Page:Shakuntala.pdf/222: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
माया जस्ती तरुण मुखकी हेर ! सेती मकुण्डी । | |||
::आत्मा बिर्सी अनृत ढँगले कामकी उग्र चण्डी ॥ | |||
यो पापी हो नजर नदिने सत्य कर्तव्यतर्फ । | |||
::विश्वै डग्ला द्विजकुल सबै बिग्रिई जान्छ नर्क ॥ | |||
{{pcn|(२९)}} | |||
"को छन् ए यो घरतिर, कनै कान छैनन् यहाँ के ?" | |||
::भन्दा ऊँचा स्वरसित, तिनी क्रोधले दन्दनाए ॥ | |||
बेपर्वाही युवति नसुनी नासिकातर्फ झुक्थिन् । | |||
::बायाँ फर्की कर शिर झुकिन् भालले छुन्छ औंला ॥ | |||
{{pcn|(३०)}} | |||
दुर्वासा भन्छन नि "जडता यत्तिको देखिएछ । | |||
::कस्ती अन्धी उपल-बहिरी शून्यकर्तव्यचित्त ॥ | |||
काली माया धवलमुखकी ! जाड्यकी अन्धकार ! | |||
::देख्दै दन्की हृदय तपको सल्किने बारबार ॥ | |||
{{pcn|(३१)}} | |||
यस्तै मूढा यस विपिनमा पर्दछन् जाड्य-मूर्छा ? | |||
::बोल्दा कोही द्विज ऋषि यहाँ छैन केही जवाफ ? | |||
यस्तो कालो तिमिर निशिको स्तब्धता पानहीन । | |||
::फर्कन्छन् के ऋषि, द्विज तथा साधु यस्तै गरेर ? | |||
{{pcn|(३२)}} | |||
यो बेहोशी क्षणभर लिए मारका मार खाई । | |||
::नासी जाने द्विजकुल सबै च्याँठलाग्दो मलाई ॥ | |||
देखिन्छे यो मदन सपने शिष्ट आचार त्यागी । | |||
::ध्वाँसो बन्छे कलुषहरुकी कल्पना बन्छ दागी ॥ | |||
{{pcn|(३३)}} | |||
मेरो आत्माकन पिर दिने खिर्खिरी यो लगाई । | |||
::सारा राम्रा मृदुल वनमा च्याँब हाल्दी जगाई ॥ | |||
बल्दी ज्वाला विरहहरुकी कामकी रूपलाई । | |||
::बिर्सोस् यस्तै प्रियतम पनि प्राण दुःखी गराई ॥" | |||
{{pcn|(३४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:22, 17 May 2025
माया जस्ती तरुण मुखकी हेर ! सेती मकुण्डी ।
आत्मा बिर्सी अनृत ढँगले कामकी उग्र चण्डी ॥
यो पापी हो नजर नदिने सत्य कर्तव्यतर्फ ।
विश्वै डग्ला द्विजकुल सबै बिग्रिई जान्छ नर्क ॥
(२९)
"को छन् ए यो घरतिर, कनै कान छैनन् यहाँ के ?"
भन्दा ऊँचा स्वरसित, तिनी क्रोधले दन्दनाए ॥
बेपर्वाही युवति नसुनी नासिकातर्फ झुक्थिन् ।
बायाँ फर्की कर शिर झुकिन् भालले छुन्छ औंला ॥
(३०)
दुर्वासा भन्छन नि "जडता यत्तिको देखिएछ ।
कस्ती अन्धी उपल-बहिरी शून्यकर्तव्यचित्त ॥
काली माया धवलमुखकी ! जाड्यकी अन्धकार !
देख्दै दन्की हृदय तपको सल्किने बारबार ॥
(३१)
यस्तै मूढा यस विपिनमा पर्दछन् जाड्य-मूर्छा ?
बोल्दा कोही द्विज ऋषि यहाँ छैन केही जवाफ ?
यस्तो कालो तिमिर निशिको स्तब्धता पानहीन ।
फर्कन्छन् के ऋषि, द्विज तथा साधु यस्तै गरेर ?
(३२)
यो बेहोशी क्षणभर लिए मारका मार खाई ।
नासी जाने द्विजकुल सबै च्याँठलाग्दो मलाई ॥
देखिन्छे यो मदन सपने शिष्ट आचार त्यागी ।
ध्वाँसो बन्छे कलुषहरुकी कल्पना बन्छ दागी ॥
(३३)
मेरो आत्माकन पिर दिने खिर्खिरी यो लगाई ।
सारा राम्रा मृदुल वनमा च्याँब हाल्दी जगाई ॥
बल्दी ज्वाला विरहहरुकी कामकी रूपलाई ।
बिर्सोस् यस्तै प्रियतम पनि प्राण दुःखी गराई ॥"
(३४)