Page:Lalitya bhag 1 ra 2.pdf/274: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(१२)}} | |||
जबर्जस्ती पस्यो मानू लाखौँ दुर्जय पल्टन । | |||
उल्टायो शान्तिको किल्ला मैले पाइनँ पल्टन ॥ | |||
{{pcn|(१३)}} | |||
ममाथि हमला गर्ने सुरले दुष्ट दुश्मन । | |||
टाँटी टाँटी गरी थाले मानू बिगुल फूकन ॥ | |||
{{pcn|(१४)}} | |||
त्यो टीँ टीँ शब्दका साथै मार्च भारी भयङ्कर । | |||
चलि-हाल्यो मुटू मेरो थाल्यो काँपन थर्थर ॥ | |||
{{pcn|(१५)}} | |||
मार्चको शब्दले हो वा भानले हो विमानको । | |||
निद्रादेवी उडी-हालिन् पर्दा खोलेर कानको ॥ | |||
{{pcn|(१६)}} | |||
लुट मानू चली-हाल्यो, न गुहा न गुहार भो । | |||
सातो-पुत्लो कठै ! मेरो तिनैको उपहार भो ॥ | |||
{{pcn|(१७)}} | |||
आत्तियो चित्त चौपट्ट छट्टपट्ट बिछट्ट भो । | |||
कालो निस्पट्ट त्यो रात्रि दुःखको घोर घट्ट भो ॥ | |||
{{pcn|(१८)}} | |||
देख्दादेख्दै निमेषैमा खैलाबैला ठुलो चल्यो । | |||
मानू दुर्भाग्यको वृक्ष लटर्याम्म भई फल्यो ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:40, 18 May 2025
This page has not been proofread
(१२)
जबर्जस्ती पस्यो मानू लाखौँ दुर्जय पल्टन ।
उल्टायो शान्तिको किल्ला मैले पाइनँ पल्टन ॥
(१३)
ममाथि हमला गर्ने सुरले दुष्ट दुश्मन ।
टाँटी टाँटी गरी थाले मानू बिगुल फूकन ॥
(१४)
त्यो टीँ टीँ शब्दका साथै मार्च भारी भयङ्कर ।
चलि-हाल्यो मुटू मेरो थाल्यो काँपन थर्थर ॥
(१५)
मार्चको शब्दले हो वा भानले हो विमानको ।
निद्रादेवी उडी-हालिन् पर्दा खोलेर कानको ॥
(१६)
लुट मानू चली-हाल्यो, न गुहा न गुहार भो ।
सातो-पुत्लो कठै ! मेरो तिनैको उपहार भो ॥
(१७)
आत्तियो चित्त चौपट्ट छट्टपट्ट बिछट्ट भो ।
कालो निस्पट्ट त्यो रात्रि दुःखको घोर घट्ट भो ॥
(१८)
देख्दादेख्दै निमेषैमा खैलाबैला ठुलो चल्यो ।
मानू दुर्भाग्यको वृक्ष लटर्याम्म भई फल्यो ॥