Jump to content

Page:Shakuntala.pdf/283: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
::बोलिन्‌ ती गौतमीले "म हुँ प्रभु वनकी कण्वपत्नी वयस्क ॥
::बोलिन्‌ ती गौतमीले "म हुँ प्रभु वनकी कण्वपत्नी वयस्क ॥
ती हुन्‌ छोरी अगाडि प्रभु निकट यिनै पाउमा राख माथ ।"
ती हुन्‌ छोरी अगाडि प्रभु निकट यिनै पाउमा राख माथ ।"
::भन्दा आशा उठेकी नृपपयर छुँदी उद्दछिन्‌ प्रेमसाथ ॥
::भन्दा आशा उठेकी नृपपयर छुँदी उठ्दछिन्‌ प्रेमसाथ ॥
{{pcn|(५३)}}
{{pcn|(५३)}}


"हा: हा; कन्या उज्याली द्विजकलदुहिता के गरेको" भनेर ।
"हाः हाः कन्या उज्याली द्विजकलदुहिता के गरेको" भनेर ।
::उद्दा राजा जुरुक्कै चकित दुइ नने 'के भएको' भनेर ॥
::उठ्दा राजा जुरुक्कै चकित दुइ बने 'के भएको' भनेर ॥
"पत्नी आफ्नी नचिन्ने नृपवर किन हो आज यस्तो बहाना ?"
"पत्नी आफ्नी नचिन्ने नृपवर किन हो आज यस्तो बहाना ?"
::- भन्दा आश्चर्य मानी दुलुदुलु नृपले हेर्न थाले दुवैमा ॥
::भन्दा आश्चर्य मानी टुलुदुलु नृपले हेर्न थाले दुवैमा ॥
{{pcn|(५४)}}
{{pcn|(५४)}}


Line 16: Line 16:
::कण्वले किन मलाई छकाए ॥
::कण्वले किन मलाई छकाए ॥
सम्झना न छ ममा यिनसाध ।
सम्झना न छ ममा यिनसाध ।
::भेटतम्म न त सम्भैँ न बात ॥
::भेटसम्म न त सम्झुँ न बात ॥
{{pcn|(५५)}}
{{pcn|(५५)}}


एक रात न बसेँ सँग काहीँ ।
एक रात न बसेँ सँग काहीँ ।
::गर्भिणी युवति छन्‌ अघि याही
::गर्भिणी युवति छन्‌ अघि याहीं
के भयो नि ! जगदीश ! फसाद ।
के भयो नि ! जगदीश ! फसाद ।
::हुन्न हाय ! यिनको रति याद ॥
::हुन्न हाय ! यिनको रति याद ॥
Line 31: Line 31:
{{pcn|(५७)}}
{{pcn|(५७)}}


ह्वैन ह्वैन तर ह्वैन जख्र
ह्वैन ह्वैन तर ह्वैन जरूर
::सम्झनै पनि नभै यति बेर ॥
::सम्झने पनि नभै यति बेर ॥
हेर्छ सुन्दर मुहार न चिन्छु ।
हेर्छ सुन्दर मुहार न चिन्छु ।
::यो छकावट भनी बुझिलिन्छ्‌
::यो छकावट भनी बुझिलिन्छु
{{pcn|(५८)}}
{{pcn|(५८)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 20:31, 27 May 2025

This page has been proofread

धक्का दिन्थ्यो बजाई मुटुतिर डरले चौडिए नेत्र लामा ।
बोलिन्‌ ती गौतमीले "म हुँ प्रभु वनकी कण्वपत्नी वयस्क ॥
ती हुन्‌ छोरी अगाडि प्रभु निकट यिनै पाउमा राख माथ ।"
भन्दा आशा उठेकी नृपपयर छुँदी उठ्दछिन्‌ प्रेमसाथ ॥
(५३)

"हाः हाः कन्या उज्याली द्विजकलदुहिता के गरेको" भनेर ।
उठ्दा राजा जुरुक्कै चकित दुइ बने 'के भएको' भनेर ॥
"पत्नी आफ्नी नचिन्ने नृपवर किन हो आज यस्तो बहाना ?"
भन्दा आश्चर्य मानी टुलुदुलु नृपले हेर्न थाले दुवैमा ॥
(५४)

"को यिनीहरु ? यहाँ किन आए !
कण्वले किन मलाई छकाए ॥
सम्झना न छ ममा यिनसाध ।
भेटसम्म न त सम्झुँ न बात ॥
(५५)

एक रात न बसेँ सँग काहीँ ।
गर्भिणी युवति छन्‌ अघि याहीं ॥
के भयो नि ! जगदीश ! फसाद ।
हुन्न हाय ! यिनको रति याद ॥
(५६)

पाप लाग्छ गहिरो पछिसम्म ।
बिर्सिए यति ! म बन्छु अचम्म ॥
देखिएन यिनलाइ अगाडि ।
के गरी ग्रहण गर्नु पछाडि ॥
(५७)

ह्वैन ह्वैन तर ह्वैन जरूर ।
सम्झने पनि नभै यति बेर ॥
हेर्छ सुन्दर मुहार न चिन्छु ।
यो छकावट भनी बुझिलिन्छु ॥
(५८)