Page:Ritubichar.pdf/74: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|७०}} | {{pcn|७०}} | ||
मुस्कीलले घुमेका छन् कोल | मुस्कीलले घुमेका छन् कोल काईं-कुईं गरी । | ||
प्रारब्धको घचेटामा बिचरा | प्रारब्धको घचेटामा बिचरा जज्जनै-सरी ॥ | ||
{{pcn|७१}} | {{pcn|७१}} | ||
प्रारब्ध-यन्त्र झैँ कोल, उखू विषय कर्कश । | |||
कष्ट-साथ चलायेर झिक्नुपर्छ सफा रस ॥ | |||
{{pcn|७२}} | {{pcn|७२}} | ||
समाती कोलको कात्री | समाती कोलको कात्री कष्ट-साथ कठैबरी ! | ||
रसलोभी घुमेका छन् लाखचौरासीमा सरी ॥ | रसलोभी घुमेका छन् लाखचौरासीमा सरी ॥ | ||
{{pcn|७३}} | {{pcn|७३}} | ||
कोल हर्दम् घचेटिन्छन् अँचेटिन्छन् उखू सब । | कोल हर्दम् घचेटिन्छन् अँचेटिन्छन् उखू सब । | ||
अन्तरैमा परी जान्छ सोझाको | अन्तरैमा परी जान्छ सोझाको गुण-गौरव ॥ | ||
{{pcn|७४}} | {{pcn|७४}} | ||
धूलो-पिठो भए सारा उखू त्यो कोलमा परी । | |||
कालका मुखमा मानू सृष्टिको | कालका मुखमा मानू सृष्टिको महिमा-सरी ॥ | ||
{{pcn|७५}} | {{pcn|७५}} | ||
हेमन्त-कान्ति कालिन्दी, वासन्ती-कान्ति जाह्नवी । | |||
प्रयाग-तुल्य दोरङ्गा माझको शिशिर-च्छवि ॥ | |||
{{pcn|७६}} | {{pcn|७६}} | ||
वसन्त नगिचै आयो खुले केही दशै दिशा । | वसन्त नगिचै आयो खुले केही दशै दिशा । | ||
अरुणोदय-बेलामा किन हुन्थ्यो महानिशा ? | |||
{{pcn|७७}} | {{pcn|७७}} | ||
घटदै घटदै आयो छटा हेमन्तको सब । | घटदै घटदै आयो छटा हेमन्तको सब । | ||
सङ्ग-माफिकको रङ्ग सबैको हुन्छ वास्तव ॥ | |||
{{pcn|७८}} | {{pcn|७८}} | ||
उता हेमन्तको रङ्ग, यता रङ्ग वसन्तको । | उता हेमन्तको रङ्ग, यता रङ्ग वसन्तको । | ||
अहो शिशिरको तेसै पाउने अब अन्त को ? | अहो ! शिशिरको तेसै पाउने अब अन्त को ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:01, 25 May 2025
This page has been validated
७०
मुस्कीलले घुमेका छन् कोल काईं-कुईं गरी ।
प्रारब्धको घचेटामा बिचरा जज्जनै-सरी ॥
७१
प्रारब्ध-यन्त्र झैँ कोल, उखू विषय कर्कश ।
कष्ट-साथ चलायेर झिक्नुपर्छ सफा रस ॥
७२
समाती कोलको कात्री कष्ट-साथ कठैबरी !
रसलोभी घुमेका छन् लाखचौरासीमा सरी ॥
७३
कोल हर्दम् घचेटिन्छन् अँचेटिन्छन् उखू सब ।
अन्तरैमा परी जान्छ सोझाको गुण-गौरव ॥
७४
धूलो-पिठो भए सारा उखू त्यो कोलमा परी ।
कालका मुखमा मानू सृष्टिको महिमा-सरी ॥
७५
हेमन्त-कान्ति कालिन्दी, वासन्ती-कान्ति जाह्नवी ।
प्रयाग-तुल्य दोरङ्गा माझको शिशिर-च्छवि ॥
७६
वसन्त नगिचै आयो खुले केही दशै दिशा ।
अरुणोदय-बेलामा किन हुन्थ्यो महानिशा ?
७७
घटदै घटदै आयो छटा हेमन्तको सब ।
सङ्ग-माफिकको रङ्ग सबैको हुन्छ वास्तव ॥
७८
उता हेमन्तको रङ्ग, यता रङ्ग वसन्तको ।
अहो ! शिशिरको तेसै पाउने अब अन्त को ?