Jump to content

Page:Bhanubhaktako ramayan.pdf/7: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "आफ्ना गाउँमा कूवा खनायेको क्रा गरेछ । यसो गर्दा धर्म पनी हुने तथा पछी सम्म फलानाले खनायेको इनार भनी आफ्नो नाउँ पनी चल्ने भनेर पनी उसले भनेछ। घाँसीको यो कुरा सुनेर भानुभक्तका मनमा ठ..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:
परिणामस्वरूप उनले तत्काल दुई बटा कविता लेखे । ती इनै हुन्‌ ।
परिणामस्वरूप उनले तत्काल दुई बटा कविता लेखे । ती इनै हुन्‌ ।


<blockquote><poem><b>
भर्‌ मन्म धाँस तिर मन्‌ दिइ धन्‌ कमायो ।
भर्‌ मन्म धाँस तिर मन्‌ दिइ धन्‌ कमायो ।
नाम्‌ कौ रहोस्‌ पछि भनेर कुवा खनायो ॥
नाम्‌ कौ रहोस्‌ पछि भनेर कुवा खनायो ॥
Line 14: Line 15:
तैस्‌ घाँसिले कसरि आज दिवैछ गर्ति ।
तैस्‌ घाँसिले कसरि आज दिवैछ गर्ति ।
धिक्कार हो मकन बस्नु न राखि कीर्ति ॥२॥
धिक्कार हो मकन बस्नु न राखि कीर्ति ॥२॥
</b></poem></blockquote>


अब भानुभक्तले काव्य-रचना गरी लोक-सेवा गर्ने निश्चय गरे । नेपाली
अब भानुभक्तले काव्य-रचना गरी लोक-सेवा गर्ने निश्चय गरे । नेपाली

Latest revision as of 12:46, 25 May 2025

This page has not been proofread

आफ्ना गाउँमा कूवा खनायेको क्रा गरेछ । यसो गर्दा धर्म पनी हुने तथा पछी सम्म फलानाले खनायेको इनार भनी आफ्नो नाउँ पनी चल्ने भनेर पनी उसले भनेछ। घाँसीको यो कुरा सुनेर भानुभक्तका मनमा ठुलो प्रभाव परेछ । म सँग सबै थोक पुगी सरी आयेको भये ता पनी मैले न धर्म गर्न सकेको छु न आफ्नो नाउँ नै चलाउन सकेको छु भनी उनी उद्देग पूर्ण भयेछन्‌ । यही भावनाको परिणामस्वरूप उनले तत्काल दुई बटा कविता लेखे । ती इनै हुन्‌ ।


भर्‌ मन्म धाँस तिर मन्‌ दिइ धन्‌ कमायो ।
नाम्‌ कौ रहोस्‌ पछि भनेर कुवा खनायो ॥
घाँसी दरिति घरको तर बुडि कस्तो ।
मौ भानुभक्त धनि भै कन आज यस्तो ॥१॥
भैरा इनार तन त सत्तल पाटि कै छन्‌ ।
नै धन्‌ र चीजहरू छन्‌ घर भित्र मै छन्‌ ॥
तैस्‌ घाँसिले कसरि आज दिवैछ गर्ति ।
धिक्कार हो मकन बस्नु न राखि कीर्ति ॥२॥

अब भानुभक्तले काव्य-रचना गरी लोक-सेवा गर्ने निश्चय गरे । नेपाली भाषामा रामायण लेख्ने उनको विचार भयो । सन्‌ १८४१ तिर बालकाण्ड लेखी पती सकियो । पहिलो झोंकमा यती काम भये पछी रामायण लेख्ने काम केही कालका निम्ती थन्कियेर बसेको बुझिन्छ ।

सन्‌ १८४९ भा भानुभक्त पहिलो पटक नेपालको राजधानी काठमांडु बा कान्तिपुर आये । यौटा छिमेकी सँग जग्गाका विषयमा झगरा परेको हुनाले तैसैका सम्बन्धमा मुद्दा गर्न उनले काठमांडु आउनु परेको थियो । यो समयमा बालाज्युको वर्णन तथा कान्तिपुरको वर्णन भयेका भानुभक्तले लेखेका देशभक्तिपूर्ण कविता अध्यावधि अत्यन्त प्रसिङ छन्‌ । काठमांडुमा तिसाफ हुँदा भानुभक्तले झगरा जीते । यसका सँगसँगै दरबारमा पनी उनको प्रवेश भयो तथा उनले मुख्त्यार जंगबहादुरका भाई कृष्णबहादुरका ढोकाको आश्रय लिये । फलस्वरूप सन्‌ १८५० मा जागीर पाई उती मदेस तिर आये । दुई वर्ष जागीर खाई कागतपत्र बुझाउन न सक्ता उनलाई कुमारीचोकले थुन्यो । भयालखातमा