Page:Shakuntala.pdf/142: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::बकबक बतुरेको वाक् बनेको बतासे ॥ | ::बकबक बतुरेको वाक् बनेको बतासे ॥ | ||
स्वजनतिर निहारी भन्दछन् छत्रधारी । | स्वजनतिर निहारी भन्दछन् छत्रधारी । | ||
:: | ::"वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥" | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
"सुनन कति सुरीला बोल्दछन् वृक्षमाथि । | "सुनन कति सुरीला बोल्दछन् वृक्षमाथि । | ||
::रँग बिरँग फुलेका चारु शाखा | ::रँग बिरँग फुलेका चारु शाखा सगाती ॥ | ||
कसुमहरु उडे बोल पाएर नाना । | कसुमहरु उडे झैं बोल पाएर नाना । | ||
::मुखरित महिमा झैं साँझ आई छुँदामा ॥ | ::मुखरित महिमा झैं साँझ आई छुँदामा ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
Line 23: | Line 23: | ||
अनुभवहरु राम्रा फैलिँदी कल्पनामा । | अनुभवहरु राम्रा फैलिँदी कल्पनामा । | ||
::स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥ | ::स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥ | ||
मुखरितसरि बोल्छन् | मुखरितसरि बोल्छन् अर्थ नाघ्नेपनामा । | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
लहलह हरियोमा जिन्दगी झुल्छ रङ्गी । | लहलह हरियोमा जिन्दगी झुल्छ रङ्गी । | ||
::समररहित मीठा शान्तिका भाव- | ::समररहित मीठा शान्तिका भाव-भङ्गी ॥ | ||
चचह चचह गर्छन् फुल्छ रङ्गिन्छ फुट्छ । | चचह चचह गर्छन् फुल्छ रङ्गिन्छ फुट्छ । | ||
::प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥ | ::प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥ |
Latest revision as of 14:17, 29 April 2025
मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे ।
बकबक बतुरेको वाक् बनेको बतासे ॥
स्वजनतिर निहारी भन्दछन् छत्रधारी ।
"वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥"
(९)
"सुनन कति सुरीला बोल्दछन् वृक्षमाथि ।
रँग बिरँग फुलेका चारु शाखा सगाती ॥
कसुमहरु उडे झैं बोल पाएर नाना ।
मुखरित महिमा झैं साँझ आई छुँदामा ॥
(१०)
अगणित महिमाका रङ्ग फुट्छन् हजार ।
जलद-लसित ज्योत्स्ना दृश्यका छन् किनार ॥
बहुल अधर हालूँ भाव भन्दो सुभाषी ।
कुसुम, विहग, लाली, प्रेममा चल्छ गाँसी ॥
(११)
सुखमय दिल जो जो बोल्न सक्तैन बोल ।
पुलकित तरु बोल्छन् नीड पाली अमोल ॥
अनुभवहरु राम्रा फैलिँदी कल्पनामा ।
स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥
मुखरितसरि बोल्छन् अर्थ नाघ्नेपनामा ।
(१२)
लहलह हरियोमा जिन्दगी झुल्छ रङ्गी ।
समररहित मीठा शान्तिका भाव-भङ्गी ॥
चचह चचह गर्छन् फुल्छ रङ्गिन्छ फुट्छ ।
प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥
(१३)
अतिशय मृदु राम्रा फूलका जो जरामा ।
अधर मृदुल खोज्ने बोल्नलाई धरामा ॥
किरण मधुर भज्ने मोहिनी वन्य चारु ।
पवनसँग हिलेका छन् हँसीला शिकारू ॥
(१४)