Page:Shakuntala.pdf/158: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
अनि यो लता सपना हुँदो । | अनि यो लता सपना हुँदो । | ||
::गहले भुलेर निहार्दछिन् ॥ | ::गहले भुलेर निहार्दछिन् ॥ | ||
{{pcn|( | {{pcn|(२४)}} | ||
शरमाउँदी नभनी कुरा । | शरमाउँदी नभनी कुरा । | ||
Line 16: | Line 16: | ||
::सखि मुग्ध छन् जब निश्चित ॥ | ::सखि मुग्ध छन् जब निश्चित ॥ | ||
पृथिवी-पती महिमासित ।" | पृथिवी-पती महिमासित ।" | ||
{{pcn|( | {{pcn|(२५)}} | ||
यति बातले दुइ मुस्मुसे । | यति बातले दुइ मुस्मुसे । |
Latest revision as of 18:17, 3 May 2025
This page has been proofread
लमकोस ती रसिला कुना ।
पनि छन् लुकाउन क्यै छली ॥
प्रभु कृष्णलाई प्रसूनले ।
क्षण मौन बीच सिँगार्दछिन् ॥
अनि यो लता सपना हुँदो ।
गहले भुलेर निहार्दछिन् ॥
(२४)
शरमाउँदी नभनी कुरा ।
मुख-रङ्ग चट्ट सपार्दछिन् ॥
कृशता बढी अलि म्लान भै ।
अधरै सुकेर बिगार्दछिन् ॥
मृदु बोटका कुसुमोज्ज्वल ।
सखि मुग्ध छन् जब निश्चित ॥
पृथिवी-पती महिमासित ।"
(२५)
यति बातले दुइ मुस्मुसे ।
रहँदा भए अलि खुस्खुसे ॥
जन सूर्य लाल भई घुसे ।
जल-गेहमा पर झल्मल ॥
(२६)
त्यस रातमा न त नीँदले ।
पनि छोइँदी वन-मञ्जरी ॥
सपनाहरू बिउँझै रची-
कन सोच्दछिन् मनमा परी ॥
कुन भाव यो मधुराऽकरी ?
(२७)
"कसरी उनीकन भित्रका ।
मृदु भाव रङ्ग विचित्रका ॥
कुन ढङ्गबाट बुझाउनु ?
नबुझे कहाँ सुख पाउनु ॥