Jump to content

Page:Sunko bihani.pdf/14: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 13: Line 13:
::चरा बस्ने बोल्ने तलतिर रहेको सुख दिने  ॥
::चरा बस्ने बोल्ने तलतिर रहेको सुख दिने  ॥


::बडो मस्ती पाई सुखसँग निदाईकन त्यहाँ
बडो मस्ती पाई सुखसँग निदाईकन त्यहाँ
::रहेको वेलामा सकल पशुको इन्द्र सुखमा  ।
रहेको वेलामा सकल पशुको इन्द्र सुखमा  ।


::जरा बाङ्गा खोपी तलतिर बसेको अलिकति
::जरा बाङ्गा खोपी तलतिर बसेको अलिकति

Latest revision as of 10:28, 24 May 2025

This page has been proofread

थियो गर्मी वेला हपहप थियो घाम बहुत
बले झैं आकाशै दनदन थियो धप्धपसित ।

बडो मानी गर्मी रुखतल सुती शीतलसित
झिकी जिभ्रो खस्रो ढलकसँग लेटी सुखसित ॥

थियो यौटा ठूलो सकल पशुको सिंह वनको
दुवै चिम्ली आँखा सुखसँग डटेको अति निको ।

छहारी हाँगाको हृदयकन ठण्डा गरिदिने
चरा बस्ने बोल्ने तलतिर रहेको सुख दिने ॥

बडो मस्ती पाई सुखसँग निदाईकन त्यहाँ
रहेको वेलामा सकल पशुको इन्द्र सुखमा ।

जरा बाङ्गा खोपी तलतिर बसेको अलिकति
त्यहाँ निस्के मूसा खुरुरुरु गरी दौडन कति ॥

निदाएको राजाकन रति नटेरीकन त्यहाँ
चुचीं च्वीं च्वीं गर्दै वरिपरि हिंडे त्यो समयमा ।

त्यसै हेप्दा हेप्दै पछिपछि चढे आँग त्यसको
बडो नाची उफ्री खुरुरुरु गरे शब्द ननिको ॥