Page:Laxmi nibandhasangraha.pdf/158: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
उसका सूक्ष्म कला छन् । ऊ सतीको भयङ्कर परीक्षा हो र मामूली | |||
स्त्रीहरूको यमराज हो । उसको सौन्दर्य मासुमा बस्तछ, यस सिद्धान्तलाई | स्त्रीहरूको यमराज हो । उसको सौन्दर्य मासुमा बस्तछ, यस सिद्धान्तलाई | ||
विरोध गर्न परमेश्वरले सत्यको मोहनी उडेको मुर्दा मासुलाई कीरा र | |||
गलाइको दशा दिएका छन् । | गलाइको दशा दिएका छन् । | ||
तर उही दुनियाँको साँढा छ । उसको संसारमा जङ्गलकानूनको | तर उही दुनियाँको साँढा छ । उसको संसारमा जङ्गलकानूनको | ||
शासन हुन्छ । बलियालाई र लडाकालाई जीतबाजी छ र पोथीहरू | शासन हुन्छ । बलियालाई र लडाकालाई जीतबाजी छ र पोथीहरू | ||
भालेका बलका परीक्षा लिन जन्मिएका थिए । उसको अन्तःकरण ठीक | |||
पशुको कक्षामा छ, जो दुई खुट्टामा हिंडेर मानव नाममा दावा राख्तछ । | पशुको कक्षामा छ, जो दुई खुट्टामा हिंडेर मानव नाममा दावा राख्तछ । | ||
दुई वा दुईभन्दा ज्यादा साँढे लड्दा जसले अरू भगायो उही | दुई वा दुईभन्दा ज्यादा साँढे लड्दा जसले अरू भगायो उही चाहिं | ||
पारितोषिकको | पारितोषिकको विजेता हुने नियममा उसको आत्मा काम गर्दछ । तर | ||
खालि बल पशुता हो भन्ने उसको ज्ञानकोषमा मिर्मिरे झल्किन्छ र | खालि बल पशुता हो भन्ने उसको ज्ञानकोषमा मिर्मिरे झल्किन्छ र ऊ | ||
छलको | छलको ज्यादा प्रशंसा गर्दछ । ऊ दुनियाँका कर्मपथमा अँध्यारो गल्लीमा | ||
हिंडिरहेछ । सडलपडलमा सोख राख्तछ, झिलिमिली र नाज-नखराको | |||
उपासक छ । तर उही दिनको उज्यालो रङिलो सभ्यताको विज्ञापन झैं | |||
दुनियाँलाई फेशन सिकाउँछ । साधुहरू उसदेखि डराउँछन्, सुधा उसका | दुनियाँलाई फेशन सिकाउँछ । साधुहरू उसदेखि डराउँछन्, सुधा उसका | ||
आकर्षणमा फस्तछन् र बदमाशहरू नक्कल गर्दछन् । | आकर्षणमा फस्तछन् र बदमाशहरू नक्कल गर्दछन् । | ||
वेश्याहरू उसको पैसा धुत्न चाहन्छन् र झूटा नखराले उसका | वेश्याहरू उसको पैसा धुत्न चाहन्छन् र झूटा नखराले उसका | ||
प्रेमी बन्दछन् | प्रेमी बन्दछन् । त्यहाँ केही दिव्य प्रेमको मिठास छैन, खालि बोक्रेपन | ||
छ । तर त्यही बोक्रेपनलाई सच्चा सम्झेर गुण्डो त्यसमा रहने साध्वीहरूको | छ । तर त्यही बोक्रेपनलाई सच्चा सम्झेर गुण्डो त्यसमा रहने साध्वीहरूको | ||
पवित्र मूर्तिअगाडि पनि त्यही मपाइँ-मोहनीको आकर्षणले पवित्रताको | पवित्र मूर्तिअगाडि पनि त्यही मपाइँ-मोहनीको आकर्षणले पवित्रताको | ||
Line 26: | Line 26: | ||
भौतिक इच्छामा लोभ ज्यादा देखाउनु र त्यो पनि यस्तो | भौतिक इच्छामा लोभ ज्यादा देखाउनु र त्यो पनि यस्तो | ||
परिवर्तनशील संसारमा | परिवर्तनशील संसारमा– कति नीचापनको चिह्न हो, बुझ्नेले बुझ्दछन् । | ||
हामी उसका क्षणिक भोगहरूलाई नफरतका नजरले | हामी उसका क्षणिक भोगहरूलाई नफरतका नजरले हेर्दछौं । ऊ महमा | ||
लटपटिरहेछ । उसका पखेटा आफ्नै लोभले बाँधा छन् । उसमा मपाइँ- | लटपटिरहेछ । उसका पखेटा आफ्नै लोभले बाँधा छन् । उसमा मपाइँ- | ||
मोहनीको अहङ्गार बसेर आँखा खोल्न दिंदैन । सत्यको स्पर्श पाए ऊ | |||
आफूलाई कति घृणा गर्दो होला । | आफूलाई कति घृणा गर्दो होला । ऊ आफ्नो आत्मालाई अन्याय गरिरहेछ । | ||
उसका आध्यात्मिक शक्तिहरू संगठित हुन सक्तैनन्; छरिन्छन् । | उसका आध्यात्मिक शक्तिहरू संगठित हुन सक्तैनन्; छरिन्छन् । ऊ साङ्ग्रा | ||
ताक र सस्ता नापमा चलिरहेछ । | ताक र सस्ता नापमा चलिरहेछ । ऊ आफ्नो अन्तर्दुर्गतिलाई रङिलो |
Latest revision as of 14:38, 26 February 2025
उसका सूक्ष्म कला छन् । ऊ सतीको भयङ्कर परीक्षा हो र मामूली स्त्रीहरूको यमराज हो । उसको सौन्दर्य मासुमा बस्तछ, यस सिद्धान्तलाई विरोध गर्न परमेश्वरले सत्यको मोहनी उडेको मुर्दा मासुलाई कीरा र गलाइको दशा दिएका छन् ।
तर उही दुनियाँको साँढा छ । उसको संसारमा जङ्गलकानूनको शासन हुन्छ । बलियालाई र लडाकालाई जीतबाजी छ र पोथीहरू भालेका बलका परीक्षा लिन जन्मिएका थिए । उसको अन्तःकरण ठीक पशुको कक्षामा छ, जो दुई खुट्टामा हिंडेर मानव नाममा दावा राख्तछ । दुई वा दुईभन्दा ज्यादा साँढे लड्दा जसले अरू भगायो उही चाहिं पारितोषिकको विजेता हुने नियममा उसको आत्मा काम गर्दछ । तर खालि बल पशुता हो भन्ने उसको ज्ञानकोषमा मिर्मिरे झल्किन्छ र ऊ छलको ज्यादा प्रशंसा गर्दछ । ऊ दुनियाँका कर्मपथमा अँध्यारो गल्लीमा हिंडिरहेछ । सडलपडलमा सोख राख्तछ, झिलिमिली र नाज-नखराको उपासक छ । तर उही दिनको उज्यालो रङिलो सभ्यताको विज्ञापन झैं दुनियाँलाई फेशन सिकाउँछ । साधुहरू उसदेखि डराउँछन्, सुधा उसका आकर्षणमा फस्तछन् र बदमाशहरू नक्कल गर्दछन् ।
वेश्याहरू उसको पैसा धुत्न चाहन्छन् र झूटा नखराले उसका प्रेमी बन्दछन् । त्यहाँ केही दिव्य प्रेमको मिठास छैन, खालि बोक्रेपन छ । तर त्यही बोक्रेपनलाई सच्चा सम्झेर गुण्डो त्यसमा रहने साध्वीहरूको पवित्र मूर्तिअगाडि पनि त्यही मपाइँ-मोहनीको आकर्षणले पवित्रताको आत्मा बिगारेर आफ्नो अत्याचारको शिकार या हतियार बनाउने आशामा रहन्छ । तर साध्वीका आत्मा घृणापूर्ण दृष्टिले त्यहाँ हेर्दछन् जहाँ गुण्डो आफूलाई मोहनको मोहनी भन्ने सम्झन्छ ।
भौतिक इच्छामा लोभ ज्यादा देखाउनु र त्यो पनि यस्तो परिवर्तनशील संसारमा– कति नीचापनको चिह्न हो, बुझ्नेले बुझ्दछन् । हामी उसका क्षणिक भोगहरूलाई नफरतका नजरले हेर्दछौं । ऊ महमा लटपटिरहेछ । उसका पखेटा आफ्नै लोभले बाँधा छन् । उसमा मपाइँ- मोहनीको अहङ्गार बसेर आँखा खोल्न दिंदैन । सत्यको स्पर्श पाए ऊ आफूलाई कति घृणा गर्दो होला । ऊ आफ्नो आत्मालाई अन्याय गरिरहेछ । उसका आध्यात्मिक शक्तिहरू संगठित हुन सक्तैनन्; छरिन्छन् । ऊ साङ्ग्रा ताक र सस्ता नापमा चलिरहेछ । ऊ आफ्नो अन्तर्दुर्गतिलाई रङिलो