Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/304: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(३)}}
{{pcn|(३)}}
साहित्याऽऽकाश हाम्रो उस बखत थियो शून्य  निष्पट्ट कालो

::मानू हाली-रहेथ्यो फगत विजयको जोशले नै अँगालो

त्यै वेला दैवगत्या उदय शिखरमा भानु झैँ भानु हाम्रो

::आए यता उदाए सबतिर भरदै चेतना-ज्योति राम्रो

{{pcn|(४)}}
{{pcn|(४)}}
तिखो सान सुरीलो कलम-किरणले त्यो तमोजाल सारा

::हेर्दै सर्वत्र भर्दै मधुर अरुणिमा-पूर्ण आलोक धारा

भो भाषा रूप हाम्रो मुकुलित नलिनी-कोषलाई फुकाए

::कामैले नाम आफ्नु प्रिय कविवरले सार्थतामा पुर्याए

{{pcn|(५)}}
{{pcn|(५)}}
नेपाली कोटि हामीहरु सब जुन यो बोल्दछौँ मातृभाषा

::जस्मा राष्ट्रीयताका विविध विषयको नित्य उर्लन्छ आशा

त्यस्को आराधनामा तन मन धनले व्यग्र पैला पुजारी

::धन्याऽत्मा भानुभक्त प्रथम कवि अहा !! राष्ट्रकल्याणकारी

{{pcn|(६)}}
{{pcn|(६)}}
हाम्रा शास्त्रीय राम्रा किसिम-किसिमका छन्दमा टक्कटक्क

::नेपाली भावशाली पदमय रसिला पुष्प उन्दै थपक्क

जस्ले माला बनाई रघुपति चरिताऽऽमोदले पूर्ण खास

::पैह्राए राष्ट्रलाई खुसिसित, तिनको धन्य हो त्यो प्रयास

</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:58, 18 May 2025

This page has not been proofread

(३)
साहित्याऽऽकाश हाम्रो उस बखत थियो शून्य निष्पट्ट कालो
मानू हाली-रहेथ्यो फगत विजयको जोशले नै अँगालो ।
त्यै वेला दैवगत्या उदय शिखरमा भानु झैँ भानु हाम्रो
आए यता उदाए सबतिर भरदै चेतना-ज्योति राम्रो ॥

(४)
तिखो सान सुरीलो कलम-किरणले त्यो तमोजाल सारा
हेर्दै सर्वत्र भर्दै मधुर अरुणिमा-पूर्ण आलोक धारा ।
भो भाषा रूप हाम्रो मुकुलित नलिनी-कोषलाई फुकाए
कामैले नाम आफ्नु प्रिय कविवरले सार्थतामा पुर्याए ॥

(५)
नेपाली कोटि हामीहरु सब जुन यो बोल्दछौँ मातृभाषा
जस्मा राष्ट्रीयताका विविध विषयको नित्य उर्लन्छ आशा ।
त्यस्को आराधनामा तन मन धनले व्यग्र पैला पुजारी
धन्याऽत्मा भानुभक्त प्रथम कवि अहा !! राष्ट्रकल्याणकारी ॥

(६)
हाम्रा शास्त्रीय राम्रा किसिम-किसिमका छन्दमा टक्कटक्क
नेपाली भावशाली पदमय रसिला पुष्प उन्दै थपक्क ।
जस्ले माला बनाई रघुपति चरिताऽऽमोदले पूर्ण खास
पैह्राए राष्ट्रलाई खुसिसित, तिनको धन्य हो त्यो प्रयास ॥