Page:Shakuntala.pdf/265: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
आज छैन सम्झना कि को तिमी म चिन्दिनँ ? | |||
::भन्दछन् कि ? या चिनेर भन्दछन् कि भेटिनँ ? | |||
ह्वैन ह्वैन छैन चित्त हाय ! क्रुर निर्दयी । | |||
::कामकाज भीडबाट फुर्सदी नभै रही ॥ | |||
सम्झिएर सम्झिएन ! क्या तरङ्गिणी भई । | |||
::शोच गर्छु यी अनिष्ट चिन्तनाहरू लिई ॥ | |||
{{pcn|(२६)}} | |||
मिरमिर भो अब साँझ झमक्क । | |||
::तिमिर भो तम भो ढकमक्क ॥ | |||
पिलपिल छन् उडु पङ्ख सुषुप्त । | |||
::विधु नभमा तर स्वर्गृह गुप्त ॥ | |||
{{pcn|(२७)}} | |||
हर हर चल्दछ तीर प्रवात । | |||
::सुरभित, शीतल, चाल्दछ पात ॥ | |||
नगर नजीक छ पर्दछ रात । | |||
::तर पथ शून्य छ मिर्मिर खालि ॥ | |||
डर पनि लाग्छ थकाइ छ साथ । | |||
{{pcn|(२८)}} | |||
निकट छ एक सरोवर हेर ? | |||
::टलपल वक्ष छ छन् उडु थोर ॥ | |||
नभ प्रतिबिम्बित हेर्दछ ऐना । | |||
::"हरि हरि" बोल्छ नजीक छ मैना ॥ | |||
तटतरु झर्दछ उल्टिन कालो । | |||
::निकट किसानकटी छ उज्यालो ॥ | |||
पिलपिल झ्याल ! अरू घर छैन । | |||
::अब पर बढ्नु त व्यर्थ हुँदैन ? | |||
{{pcn|(२९)}} | |||
अघिअघि ब्राह्मण तीन गए । | |||
::घचघच द्वार गरे र उठेर ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 07:19, 25 May 2025
आज छैन सम्झना कि को तिमी म चिन्दिनँ ?
भन्दछन् कि ? या चिनेर भन्दछन् कि भेटिनँ ?
ह्वैन ह्वैन छैन चित्त हाय ! क्रुर निर्दयी ।
कामकाज भीडबाट फुर्सदी नभै रही ॥
सम्झिएर सम्झिएन ! क्या तरङ्गिणी भई ।
शोच गर्छु यी अनिष्ट चिन्तनाहरू लिई ॥
(२६)
मिरमिर भो अब साँझ झमक्क ।
तिमिर भो तम भो ढकमक्क ॥
पिलपिल छन् उडु पङ्ख सुषुप्त ।
विधु नभमा तर स्वर्गृह गुप्त ॥
(२७)
हर हर चल्दछ तीर प्रवात ।
सुरभित, शीतल, चाल्दछ पात ॥
नगर नजीक छ पर्दछ रात ।
तर पथ शून्य छ मिर्मिर खालि ॥
डर पनि लाग्छ थकाइ छ साथ ।
(२८)
निकट छ एक सरोवर हेर ?
टलपल वक्ष छ छन् उडु थोर ॥
नभ प्रतिबिम्बित हेर्दछ ऐना ।
"हरि हरि" बोल्छ नजीक छ मैना ॥
तटतरु झर्दछ उल्टिन कालो ।
निकट किसानकटी छ उज्यालो ॥
पिलपिल झ्याल ! अरू घर छैन ।
अब पर बढ्नु त व्यर्थ हुँदैन ?
(२९)
अघिअघि ब्राह्मण तीन गए ।
घचघच द्वार गरे र उठेर ॥