Jump to content

Page:Shakuntala.pdf/143: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
ध्वनि मृदु मुरलीका चल्दछन्‌ शवाससाथ
ध्वनि मृदु मुरलीका चल्दछन्‌ श्वाससाथ
::स्वर मधुर बनेका मञ्जरी फूल पात ॥
::स्वर मधुर बनेका मञ्जरी फूल पात ॥
अनि विहग गलाले टिप्दछन्‌ रङ्ग रङ्गी ।
अनि विहग गलाले टिप्दछन्‌ रङ्ग रङ्गी ।
::क्राषि-हृदय झुलाई नृत्यमा भर्न भङ्गी॥
::ऋषि-हृदय झुलाई नृत्यमा भर्न भङ्गी॥
{{pcn|(१५)}}
{{pcn|(१५)}}


Line 14: Line 14:


दिन दिन छ खुलेको वन्य आनन्द दिव्य ।
दिन दिन छ खुलेको वन्य आनन्द दिव्य ।
::कुसुम मधुर पाना रेखिँदो रङ्ग सभ्य॥
::कुसुम मधुर पाना रेखिँदो रङ्ग सभ्य ॥
तह तह छ किताबी अक्षरा$$भास भारी ।
तह तह छ किताबी अक्षराऽऽभास भारी ।
::प्रकृतिह्ृदयमा छन्‌ पाठ राम्रा विहारी ॥
::प्रकृतिहृदयमा छन्‌ पाठ राम्रा विहारी ॥
{{pcn|(१७)}}
{{pcn|(१७)}}


अलि पर बहेँदी छन्‌ मालिनी कल्कलाई ।
अलि पर बहँदी छन्‌ मालिनी कल्कलाई ।
::जलधि भजन तृष्णा बोलमा झल्मलाई ॥
::जलधि भजन तृष्णा बोलमा झल्मलाई ॥
व्मुषि सहृदय सिक्छन्‌ छन्द त्यो भावभित्र ।
ऋषि सहृदय सिक्छन्‌ छन्द त्यो भावभित्र ।
::विपिनसरि जगत्‌ यो फुल्छ बन्दै विचित्र॥
::विपिनसरि जगत्‌ यो फुल्छ बन्दै विचित्र ॥
{{pcn|(१८)}}
{{pcn|(१८)}}


Line 31: Line 31:
{{pcn|(१९)}}
{{pcn|(१९)}}


भझिलिमिलि न छ खल्लो चाहना चारु थोर ।
झिलिमिलि न छ खल्लो चाहना चारु थोर ।
::प्रकृत गति र गाना शान्तिको तुल्य शोर ॥
::प्रकृत गति र गाना शान्तिको तुल्य शोर ॥
क्राषिमहल हरीयो पात झुम्का सिँगार ।
ऋषिमहल हरीयो पात झुम्का सिँगार ।
::विटप विविध खम्बा कुन्ज खोपी हजार ॥
::विटप विविध खम्बा कुञ्ज खोपी हजार ॥
सुखद विपिनवल्ली छन्‌ नटी बैंसदार ।
सुखद विपिनवल्ली छन्‌ नटी बैंसदार ।
::मधुर लय गला छन्‌ राज्य यो क्या अपार ॥
::मधुर लय गला छन्‌ राज्य यो क्या अपार ॥

Latest revision as of 14:25, 29 April 2025

This page has been proofread

ध्वनि मृदु मुरलीका चल्दछन्‌ श्वाससाथ ।
स्वर मधुर बनेका मञ्जरी फूल पात ॥
अनि विहग गलाले टिप्दछन्‌ रङ्ग रङ्गी ।
ऋषि-हृदय झुलाई नृत्यमा भर्न भङ्गी॥
(१५)

विटप बहु-प्रशाखा जिन्दगी झैं खडा छन्‌ ।
खबरहरु चरा छन्‌, स्वर्गसन्देश-चारु ॥
बहुविध रस खोज्ने, गुप्त तृष्णा जरा छन्‌ ।
कुसुमहरु कला छन्‌ रङ्ग चढ्दा सुरा छन्‌ ॥
(१६)

दिन दिन छ खुलेको वन्य आनन्द दिव्य ।
कुसुम मधुर पाना रेखिँदो रङ्ग सभ्य ॥
तह तह छ किताबी अक्षराऽऽभास भारी ।
प्रकृतिहृदयमा छन्‌ पाठ राम्रा विहारी ॥
(१७)

अलि पर बहँदी छन्‌ मालिनी कल्कलाई ।
जलधि भजन तृष्णा बोलमा झल्मलाई ॥
ऋषि सहृदय सिक्छन्‌ छन्द त्यो भावभित्र ।
विपिनसरि जगत्‌ यो फुल्छ बन्दै विचित्र ॥
(१८)

प्रकृतपन नशामा, अङ्गमा वन्य भाव ।
हृदय-कुसुम-गन्धी वल्लरीका स्वभाव ॥
नयन मृदु कुरङ्गी बोल कल्लोलवाला-
सहित मधुर बैंसे फुल्दछन्‌ वन्य-बाला ॥
(१९)

झिलिमिलि न छ खल्लो चाहना चारु थोर ।
प्रकृत गति र गाना शान्तिको तुल्य शोर ॥
ऋषिमहल हरीयो पात झुम्का सिँगार ।
विटप विविध खम्बा कुञ्ज खोपी हजार ॥
सुखद विपिनवल्ली छन्‌ नटी बैंसदार ।
मधुर लय गला छन्‌ राज्य यो क्या अपार ॥
(२०)