Page:Laxmi nibandhasangraha.pdf/151: Difference between revisions
→Not proofread: Created page with "ईश्वर ! म कृतज्ञ छु' भनेर अहंकारको पापले काँपेर संसार छोड्नु नै सच्चाको मरण हो ।तेरो नामलाई कल्की किन चाहियो ? निर्मलता नै धन हो । रङ्हरू बोक्सीका छलहरू हुन् । भो वाक्क छु म चाहन्नँ क..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
ईश्वर ! म कृतज्ञ छु' भनेर अहंकारको पापले काँपेर संसार छोड्नु नै | ईश्वर ! म कृतज्ञ छु' भनेर अहंकारको पापले काँपेर संसार छोड्नु नै | ||
सच्चाको मरण हो ।तेरो नामलाई कल्की किन चाहियो ? निर्मलता नै | सच्चाको मरण हो ।तेरो नामलाई कल्की किन चाहियो ? निर्मलता नै | ||
धन | धन हो। रङहरू बोक्सीका छलहरू हुन् । भो वाक्क छु म चाहन्नँ कीर्ति, | ||
म दुनियाँको पयरको धूलो हुन चाहन्छु, सबले टेकून् मेरै छातीमाथि | |||
म दुनियाँको पयरको धूलो हुन चाहन्छु, सबले | मलाई आनन्द त्यहाँ मिल्छ, जहाँ संसार आनन्द पाउँछ । अरू जिऊन्, | ||
मैले जिइसकें; मेरा आनन्दहरू क्षणलाई अनन्तको बत्ती बनाएर आउँथे । | |||
मलाई आनन्द त्यहाँ मिल्छ, जहाँ संसार आनन्द पाउँछ । अरू | मैले भोगें ती वेदनाहरू, जसमा कम मानिस सौख लिन्छन् । मैले | ||
मैले | एकबाजि संसार उचालेर हेरें । अब अरू उचालून्–आफ्नो महत्त्वाकांक्षाका | ||
निमित्त । खालि दुनियाँको पयरको धूलो हुन चाहन्छु–दुनियाँ जिउँदो | |||
मैले | |||
एकबाजि संसार उचालेर | |||
निमित्त । खालि दुनियाँको पयरको धूलो हुन चाहन्छु | |||
रहेर चलिरहेको देख्नको सौखमा । | रहेर चलिरहेको देख्नको सौखमा । | ||
छोटो हुनुमा मजा छ; अरूको महत्त्व कुखुरे कल्की लाएर नाचेको | छोटो हुनुमा मजा छ; अरूको महत्त्व कुखुरे कल्की लाएर नाचेको | ||
देख्न पाइन्छ । राग शान्त हुनामा आनन्द छ; अरूहरूको गाईजात्रा देख्न | देख्न पाइन्छ । राग शान्त हुनामा आनन्द छ; अरूहरूको गाईजात्रा देख्न | ||
पाइन्छ । नलिनुमा प्रशस्तता छ । अरूहरूले मर्कटमुट्टाको पकडमा कपाल | पाइन्छ । नलिनुमा प्रशस्तता छ । अरूहरूले मर्कटमुट्टाको पकडमा कपाल | ||
खौरिमागेको देख्न पाइन्छ। तब आ आ, दुनियाँ ! को चाहन्छ मेरो | खौरिमागेको देख्न पाइन्छ। तब आ आ, दुनियाँ ! को चाहन्छ मेरो | ||
टोपी ? को मेरो धोती ? म नङ्गा बन्न चाहन्छु । शरीर छोडाउने उपाय | टोपी ? को मेरो धोती ? म नङ्गा बन्न चाहन्छु । शरीर छोडाउने उपाय | ||
भए मलाई बताइदेओ ! म एक कुनामा गएर अँधेरीबाट चियाऊँ–दुनियाँ | |||
भए मलाई | |||
कसरी हिंड्दछ, कसरी पिउँछ, कसरी मेरो भूलभुलैयाहरूमा परेर तिनमा | कसरी हिंड्दछ, कसरी पिउँछ, कसरी मेरो भूलभुलैयाहरूमा परेर तिनमा | ||
लरबरिन्छ, कसरी वैराग्यतिर आखिर फर्किन्छ । जीवन-नशाका अनन्त | |||
लरबरिन्छ, कसरी | |||
स्पन्दनहरू मलाई भूतपूर्व अनुभवहरू जगाउँदै आनन्द दिन्छन् । अरूले | स्पन्दनहरू मलाई भूतपूर्व अनुभवहरू जगाउँदै आनन्द दिन्छन् । अरूले | ||
त्यही आनन्द पाएको देख्न म चाहन्छु; जो मैले पाएथें । के लेख्छस् त | त्यही आनन्द पाएको देख्न म चाहन्छु; जो मैले पाएथें । के लेख्छस् त | ||
ग्वाङ्ग्रा ? यहाँ केही छैन । | ग्वाङ्ग्रा ? यहाँ केही छैन । | ||
{{nop}} | |||
Latest revision as of 12:58, 26 February 2025
ईश्वर ! म कृतज्ञ छु' भनेर अहंकारको पापले काँपेर संसार छोड्नु नै सच्चाको मरण हो ।तेरो नामलाई कल्की किन चाहियो ? निर्मलता नै धन हो। रङहरू बोक्सीका छलहरू हुन् । भो वाक्क छु म चाहन्नँ कीर्ति, म दुनियाँको पयरको धूलो हुन चाहन्छु, सबले टेकून् मेरै छातीमाथि मलाई आनन्द त्यहाँ मिल्छ, जहाँ संसार आनन्द पाउँछ । अरू जिऊन्, मैले जिइसकें; मेरा आनन्दहरू क्षणलाई अनन्तको बत्ती बनाएर आउँथे । मैले भोगें ती वेदनाहरू, जसमा कम मानिस सौख लिन्छन् । मैले एकबाजि संसार उचालेर हेरें । अब अरू उचालून्–आफ्नो महत्त्वाकांक्षाका निमित्त । खालि दुनियाँको पयरको धूलो हुन चाहन्छु–दुनियाँ जिउँदो रहेर चलिरहेको देख्नको सौखमा ।
छोटो हुनुमा मजा छ; अरूको महत्त्व कुखुरे कल्की लाएर नाचेको देख्न पाइन्छ । राग शान्त हुनामा आनन्द छ; अरूहरूको गाईजात्रा देख्न पाइन्छ । नलिनुमा प्रशस्तता छ । अरूहरूले मर्कटमुट्टाको पकडमा कपाल खौरिमागेको देख्न पाइन्छ। तब आ आ, दुनियाँ ! को चाहन्छ मेरो टोपी ? को मेरो धोती ? म नङ्गा बन्न चाहन्छु । शरीर छोडाउने उपाय भए मलाई बताइदेओ ! म एक कुनामा गएर अँधेरीबाट चियाऊँ–दुनियाँ कसरी हिंड्दछ, कसरी पिउँछ, कसरी मेरो भूलभुलैयाहरूमा परेर तिनमा लरबरिन्छ, कसरी वैराग्यतिर आखिर फर्किन्छ । जीवन-नशाका अनन्त स्पन्दनहरू मलाई भूतपूर्व अनुभवहरू जगाउँदै आनन्द दिन्छन् । अरूले त्यही आनन्द पाएको देख्न म चाहन्छु; जो मैले पाएथें । के लेख्छस् त ग्वाङ्ग्रा ? यहाँ केही छैन ।