Jump to content

Page:Shakuntala.pdf/151: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
कमलसरस भाल स्वेदले भो झिभझिल्ल
कमलसरस भाल स्वेदले भो झिझिल्ल
::उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥
::उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥
अलकतिर शिरीषी माधुरी साम्यभावी ।
अलकतिर शिरीषी माधुरी साम्यभावी ।
Line 8: Line 8:
{{pcn|(६१)}}
{{pcn|(६१)}}


सहन कठिन बन्छन्‌ बैँस ठट्टा तिनीमा ।
सहन कठिन बन्छन्‌ बैंस ठट्टा तिनीमा ।
::किन शरम हुने ती चाल गर्छन्‌ भनेर ॥
::किन शरम हुने ती चाल गर्छन्‌ भनेर ॥
चकित मधुरता झैं अप्रसन्न प्रभा छन्‌ ।
चकित मधुरता झैं अप्रसन्न प्रभा छन्‌ ।
Line 16: Line 16:
पयरतिर बिझेको शल्यले 'आच्छु' पारी ।
पयरतिर बिझेको शल्यले 'आच्छु' पारी ।
::सखितिर जब फर्की बन्दधिन्‌ ती गुहारी ॥
::सखितिर जब फर्की बन्दधिन्‌ ती गुहारी ॥
निठुर सरसता झैँ दैवले पड्गु पारी ।
निठुर सरसता झैं दैवले पङ्गु पारी ।
::नजर सरस दिन्धिन्‌ कर्किँदी स्वर्ग प्यारी ॥
::नजर सरस दिन्धिन्‌ कर्किंदी स्वर्ग प्यारी ॥
{{pcn|(६३)}}
{{pcn|(६३)}}


महल छ सब खल्लो छट्टका राज्य जस्ता ।
महल छ सब खल्लो छट्टका राज्य जस्ता ।
::रँगहरु अति चड्का, पौर छन्‌ चाल सस्ता ॥
::रँगहरु अति चड्का, पौर छन्‌ चाल सस्ता ॥
भझिलिमिलि सब नोक्रा, बैंस खोक्रा त्यहाँका ।
झिलिमिलि सब बोक्रा, बैंस खोक्रा त्यहाँका ।
::सुमन मृदु खिरीला डाँठमा छन्‌ यहाँका ॥
::सुमन मृदु खिरीला डाँठमा छन्‌ यहाँका ॥
{{pcn|(६४)}}
{{pcn|(६४)}}
Line 28: Line 28:
अप्रकृत नखराका धूर्तताका शिकार ।
अप्रकृत नखराका धूर्तताका शिकार ।
::अति चपल प्रदर्शी भावका शून्य सार ॥
::अति चपल प्रदर्शी भावका शून्य सार ॥
अधर अति रगाई बैंस ज्यादै सजाई ।
अधर अति रँगाई बैंस ज्यादै सजाई ।
::अतिशय- नकुनी। ती नाक भौं शानदार ॥
::अतिशय नकली ती नाक भौं शानदार ॥
विकृतिमय र कामी-भावनाका शिकार ।
विकृतिमय र कामी-भावनाका शिकार ।
::युवति शहरका जो छन्‌ सितारा-सिँगार ॥
::युवति शहरका जो छन्‌ सितारा-सिँगार ॥
उनअघि वननाला स्वर्गका छन्‌ जुहार ।
उनअघि वनबाला स्वर्गका छन्‌ जुहार ।
::विकृत मुख न तीतो नक्कली चाल पार ॥
::विकृत मुख न तीतो नक्कली चाल पार ॥
अब म त वन बस्ने रोज सानन्द चार ।”
अब म त वन बस्ने रोज सानन्द चार ।"
{{pcn|(६५)}}
{{pcn|(६५)}}


</poem>}}
</poem>}}

Latest revision as of 15:06, 29 April 2025

This page has been proofread

कमलसरस भाल स्वेदले भो झिझिल्ल ।
उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥
अलकतिर शिरीषी माधुरी साम्यभावी ।
रँग विलसित गाला कर्म-टूना अमूल्य-
सरि युवति थिइन्‌ ती कामकी झैं विलास ।
(६१)

सहन कठिन बन्छन्‌ बैंस ठट्टा तिनीमा ।
किन शरम हुने ती चाल गर्छन्‌ भनेर ॥
चकित मधुरता झैं अप्रसन्न प्रभा छन्‌ ।
तर अरु कति त्यस्ता मोहिनी दिव्यता छन्‌ ॥
(६२)

पयरतिर बिझेको शल्यले 'आच्छु' पारी ।
सखितिर जब फर्की बन्दधिन्‌ ती गुहारी ॥
निठुर सरसता झैं दैवले पङ्गु पारी ।
नजर सरस दिन्धिन्‌ कर्किंदी स्वर्ग प्यारी ॥
(६३)

महल छ सब खल्लो छट्टका राज्य जस्ता ।
रँगहरु अति चड्का, पौर छन्‌ चाल सस्ता ॥
झिलिमिलि सब बोक्रा, बैंस खोक्रा त्यहाँका ।
सुमन मृदु खिरीला डाँठमा छन्‌ यहाँका ॥
(६४)

अप्रकृत नखराका धूर्तताका शिकार ।
अति चपल प्रदर्शी भावका शून्य सार ॥
अधर अति रँगाई बैंस ज्यादै सजाई ।
अतिशय नकली ती नाक भौं शानदार ॥
विकृतिमय र कामी-भावनाका शिकार ।
युवति शहरका जो छन्‌ सितारा-सिँगार ॥
उनअघि वनबाला स्वर्गका छन्‌ जुहार ।
विकृत मुख न तीतो नक्कली चाल पार ॥
अब म त वन बस्ने रोज सानन्द चार ।"
(६५)