Jump to content

Page:Shakuntala.pdf/286: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
सम्झ सम्झ नृपते ! कमजोर ।
सम्झ सम्झ नृपते ! कमजोर ।
::क्ुद्रको छ महिमा कमजोरी ॥
::क्षुद्रको छ महिमा कमजोरी ॥
भन्छु यत्ति, जति लाज छ मान ।
भन्छु यत्ति, जति लाज छ मान ।
::धर्मको जुटिविषे लिन जान ॥
::धर्मको त्रुटिविषे लिन जान ॥
{{pcn|(७१)}}
{{pcn|(७१)}}


नत्र गिर्दछ तलेतल आत्मा ।
नत्र गिर्दछ तलैतल आत्मा ।
::सोध भित्र दिलसाथ गुनेर ॥
::सोध भित्र दिलसाथ गुनेर ॥
भन्न सक्दिन म दुष्ट दुरात्मा ।
भन्न सक्दिनँ म दुष्ट दुरात्मा ।
::कीर्तिको यति निनाद सुनेर ॥
::कीर्तिको यति निनाद सुनेर ॥
{{pcn|(७२)}}
{{pcn|(७२)}}
Line 16: Line 16:
::यो अनित्य भवमा तब के छ ?
::यो अनित्य भवमा तब के छ ?
एकसार सुखको जुन सत्य ।
एकसार सुखको जुन सत्य ।
::घर्म हो, यति नत्याग्नु रहेछ ॥
::धर्म हो, यति नत्याग्नु रहेछ ॥
{{pcn|(७३)}}
{{pcn|(७३)}}


मेटिँदैन नुझ दाग खरान
मेटिँदैन बुझ दाग खराब
::एक बार यदि नाम गुमाए ॥
::एक बार यदि नाम गुमाए ॥
आँसुले पछि अनन्त अगाडि ।
आँसुले पछि अनन्त अगाडि ।
Line 26: Line 26:


सत्यका प्रतिनिधि प्रभुबाट ।
सत्यका प्रतिनिधि प्रभुबाट ।
::सत्य छोड्नु बहुतै छ खरान
::सत्य छोड्नु बहुतै छ खराब
सत्यले मुकटको मणि दिब्य
सत्यले मुकुटको मणि दिव्य
::घाउ लाग्छ यसमा तल भर्दा
::घाउ लाग्छ यसमा तल झर्दा
{{pcn|(७५)}}
{{pcn|(७५)}}


भूप हुन्‌ सुक्रतिका अवतार ।
भूप हुन्‌ सुकृतिका अवतार ।
::दिव्य ऐश प्रतिमा पृथिवीमा ॥
::दिव्य ऐश प्रतिमा पृथिवीमा ॥
सत्यशून्य नृप खालि हुँडार-
सत्यशून्य नृप खालि हुँडार-

Latest revision as of 21:12, 27 May 2025

This page has been proofread

सम्झ सम्झ नृपते ! कमजोर ।
क्षुद्रको छ महिमा कमजोरी ॥
भन्छु यत्ति, जति लाज छ मान ।
धर्मको त्रुटिविषे लिन जान ॥
(७१)

नत्र गिर्दछ तलैतल आत्मा ।
सोध भित्र दिलसाथ गुनेर ॥
भन्न सक्दिनँ म दुष्ट दुरात्मा ।
कीर्तिको यति निनाद सुनेर ॥
(७२)

देह जान्छ पछि हुन्छ खरानी ।
यो अनित्य भवमा तब के छ ?
एकसार सुखको जुन सत्य ।
धर्म हो, यति नत्याग्नु रहेछ ॥
(७३)

मेटिँदैन बुझ दाग खराब ।
एक बार यदि नाम गुमाए ॥
आँसुले पछि अनन्त अगाडि ।
पर्छ त्यो प्रलयसम्म पखाल्न ॥
(७४)

सत्यका प्रतिनिधि प्रभुबाट ।
सत्य छोड्नु बहुतै छ खराब ॥
सत्यले मुकुटको मणि दिव्य ।
घाउ लाग्छ यसमा तल झर्दा ॥
(७५)

भूप हुन्‌ सुकृतिका अवतार ।
दिव्य ऐश प्रतिमा पृथिवीमा ॥
सत्यशून्य नृप खालि हुँडार-
तुल्य हुन्‌ अनृत वेश लिएका ॥
(७६)