Page:Laxmi nibandhasangraha.pdf/108: Difference between revisions
→Not proofread: Created page with "छ्न्द र लय मैले कविता लेख्न कसैसँग सिकिनँ । तगण र मगणको रगड मलाई मन पर्दैन । न त छन्दोमञ्जरी या श्रुतबोधको पाना मैले कहिल्यै पल्टाएँ । मलाई कविता लेख्न प्रवाहले आयो, पढाइले आएन । पित..." |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{Right|{{x-larger|'''छन्द र लय'''}}}} | |||
मैले कविता लेख्न कसैसँग सिकिनँ । तगण र मगणको रगड | मैले कविता लेख्न कसैसँग सिकिनँ । तगण र मगणको रगड | ||
मलाई मन पर्दैन । न त छन्दोमञ्जरी या श्रुतबोधको पाना मैले कहिल्यै | मलाई मन पर्दैन । न त छन्दोमञ्जरी या श्रुतबोधको पाना मैले कहिल्यै | ||
पल्टाएँ । मलाई कविता लेख्न प्रवाहले आयो, पढाइले आएन । पिताजी | पल्टाएँ । मलाई कविता लेख्न प्रवाहले आयो, पढाइले आएन । पिताजी | ||
संस्कृत र नेपालीमा कविता लेख्नुहुन्थ्यो र उहाँलाई करीब असी वर्षको | संस्कृत र नेपालीमा कविता लेख्नुहुन्थ्यो र उहाँलाई करीब असी वर्षको | ||
उमेरमा पुरानो सौख पुनर्जागरित भएको | उमेरमा पुरानो सौख पुनर्जागरित भएको थियो। वृद्धले काव्य-रचना | ||
गर्नुमा हामी मानव-आत्माले यात्रा गरिसकेका क्षेत्रहरूको दृश्यउपर | गर्नुमा हामी मानव-आत्माले यात्रा गरिसकेका क्षेत्रहरूको दृश्यउपर | ||
वैराग्य र भक्तिको भावना उठिरहेको देख्छौं; र मेरा प्राणदाता पिताजी | वैराग्य र भक्तिको भावना उठिरहेको देख्छौं; र मेरा प्राणदाता पिताजी | ||
अक्सर ईश्वरको स्तुति संस्कृत र नेपालीमा लेखिरहनुहुन्थ्यो । म साफी | अक्सर ईश्वरको स्तुति संस्कृत र नेपालीमा लेखिरहनुहुन्थ्यो । म साफी | ||
गरिदिन्थें– रातो मसीमा बाँसको कलमको सफा टड्कारा टाँका लगाएर । | |||
स्कूलबाट फर्किएपछि चार र छ बजेको अन्तरमा मेरो यही काम ज्यादा | स्कूलबाट फर्किएपछि चार र छ बजेको अन्तरमा मेरो यही काम ज्यादा | ||
हुन्थ्यो र मलाई पनि कविता लेख्ने सौख त्यसैबाट बढेर गयो । | |||
केटाकेटीमा कविता कण्ठ गर्नु र सुन्नु कति हृदयमा असर गर्दो | केटाकेटीमा कविता कण्ठ गर्नु र सुन्नु कति हृदयमा असर गर्दो | ||
रहेछ मैले सम्झिरहेछु । पिताजीलाई संस्कृत कविताहरूमा सौख थियो | रहेछ मैले सम्झिरहेछु । पिताजीलाई संस्कृत कविताहरूमा सौख थियो | ||
र 'रसगङ्गाधर' का पाना पल्टाएर बराबर मलाई कविका राम्रा राम्रा | र 'रसगङ्गाधर' का पाना पल्टाएर बराबर मलाई कविका राम्रा राम्रा | ||
अलङ्कारमण्डित पंक्तिहरू देखाउँदै अर्थ लगाइदिनुहुन्थ्यो । त्यसका साथसाथै | |||
स्तोत्रकलापका मीठा स्तुतिहरू मलाई कण्ठ गराएर भन्न लगाउने | स्तोत्रकलापका मीठा स्तुतिहरू मलाई कण्ठ गराएर भन्न लगाउने | ||
उहाँको सौख | उहाँको सौख थियो। 'पुराण' भन्नामा बडो चित्ताकर्षकतासाथ सुरिलो | ||
सङ्गीतमय स्वरले भन्न सक्ने हुनाले उहाँले भागवतका श्लोकहरू उच्चारण | सङ्गीतमय स्वरले भन्न सक्ने हुनाले उहाँले भागवतका श्लोकहरू उच्चारण | ||
गरेको सुन्न मलाई बहुत मीठो लाग्दथ्यो । यिनै प्रभावहरूले कता | गरेको सुन्न मलाई बहुत मीठो लाग्दथ्यो । यिनै प्रभावहरूले कता | ||
कताबाट मेरो हृदयमा छन्द आफैं घुसेर आयो, जस्तो गानाको लय कुनै | |||
कताबाट मेरो हृदयमा छन्द | |||
कुनै केटाकेटीको कानमा सच्चाइसँग घुस्दछ । | कुनै केटाकेटीको कानमा सच्चाइसँग घुस्दछ । | ||
तर शायद अझसम्म मैले मगण र रगणको भेद | तर शायद अझसम्म मैले मगण र रगणको भेद छुट्ट्याउन | ||
सकेको छैन, किनकि मलाई तिनको जरूरतै छैन, जहाँ हृदयले छन्द | सकेको छैन, किनकि मलाई तिनको जरूरतै छैन, जहाँ हृदयले छन्द | ||
पक्रेर टिपिसक्यो, उहाँ रगणको व्यायाम गर्नु गाना जानिसकेपछि सुरहरूका | पक्रेर टिपिसक्यो, उहाँ रगणको व्यायाम गर्नु गाना जानिसकेपछि सुरहरूका | ||
Latest revision as of 17:25, 19 April 2025
छन्द र लय
मैले कविता लेख्न कसैसँग सिकिनँ । तगण र मगणको रगड मलाई मन पर्दैन । न त छन्दोमञ्जरी या श्रुतबोधको पाना मैले कहिल्यै पल्टाएँ । मलाई कविता लेख्न प्रवाहले आयो, पढाइले आएन । पिताजी संस्कृत र नेपालीमा कविता लेख्नुहुन्थ्यो र उहाँलाई करीब असी वर्षको उमेरमा पुरानो सौख पुनर्जागरित भएको थियो। वृद्धले काव्य-रचना गर्नुमा हामी मानव-आत्माले यात्रा गरिसकेका क्षेत्रहरूको दृश्यउपर वैराग्य र भक्तिको भावना उठिरहेको देख्छौं; र मेरा प्राणदाता पिताजी अक्सर ईश्वरको स्तुति संस्कृत र नेपालीमा लेखिरहनुहुन्थ्यो । म साफी गरिदिन्थें– रातो मसीमा बाँसको कलमको सफा टड्कारा टाँका लगाएर । स्कूलबाट फर्किएपछि चार र छ बजेको अन्तरमा मेरो यही काम ज्यादा हुन्थ्यो र मलाई पनि कविता लेख्ने सौख त्यसैबाट बढेर गयो ।
केटाकेटीमा कविता कण्ठ गर्नु र सुन्नु कति हृदयमा असर गर्दो रहेछ मैले सम्झिरहेछु । पिताजीलाई संस्कृत कविताहरूमा सौख थियो र 'रसगङ्गाधर' का पाना पल्टाएर बराबर मलाई कविका राम्रा राम्रा अलङ्कारमण्डित पंक्तिहरू देखाउँदै अर्थ लगाइदिनुहुन्थ्यो । त्यसका साथसाथै स्तोत्रकलापका मीठा स्तुतिहरू मलाई कण्ठ गराएर भन्न लगाउने उहाँको सौख थियो। 'पुराण' भन्नामा बडो चित्ताकर्षकतासाथ सुरिलो सङ्गीतमय स्वरले भन्न सक्ने हुनाले उहाँले भागवतका श्लोकहरू उच्चारण गरेको सुन्न मलाई बहुत मीठो लाग्दथ्यो । यिनै प्रभावहरूले कता कताबाट मेरो हृदयमा छन्द आफैं घुसेर आयो, जस्तो गानाको लय कुनै कुनै केटाकेटीको कानमा सच्चाइसँग घुस्दछ ।
तर शायद अझसम्म मैले मगण र रगणको भेद छुट्ट्याउन सकेको छैन, किनकि मलाई तिनको जरूरतै छैन, जहाँ हृदयले छन्द पक्रेर टिपिसक्यो, उहाँ रगणको व्यायाम गर्नु गाना जानिसकेपछि सुरहरूका