Jump to content

Page:Ritubichar.pdf/74: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(3 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|}}
{{pcn|७०}}
मुस्कीलले घुमेका छन् कोल काईंकुईं गरी।
मुस्कीलले घुमेका छन् कोल काईं-कुईं गरी ।
प्रारब्धको घचेटामा बिचरा जज्जनैसरी।।
प्रारब्धको घचेटामा बिचरा जज्जनै-सरी ॥


{{pcn|}}
{{pcn|७१}}
प्रारब्धयन्त्र झैं कोल, उखू विषय कर्कश।
प्रारब्ध-यन्त्र झैँ कोल, उखू विषय कर्कश ।
कष्टसाथ चलायेर झिक्नुपर्छ सफा रस।।
कष्ट-साथ चलायेर झिक्नुपर्छ सफा रस ॥


{{pcn|}}
{{pcn|७२}}
समाती कोलको कात्री कष्टसाथ कठैबरी
समाती कोलको कात्री कष्ट-साथ कठैबरी !
रसलोभी घुमेका छन् लाखचौरासीमा सरी।।
रसलोभी घुमेका छन् लाखचौरासीमा सरी ॥


{{pcn|}}
{{pcn|७३}}
कोल हर्दम् घचेटिन्छन् अँचेटिन्छन् उखू सब।
कोल हर्दम् घचेटिन्छन् अँचेटिन्छन् उखू सब ।
अन्तरैमा परी जान्छ सोझाको गुणगौरव।।
अन्तरैमा परी जान्छ सोझाको गुण-गौरव ॥


{{pcn|}}
{{pcn|७४}}
धूलोपिठो भए सारा उखू त्यो कोलमा परी।
धूलो-पिठो भए सारा उखू त्यो कोलमा परी ।
कालका मुखमा मानू सृष्टिको महिमासरी।।
कालका मुखमा मानू सृष्टिको महिमा-सरी ॥


{{pcn|}}
{{pcn|७५}}
हेमन्तकान्ति कालिन्दी, वासन्तीकान्ति जाह्नवी।
हेमन्त-कान्ति कालिन्दी, वासन्ती-कान्ति जाह्नवी ।
प्रयागतुल्य दोरङ्गा माझको शिशिरच्छवि।।
प्रयाग-तुल्य दोरङ्गा माझको शिशिर‍-च्छवि ॥


{{pcn|}}
{{pcn|७६}}
वसन्त नगिचै आयो खुले केही दशै दिशा।
वसन्त नगिचै आयो खुले केही दशै दिशा ।
अरुणोदयबेलामा किन हुन्थ्यो महानिशा?।।
अरुणोदय-बेलामा किन हुन्थ्यो महानिशा ?


{{pcn|}}
{{pcn|७७}}
घटदै घटदै आयो छटा हेमन्तको सब।
घटदै घटदै आयो छटा हेमन्तको सब ।
सङ्गमाफिकको रङ्ग सबैको हुन्छ वास्तव।।
सङ्ग-माफिकको रङ्ग सबैको हुन्छ वास्तव ॥


{{pcn|}}
{{pcn|७८}}
उता हेमन्तको रङ्ग, यता रङ्ग वसन्तको।
उता हेमन्तको रङ्ग, यता रङ्ग वसन्तको ।
अहो शिशिरको तेसै पाउने अब अन्त को?।।
अहो ! शिशिरको तेसै पाउने अब अन्त को ?
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:01, 25 May 2025

This page has been validated

७०
मुस्कीलले घुमेका छन् कोल काईं-कुईं गरी ।
प्रारब्धको घचेटामा बिचरा जज्जनै-सरी ॥

७१
प्रारब्ध-यन्त्र झैँ कोल, उखू विषय कर्कश ।
कष्ट-साथ चलायेर झिक्नुपर्छ सफा रस ॥

७२
समाती कोलको कात्री कष्ट-साथ कठैबरी !
रसलोभी घुमेका छन् लाखचौरासीमा सरी ॥

७३
कोल हर्दम् घचेटिन्छन् अँचेटिन्छन् उखू सब ।
अन्तरैमा परी जान्छ सोझाको गुण-गौरव ॥

७४
धूलो-पिठो भए सारा उखू त्यो कोलमा परी ।
कालका मुखमा मानू सृष्टिको महिमा-सरी ॥

७५
हेमन्त-कान्ति कालिन्दी, वासन्ती-कान्ति जाह्नवी ।
प्रयाग-तुल्य दोरङ्गा माझको शिशिर‍-च्छवि ॥

७६
वसन्त नगिचै आयो खुले केही दशै दिशा ।
अरुणोदय-बेलामा किन हुन्थ्यो महानिशा ?

७७
घटदै घटदै आयो छटा हेमन्तको सब ।
सङ्ग-माफिकको रङ्ग सबैको हुन्छ वास्तव ॥

७८
उता हेमन्तको रङ्ग, यता रङ्ग वसन्तको ।
अहो ! शिशिरको तेसै पाउने अब अन्त को ?