Jump to content

Page:Shakuntala.pdf/303: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
नाकै काटी मअघि यसरी आउनै लाज छैन ?
::मेरै स्वामी भनन दिलले लाज केही लिँदैन ॥
को हो को हो कुन पुरुष हो के लिई नाम मेरो ।
::धौका पार्‍यो युवति यसरी त्यो ठगीले चमेरो ॥"
{{pcn|(१६१)}}


आँखा क्रोधी चमकसित क्यै शीर्ष आफ्नो उचाली ।
::भन्छन्‌ गर्वी द्विजवर सबै नेत्रमा क्रोध फाली ॥
"यो हो के धर्म पुरुषहरू सत्य सारा अफाली ।
::जाली बन्दै युवतिकन के फ्याँक्दछन्‌ दूर नाली ॥
{{pcn|(१६२)}}
टाली झुत्रो यश जगतको त्रासले मर्म फाली ।
::हाली यौटीकन जलधिमा दुःखको अग्नि डाली ॥
जाली बन्ने 'नृपति म' भनी धर्म औ नाम फाली ।
::यस्ताको कीर्ति त्रिभुवनमा बन्दछे दीर्घ काली ॥
{{pcn|(१६३)}}
भो भो नानी सरस प्रभुको सम्झना आउनेछ ।
::टाढा जाँदी विकल प्रभुकी कल्पना फेरि फिर्ला ॥
आफैं केही विषयहरुमा देउ छोडी प्रकाश ।
::झोंझै बन्दा सकल भुलिने हुन्छ है राजकाज ॥"
{{pcn|(१६४)}}
बोलिन्‌ सरेर अघि सुन्दर मिष्ट वाणी ।
::दुष्यन्तका नजरसाथ शकुन्तलाले ॥
केही प्रयत्नसित भाषण पाउँदी ती ।
::वर्षाउँदी दृग मनोहर चारुताले ॥
{{pcn|(१६५)}}
के के भनूँसरि भयो अघिबाट फेरि ।
::चाँडै समालिन गइन् अझ आश गर्दी ॥
हेरेर नेत्र दुइमा नृपको पुकारा ।
::गर्दी भइन्‌ मृदुल-शब्द-सुभाष-धारा ॥
{{pcn|(१६६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:16, 28 May 2025

This page has been proofread

नाकै काटी मअघि यसरी आउनै लाज छैन ?
मेरै स्वामी भनन दिलले लाज केही लिँदैन ॥
को हो को हो कुन पुरुष हो के लिई नाम मेरो ।
धौका पार्‍यो युवति यसरी त्यो ठगीले चमेरो ॥"
(१६१)

आँखा क्रोधी चमकसित क्यै शीर्ष आफ्नो उचाली ।
भन्छन्‌ गर्वी द्विजवर सबै नेत्रमा क्रोध फाली ॥
"यो हो के धर्म पुरुषहरू सत्य सारा अफाली ।
जाली बन्दै युवतिकन के फ्याँक्दछन्‌ दूर नाली ॥
(१६२)

टाली झुत्रो यश जगतको त्रासले मर्म फाली ।
हाली यौटीकन जलधिमा दुःखको अग्नि डाली ॥
जाली बन्ने 'नृपति म' भनी धर्म औ नाम फाली ।
यस्ताको कीर्ति त्रिभुवनमा बन्दछे दीर्घ काली ॥
(१६३)

भो भो नानी सरस प्रभुको सम्झना आउनेछ ।
टाढा जाँदी विकल प्रभुकी कल्पना फेरि फिर्ला ॥
आफैं केही विषयहरुमा देउ छोडी प्रकाश ।
झोंझै बन्दा सकल भुलिने हुन्छ है राजकाज ॥"
(१६४)

बोलिन्‌ सरेर अघि सुन्दर मिष्ट वाणी ।
दुष्यन्तका नजरसाथ शकुन्तलाले ॥
केही प्रयत्नसित भाषण पाउँदी ती ।
वर्षाउँदी दृग मनोहर चारुताले ॥
(१६५)

के के भनूँसरि भयो अघिबाट फेरि ।
चाँडै समालिन गइन् अझ आश गर्दी ॥
हेरेर नेत्र दुइमा नृपको पुकारा ।
गर्दी भइन्‌ मृदुल-शब्द-सुभाष-धारा ॥
(१६६)