Page:Shakuntala.pdf/118: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 12: | Line 12: | ||
चढेर पानी सुकुमार बैंसमा । | चढेर पानी सुकुमार बैंसमा । | ||
::मुना तथा फूल र कोश केशर ॥ | ::मुना तथा फूल र कोश केशर ॥ | ||
लिएर जन्मे | लिएर जन्मे रँगिँदा, रमाउँदा । | ||
::हवा भजी शीतल, छुन्मुनाउँदा ॥ | ::हवा भजी शीतल, छुन्मुनाउँदा ॥ | ||
विचित्र भावादिकतुल्य बैंसका । | विचित्र भावादिकतुल्य बैंसका । | ||
::फुलूँ र | ::फुलूँ र सिर्जूं रँगले भरुँ भनी॥ | ||
फुटीदिँदा जीवन डाँठका | फुटीदिँदा जीवन डाँठका सुरा । | ||
::सुवास दिन्छन् तरुमा, सुनी चरा ॥ | ::सुवास दिन्छन् तरुमा, सुनी चरा ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
तथापि सापेक्षिक भावमा त्यहाँ । | तथापि सापेक्षिक भावमा त्यहाँ । | ||
::हिलूँ वक्ष उचालियोस् | ::फुलूँ हिलूँ वक्ष उचालियोस् झुलूँ ॥ | ||
रँगीन मधुवासले | रँगीन बन्दै मधुवासले खुलूँ । | ||
::मिलिन्द सानन्द बनाउँदै चलूँ | ::मिलिन्द सानन्द बनाउँदै चलूँ ॥ | ||
चरा-कुरामा पृथिवी सबै | चरा-कुरामा पृथिवी सबै भुलूँ । | ||
::लज्जा रसीला | ::लज्जा रसीला नवपल्लवाऽधर ॥ | ||
खोलेर, आधा मुसकान | खोलेर, आधा मुसकान सुन्दर । | ||
::अनङ्गका | ::अनङ्गका रङ्ग खुलाउँदै डुलूँ ॥ | ||
भन्ने सबै भाव पह्लाउँदा | भन्ने सबै भाव पह्लाउँदा ठिटी । | ||
::बैंसवल्ली अझ हेर सुन्दरी ॥ | ::छन् बैंसवल्ली अझ हेर सुन्दरी ॥ | ||
सुवास चोखा वनबैंस मुस्मुसे । | सुवास चोखा वनबैंस मुस्मुसे । | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
कडा र चिल्ला अलि दीर्घ बान्किला । | कडा र चिल्ला अलि दीर्घ बान्किला । | ||
::सलक्क उप्सीकन | ::सलक्क उप्सीकन फर्किंदा निका ॥ | ||
</poem>}} | </poem>}} | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 23:03, 4 March 2025
फुकाउँछन् कुड्मल पत्र घुम्रिँदा ।
उरोजमा चादरतुल्य लत्रिँदा ॥
प्रकाशतर्फै नित तिर्सना लिँदा ।
समीरमा सर्सर रोम पल्लव ॥
सजीव रोमाञ्च लिई हिलाउँदा ।
(४)
रँगीन छन् स्वर्गिक-रश्मिका शिशु ।
उषापरीका कुसुमाञ्चला सुता ॥
चढेर पानी सुकुमार बैंसमा ।
मुना तथा फूल र कोश केशर ॥
लिएर जन्मे रँगिँदा, रमाउँदा ।
हवा भजी शीतल, छुन्मुनाउँदा ॥
विचित्र भावादिकतुल्य बैंसका ।
फुलूँ र सिर्जूं रँगले भरुँ भनी॥
फुटीदिँदा जीवन डाँठका सुरा ।
सुवास दिन्छन् तरुमा, सुनी चरा ॥
(५)
तथापि सापेक्षिक भावमा त्यहाँ ।
फुलूँ हिलूँ वक्ष उचालियोस् झुलूँ ॥
रँगीन बन्दै मधुवासले खुलूँ ।
मिलिन्द सानन्द बनाउँदै चलूँ ॥
चरा-कुरामा पृथिवी सबै भुलूँ ।
लज्जा रसीला नवपल्लवाऽधर ॥
खोलेर, आधा मुसकान सुन्दर ।
अनङ्गका रङ्ग खुलाउँदै डुलूँ ॥
भन्ने सबै भाव पह्लाउँदा ठिटी ।
छन् बैंसवल्ली अझ हेर सुन्दरी ॥
सुवास चोखा वनबैंस मुस्मुसे ।
(६)
कडा र चिल्ला अलि दीर्घ बान्किला ।
सलक्क उप्सीकन फर्किंदा निका ॥