब त ठहरै आज परिगै ॥ | |||
दया राखी जाओस् न त म बिचरी यो त्रिभुवन । | |||
::अँध्यारो पाएको मरु अब मरें घोर गहन ॥" | |||
{{pcn|(१८४)}} | |||
पुकारा गर्दी ती सजलनयनी दुःखित हुँदी । | |||
::उठी, घुँक्का खान्छिन् अब वचनमै दुःख नबनी ॥ | |||
कठै केले छोप्यो हृदय नृपको आज गहन ? | |||
::न ता सक्थे त्यस्तो विरह उनको क्रुर सहन ॥ | |||
{{pcn|(१८५)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:41, 28 May 2025
छकाएको होला मकन प्रभुले, त्यो स्मृति त्यसै ।
कहाँ लुक्दी होली मृदुल दिल यस्तो निठुर भै ॥
भएको के यस्तो अवनि तिमिराच्छन्न बदली ।
बनाई रोएकी प्रकृतिकन दी बज्र नगली ॥
(१८०)
हरे हुन्छन् सारा पुरुष भँवरा कृष्ण रँगका ।
भनी जाने देखी किन कुसुम सुम्पी हृदयका ॥
सबै बास्ना मीठा मधुरस सबै सुन्दर शिरा ।
तिनैमा अर्पन्थे युवतिहरुले हाय बिचरा !
(१८१)
मलाई दी औंठी समर-धलमा शत्रुदमन ।
. जसै फर्कीबक्स्यो स्मृति पनि हराई उस क्षण ॥
बहाना झूटो वा ? मकन कि परीक्षा हुन गयो ।
भनी लाटी सोझी सरलहृदया रुन्छु नि रुझी ॥
(१८२)
कतै खोजीबक्स्यो हृदयतिर कूना तिमिरमा ।
मलाई सानो क्वै रुन दिनदिनै बास वनमा ॥
चरी जस्ती सानी गुँड अब लगाएर त्यसमा ।
म रूँला दीना भै यदि अरु चढून् भित्र मनमा ॥
(१८३)
नपाए यो पन्छी अब अवनिमा हुन्न मरिगै ।
पर्यो धोका ठूलो अब त ठहरै आज परिगै ॥
दया राखी जाओस् न त म बिचरी यो त्रिभुवन ।
अँध्यारो पाएको मरु अब मरें घोर गहन ॥"
(१८४)
पुकारा गर्दी ती सजलनयनी दुःखित हुँदी ।
उठी, घुँक्का खान्छिन् अब वचनमै दुःख नबनी ॥
कठै केले छोप्यो हृदय नृपको आज गहन ?
न ता सक्थे त्यस्तो विरह उनको क्रुर सहन ॥
(१८५)