Jump to content

Page:Shakuntala.pdf/227: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
ज्यादा बसेर पर&ndash; माइतिमा रहेर ।
::बिग्रिन्छ धेर घर विस्मृतिबाट हेर ॥
आँखाअगाडि नरहे यदि रूपवाली ।
::लाग्ने अरूतरफ यो छ जगत्‌प्रणाली ॥
{{pcn|(५)}}


भुल्छन्‌ सदा पुरुषले, अघिका प्रतिज्ञा ।
::बन्छन्‌ सदा भ्रमररूप र रङ्गसामु ॥
आफ्ना अगाडि रहनेकन मात्र देख्छन्‌ ।
::शृङ्गारदार रसका उपभोग राम्रा ॥
{{pcn|(६)}}
कन्या विवाह नहुँदातक माइतीकी ।
::आफ्नो घरैतिर हुने पछिलाइ फेरि ॥
सम्पत्ति यो छ जसको उसलाइ सुम्पे
::आनन्द बस्छ दुइतर्फ सदैव गम्की ॥
{{pcn|(७)}}
चाँडै तयार गर यी घरतर्फ जाऊन्‌ ।
::बिर्सेर बस्न नृपले घरमा नपाऊन्‌ ॥
रानी बनून्‌ महलकी पतिसाथ पाऊन्‌ ।
::चिन्ता समस्त मनका सहजै हटाऊन्‌ ॥"
{{pcn|(८)}}
यस्तो सुनी वचन ती ऋषिका तयारी ।
::गर्दीभइन्‌ घर पठाउन निम्ति भारी ॥
ती गौतमी, बहुत दी उपदेश राम्रा ।
::चाँडै पठाउन भनी घरकी बुहारी ॥
{{pcn|(९)}}
"ठट्टा नगर्नु गिजिएर नबस्नु नानी !
::के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥
हँस्सी बनाउँछ सधैं हलुका मिजास ।
::गम्भीर भाव लिनु राख्नु यथेष्ट लाज ॥
{{pcn|(१०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 06:47, 18 May 2025

This page has been proofread

ज्यादा बसेर पर– माइतिमा रहेर ।
बिग्रिन्छ धेर घर विस्मृतिबाट हेर ॥
आँखाअगाडि नरहे यदि रूपवाली ।
लाग्ने अरूतरफ यो छ जगत्‌प्रणाली ॥
(५)

भुल्छन्‌ सदा पुरुषले, अघिका प्रतिज्ञा ।
बन्छन्‌ सदा भ्रमररूप र रङ्गसामु ॥
आफ्ना अगाडि रहनेकन मात्र देख्छन्‌ ।
शृङ्गारदार रसका उपभोग राम्रा ॥
(६)

कन्या विवाह नहुँदातक माइतीकी ।
आफ्नो घरैतिर हुने पछिलाइ फेरि ॥
सम्पत्ति यो छ जसको उसलाइ सुम्पे
आनन्द बस्छ दुइतर्फ सदैव गम्की ॥
(७)

चाँडै तयार गर यी घरतर्फ जाऊन्‌ ।
बिर्सेर बस्न नृपले घरमा नपाऊन्‌ ॥
रानी बनून्‌ महलकी पतिसाथ पाऊन्‌ ।
चिन्ता समस्त मनका सहजै हटाऊन्‌ ॥"
(८)

यस्तो सुनी वचन ती ऋषिका तयारी ।
गर्दीभइन्‌ घर पठाउन निम्ति भारी ॥
ती गौतमी, बहुत दी उपदेश राम्रा ।
चाँडै पठाउन भनी घरकी बुहारी ॥
(९)

"ठट्टा नगर्नु गिजिएर नबस्नु नानी !
के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥
हँस्सी बनाउँछ सधैं हलुका मिजास ।
गम्भीर भाव लिनु राख्नु यथेष्ट लाज ॥
(१०)