Page:Laxmi nibandhasangraha.pdf/152: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{Right|{{x-larger|'''आकार र अभिप्राय'''}}}} | {{Right|{{x-larger|'''आकार र अभिप्राय'''}}}} | ||
विश्वमा आकारमा अन्धोपन | विश्वमा आकारमा अन्धोपन देखिंदैन । काकतालीको मात्रा केही | ||
देखिए तापनि भित्रभित्र सूक्ष्म चैतन्यका अविश्लेष्य क्रियाहरूको प्रभाव | देखिए तापनि भित्रभित्र सूक्ष्म चैतन्यका अविश्लेष्य क्रियाहरूको प्रभाव | ||
पाइन्छ । हामी जति अचानक | पाइन्छ । हामी जति अचानक भन्छौं त्यसमा पनि अशेष नियमहरूको | ||
सूक्ष्मता भएजस्तो विदित हुन्छ । यसकारण हामी अन्धो प्रकृतिमा निर्भर | |||
रहन सक्तैनौं । | रहन सक्तैनौं । सूक्ष्मातिसूक्ष्ममा चमत्कारी होश राख्ने कोही मानव- | ||
चैतन्य काम गरिरहेको स्पष्ट झल्कन्छ । यसैले रस्किनसाहबले भनेथे | चैतन्य काम गरिरहेको स्पष्ट झल्कन्छ । यसैले रस्किनसाहबले भनेथे– | ||
'एउटा मकै उम्रेको हेर ! त्यहीं संसारका ज्ञान छन् ।' | |||
माथि बताइएको दृष्टान्तमा हामीले चित्रात्मक कल्पना लगायौं | माथि बताइएको दृष्टान्तमा हामीले चित्रात्मक कल्पना लगायौं | ||
भने हामीलाई यो चैतन्यको क्रिया स्पष्ट झल्कन्छ । मकैको चाउरे- | भने हामीलाई यो चैतन्यको क्रिया स्पष्ट झल्कन्छ । मकैको चाउरे- | ||
चाउरे सेतो आँख्ले पहेंलो दानाभित्र बोट पहिले नै सृक्ष्माकारित रहेको | |||
थियो । त्यहाँ हाँगा हाल्ने, जरा फैलाउने, रस सोस्ने, तेज र पोषहरू | थियो । त्यहाँ हाँगा हाल्ने, जरा फैलाउने, रस सोस्ने, तेज र पोषहरू | ||
मिलाउने, संचालन गर्ने, व्यायाम लिने, बीज संरक्षण गर्ने विकासी | मिलाउने, संचालन गर्ने, व्यायाम लिने, बीज संरक्षण गर्ने विकासी | ||
Line 20: | Line 20: | ||
रहस्यको अँधेरीबाट स्पष्ट हुन र व्यक्त हुन लाग्यो । के उसलाई थाहा | रहस्यको अँधेरीबाट स्पष्ट हुन र व्यक्त हुन लाग्यो । के उसलाई थाहा | ||
थियो कि जरा तलतिर हाल्नुपर्छ र सोझो तल मात्र होइन तर | थियो कि जरा तलतिर हाल्नुपर्छ र सोझो तल मात्र होइन तर | ||
पार्श्वविस्तारमा ? के उसलाई थाहा थियो कि माटाका साना गिर्खाहरू | |||
धुलाउनु र तिनबाट खनिज र अरू पोष निकाल्नुपर्दछ ? बढतीमुताबिक | धुलाउनु र तिनबाट खनिज र अरू पोष निकाल्नुपर्दछ ? बढतीमुताबिक | ||
टाँस्सिने, पक्डिने र फैलिने क्रियाहरूको हिसाबी जरूरत बढ्दै जान्छ | टाँस्सिने, पक्डिने र फैलिने क्रियाहरूको हिसाबी जरूरत बढ्दै जान्छ | ||
भन्ने के | भन्ने के ऊ पहिले नै थाहा पाउँथ्यो ? के उसलाई याद थियो कि वर्षाले | ||
खनिज पदार्थका पोषणहरू घोलको रूपमा प्राप्य बनाउँछ र त्यसका | खनिज पदार्थका पोषणहरू घोलको रूपमा प्राप्य बनाउँछ र त्यसका | ||
निमित्त नलीहरूको जरूरत पर्दछ ? के उसले ओसजन नक्तजन सूक्ष्म | निमित्त नलीहरूको जरूरत पर्दछ ? के उसले ओसजन नक्तजन सूक्ष्म |
Latest revision as of 13:31, 26 February 2025
आकार र अभिप्राय
विश्वमा आकारमा अन्धोपन देखिंदैन । काकतालीको मात्रा केही देखिए तापनि भित्रभित्र सूक्ष्म चैतन्यका अविश्लेष्य क्रियाहरूको प्रभाव पाइन्छ । हामी जति अचानक भन्छौं त्यसमा पनि अशेष नियमहरूको सूक्ष्मता भएजस्तो विदित हुन्छ । यसकारण हामी अन्धो प्रकृतिमा निर्भर रहन सक्तैनौं । सूक्ष्मातिसूक्ष्ममा चमत्कारी होश राख्ने कोही मानव- चैतन्य काम गरिरहेको स्पष्ट झल्कन्छ । यसैले रस्किनसाहबले भनेथे– 'एउटा मकै उम्रेको हेर ! त्यहीं संसारका ज्ञान छन् ।'
माथि बताइएको दृष्टान्तमा हामीले चित्रात्मक कल्पना लगायौं भने हामीलाई यो चैतन्यको क्रिया स्पष्ट झल्कन्छ । मकैको चाउरे- चाउरे सेतो आँख्ले पहेंलो दानाभित्र बोट पहिले नै सृक्ष्माकारित रहेको थियो । त्यहाँ हाँगा हाल्ने, जरा फैलाउने, रस सोस्ने, तेज र पोषहरू मिलाउने, संचालन गर्ने, व्यायाम लिने, बीज संरक्षण गर्ने विकासी भावहरू प्राथमिक अवस्थामा केन्द्रीभूत थिए, अस्पष्ट र अस्फुटको राज्यमा । जब माटो तयार पारेर त्यो दाना रोपियो, त्यसका अव्यक्त भावनाहरू स्थान पाएर आत्मविस्तारक सिर्जनामा प्राकृतिक फैलाहटको प्रेरणा पाउन लागे । त्यसका परमाणुहरूमा जो चमत्कार गुप्त थियो, सो रहस्यको अँधेरीबाट स्पष्ट हुन र व्यक्त हुन लाग्यो । के उसलाई थाहा थियो कि जरा तलतिर हाल्नुपर्छ र सोझो तल मात्र होइन तर पार्श्वविस्तारमा ? के उसलाई थाहा थियो कि माटाका साना गिर्खाहरू धुलाउनु र तिनबाट खनिज र अरू पोष निकाल्नुपर्दछ ? बढतीमुताबिक टाँस्सिने, पक्डिने र फैलिने क्रियाहरूको हिसाबी जरूरत बढ्दै जान्छ भन्ने के ऊ पहिले नै थाहा पाउँथ्यो ? के उसलाई याद थियो कि वर्षाले खनिज पदार्थका पोषणहरू घोलको रूपमा प्राप्य बनाउँछ र त्यसका निमित्त नलीहरूको जरूरत पर्दछ ? के उसले ओसजन नक्तजन सूक्ष्म