Page:Shakuntala.pdf/116: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
"कृहू, कुहू" छ कोयली, सुगाहरू कराउँछन् । | |||
::कतै त्यहाँ | ::कतै त्यहाँ "पिवी पिवी" कतै त कुर्कुराउँछन् ॥ | ||
"चिरिर्र" चिर्बिराउँछन् चरेर चुर्बुराउँछन् । | |||
:: | ::"चिँचीँ चुँचूँ कुलुल् कुलुल् ! चचच्चले" चलाउँछन् ॥ | ||
सुसेलिंँदा | सुसेलिंँदा र केलिँदा, कराउँदा र कुर्लिदा । | ||
::फुली भुली र कोयली छ शब्दिता वनस्थली ॥ | ::फुली भुली र कोयली छ शब्दिता वनस्थली ॥ | ||
अनेक शब्द मोहनी रँगीन कण्ठमा खुली । | अनेक शब्द मोहनी रँगीन कण्ठमा खुली । | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
कतै | कतै छ फूल सौख्य झैं कतै छ दुःख सङ्कट । | ||
::कतै हरा, कतै जरा, छ घाम स्याँल औ टक ॥ | ::कतै हरा, कतै जरा, छ घाम स्याँल औ टक ॥ | ||
अनेक जन्तुले भरी स्वभावको थरी थरी । | अनेक जन्तुले भरी स्वभावको थरी थरी । | ||
:: | ::जगत्समान रूपकी वनस्थली छ सुन्दरी ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
Line 19: | Line 19: | ||
::यहाँ छ हेर ! सुन्तला सुवासदार कुन्तला ॥ | ::यहाँ छ हेर ! सुन्तला सुवासदार कुन्तला ॥ | ||
अनेक फूल बोट छन् चुनी बढाइँदा भला । | अनेक फूल बोट छन् चुनी बढाइँदा भला । | ||
::कुटी नजीक भई अवश्य मञ्जुला ॥ | ::कुटी नजीक कण्वको भई अवश्य मञ्जुला ॥ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
क्षितीशपार्श्व दाहिना फरर्र फर्फराउँदा । | |||
::यहाँ छ प्रेम | ::यहाँ छ प्रेम सूचना भनेर भित्र आउँदा ॥ | ||
कुरा चरासमानका बागमा डुली । | कुरा चरासमानका गरेर बागमा डुली । | ||
::घडा लिने ठिटीहरू, गुलाफबैंसमा फुली ॥ | ::घडा लिने ठिटीहरू, गुलाफबैंसमा फुली ॥ | ||
सशङ्कचाल सुन्दरी फुलारु वन्य माधुरी । | |||
::वसन्त अरण्य-वासिनी परी ॥ | ::वसन्त बैंसमञ्जरी अरण्य-वासिनी परी ॥ | ||
सुचारु- | सुचारु-अङ्गवल्लरी-प्रसूनतुल्य-वल्कला । | ||
::त्यहाँ झल्याँस्स देखिए सुमिष्ट-कोयली-गला ॥ | ::त्यहाँ झल्याँस्स देखिए सुमिष्ट-कोयली-गला ॥ | ||
"लुकेर हेर" भन्दछन् छिपी क्षितीश तेजिला । | "लुकेर हेर" भन्दछन् छिपी क्षितीश तेजिला । |
Latest revision as of 19:31, 4 March 2025
"कृहू, कुहू" छ कोयली, सुगाहरू कराउँछन् ।
कतै त्यहाँ "पिवी पिवी" कतै त कुर्कुराउँछन् ॥
"चिरिर्र" चिर्बिराउँछन् चरेर चुर्बुराउँछन् ।
"चिँचीँ चुँचूँ कुलुल् कुलुल् ! चचच्चले" चलाउँछन् ॥
सुसेलिंँदा र केलिँदा, कराउँदा र कुर्लिदा ।
फुली भुली र कोयली छ शब्दिता वनस्थली ॥
अनेक शब्द मोहनी रँगीन कण्ठमा खुली ।
(३७)
कतै छ फूल सौख्य झैं कतै छ दुःख सङ्कट ।
कतै हरा, कतै जरा, छ घाम स्याँल औ टक ॥
अनेक जन्तुले भरी स्वभावको थरी थरी ।
जगत्समान रूपकी वनस्थली छ सुन्दरी ॥
(३८)
कला सुचारु देखियो फुली सुहाउँदो थला ।
यहाँ छ हेर ! सुन्तला सुवासदार कुन्तला ॥
अनेक फूल बोट छन् चुनी बढाइँदा भला ।
कुटी नजीक कण्वको भई अवश्य मञ्जुला ॥
(३९)
क्षितीशपार्श्व दाहिना फरर्र फर्फराउँदा ।
यहाँ छ प्रेम सूचना भनेर भित्र आउँदा ॥
कुरा चरासमानका गरेर बागमा डुली ।
घडा लिने ठिटीहरू, गुलाफबैंसमा फुली ॥
सशङ्कचाल सुन्दरी फुलारु वन्य माधुरी ।
वसन्त बैंसमञ्जरी अरण्य-वासिनी परी ॥
सुचारु-अङ्गवल्लरी-प्रसूनतुल्य-वल्कला ।
त्यहाँ झल्याँस्स देखिए सुमिष्ट-कोयली-गला ॥
"लुकेर हेर" भन्दछन् छिपी क्षितीश तेजिला ।
(४०)