Jump to content

Page:Laxmi nibandhasangraha.pdf/151: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
ईश्वर ! म कृतज्ञ छु' भनेर अहंकारको पापले काँपेर संसार छोड्नु नै
ईश्वर ! म कृतज्ञ छु' भनेर अहंकारको पापले काँपेर संसार छोड्नु नै
सच्चाको मरण हो ।तेरो नामलाई कल्की किन चाहियो ? निर्मलता नै
सच्चाको मरण हो ।तेरो नामलाई कल्की किन चाहियो ? निर्मलता नै
धन हो। रङ्हरू बोक्सीका छलहरू हुन्‌ । भो वाक्क छु म चाहन्नँ कीर्ति,
धन हो। रङहरू बोक्सीका छलहरू हुन्‌ । भो वाक्क छु म चाहन्नँ कीर्ति,
म दुनियाँको पयरको धूलो हुन चाहन्छु, सबले टेक्‌त्‌ मेरै छातीमाथि
म दुनियाँको पयरको धूलो हुन चाहन्छु, सबले टेकून् मेरै छातीमाथि
मलाई आनन्द त्यहाँ मिल्छ, जहाँ संसार आनन्द पाउँछ । अरू जिन्‌,
मलाई आनन्द त्यहाँ मिल्छ, जहाँ संसार आनन्द पाउँछ । अरू जिऊन्‌,
मैले जिइसकेँ; मेरा आनन्दहरू क्षणलाई अनन्तको बत्ती बनाएर आउँथे ।
मैले जिइसकें; मेरा आनन्दहरू क्षणलाई अनन्तको बत्ती बनाएर आउँथे ।
मैले भोगे ती वेदनाहरू, जसमा कम मानिस सौख लिन्छन्‌ । मैले
मैले भोगें ती वेदनाहरू, जसमा कम मानिस सौख लिन्छन्‌ । मैले
एकबाजि संसार उचालेर हेरेँ । अब अरू उचालून्‌-आफ्नो महत्त्वाकांक्षाका
एकबाजि संसार उचालेर हेरें । अब अरू उचालून्‌–आफ्नो महत्त्वाकांक्षाका
निमित्त । खालि दुनियाँको पयरको धूलो हुन चाहन्छु-दुनियाँ जिउँदो
निमित्त । खालि दुनियाँको पयरको धूलो हुन चाहन्छु–दुनियाँ जिउँदो
रहेर चलिरहेको देख्नको सौखमा ।
रहेर चलिरहेको देख्नको सौखमा ।


Line 15: Line 15:
खौरिमागेको देख्न पाइन्छ। तब आ आ, दुनियाँ ! को चाहन्छ मेरो
खौरिमागेको देख्न पाइन्छ। तब आ आ, दुनियाँ ! को चाहन्छ मेरो
टोपी ? को मेरो धोती ? म नङ्गा बन्न चाहन्छु । शरीर छोडाउने उपाय
टोपी ? को मेरो धोती ? म नङ्गा बन्न चाहन्छु । शरीर छोडाउने उपाय
भए मलाई बताइदैओ ! म एक कुनामा गएर अँधेरीबाट चियाउँ-दुनियाँ
भए मलाई बताइदेओ ! म एक कुनामा गएर अँधेरीबाट चियाऊँ–दुनियाँ
कसरी हिंड्दछ, कसरी पिउँछ, कसरी मेरो भूलभुलैयाहरूमा परेर तिनमा
कसरी हिंड्दछ, कसरी पिउँछ, कसरी मेरो भूलभुलैयाहरूमा परेर तिनमा
लरबरिन्छ, कसरी बैराग्यतिर आखिर फर्किन्छ । जीवन-नशाका अनन्त
लरबरिन्छ, कसरी वैराग्यतिर आखिर फर्किन्छ । जीवन-नशाका अनन्त
स्पन्दनहरू मलाई भूतपूर्व अनुभवहरू जगाउँदै आनन्द दिन्छन्‌ । अरूले
स्पन्दनहरू मलाई भूतपूर्व अनुभवहरू जगाउँदै आनन्द दिन्छन्‌ । अरूले
त्यही आनन्द पाएको देख्न म चाहन्छु; जो मैले पाएथें । के लेख्छस्‌ त
त्यही आनन्द पाएको देख्न म चाहन्छु; जो मैले पाएथें । के लेख्छस्‌ त
ग्वाङ्ग्रा ? यहाँ केही छैन ।
ग्वाङ्ग्रा ? यहाँ केही छैन ।
{{nop}}
{{nop}}

Latest revision as of 12:58, 26 February 2025

This page has been proofread

ईश्वर ! म कृतज्ञ छु' भनेर अहंकारको पापले काँपेर संसार छोड्नु नै सच्चाको मरण हो ।तेरो नामलाई कल्की किन चाहियो ? निर्मलता नै धन हो। रङहरू बोक्सीका छलहरू हुन्‌ । भो वाक्क छु म चाहन्नँ कीर्ति, म दुनियाँको पयरको धूलो हुन चाहन्छु, सबले टेकून् मेरै छातीमाथि मलाई आनन्द त्यहाँ मिल्छ, जहाँ संसार आनन्द पाउँछ । अरू जिऊन्‌, मैले जिइसकें; मेरा आनन्दहरू क्षणलाई अनन्तको बत्ती बनाएर आउँथे । मैले भोगें ती वेदनाहरू, जसमा कम मानिस सौख लिन्छन्‌ । मैले एकबाजि संसार उचालेर हेरें । अब अरू उचालून्‌–आफ्नो महत्त्वाकांक्षाका निमित्त । खालि दुनियाँको पयरको धूलो हुन चाहन्छु–दुनियाँ जिउँदो रहेर चलिरहेको देख्नको सौखमा ।

छोटो हुनुमा मजा छ; अरूको महत्त्व कुखुरे कल्की लाएर नाचेको देख्न पाइन्छ । राग शान्त हुनामा आनन्द छ; अरूहरूको गाईजात्रा देख्न पाइन्छ । नलिनुमा प्रशस्तता छ । अरूहरूले मर्कटमुट्टाको पकडमा कपाल खौरिमागेको देख्न पाइन्छ। तब आ आ, दुनियाँ ! को चाहन्छ मेरो टोपी ? को मेरो धोती ? म नङ्गा बन्न चाहन्छु । शरीर छोडाउने उपाय भए मलाई बताइदेओ ! म एक कुनामा गएर अँधेरीबाट चियाऊँ–दुनियाँ कसरी हिंड्दछ, कसरी पिउँछ, कसरी मेरो भूलभुलैयाहरूमा परेर तिनमा लरबरिन्छ, कसरी वैराग्यतिर आखिर फर्किन्छ । जीवन-नशाका अनन्त स्पन्दनहरू मलाई भूतपूर्व अनुभवहरू जगाउँदै आनन्द दिन्छन्‌ । अरूले त्यही आनन्द पाएको देख्न म चाहन्छु; जो मैले पाएथें । के लेख्छस्‌ त ग्वाङ्ग्रा ? यहाँ केही छैन ।