Page:Laxmi nibandhasangraha.pdf/150: Difference between revisions
→Not proofread: Created page with "छ । तैपनि हात पसाछु, रुन्छु, ले भन्छु नपाए च्याँष्टिन्छु तब चक्करहरूमा चक्कर थप्नु नै विषयलम्पटता रहेछ । महत्त्वाकांक्षाहरू सिकन्दर जस्तोलाई अनन्तकालको अदालतमा संसारको महामूर्..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
छ । तैपनि हात | छ । तैपनि हात पसार्छु, रुन्छु, ले भन्छु, नपाए च्याँठ्ठिन्छु; तब चक्करहरूमा | ||
चक्कर थप्नु नै विषयलम्पटता रहेछ । महत्त्वाकांक्षाहरू सिकन्दर जस्तोलाई | चक्कर थप्नु नै विषयलम्पटता रहेछ । महत्त्वाकांक्षाहरू सिकन्दर जस्तोलाई | ||
अनन्तकालको अदालतमा संसारको महामूर्खको फैसलाले सुशोभित | अनन्तकालको अदालतमा संसारको महामूर्खको फैसलाले सुशोभित | ||
गर्दछन् । छिः जित्नु ! म हार्न चाहन्छु ! म अब सुख चाहन्नँ, चाहन्छु | |||
गर्दछन् । | |||
सत्यको शासन । संसारलाई सुरक्षित राख्ने अग्निज्वाला । वेदना-पूजा | सत्यको शासन । संसारलाई सुरक्षित राख्ने अग्निज्वाला । वेदना-पूजा | ||
गर्देछु । छिः विषयलम्पटता ! छिः त्यो मह, जहाँ पखेटा टाँसिन्छन् र | |||
गर्देछु । छिः | |||
जीवनको छाती नदेखिने आगोले जलेर रहन्छ । म अब यति र उति | जीवनको छाती नदेखिने आगोले जलेर रहन्छ । म अब यति र उति | ||
गरुँलामा जान चाहन्नँ, यताबाट खोस्न उताबाट मार्ने, झगडा गर्न | |||
च्याँठ्ठिन्नँ । यही शरीरको बोक्रोले त यसरी छकिएँ, आफूलाई यही | |||
भन्ठानेर । अझ भित्र मनका अँधेरी कोठरीहरूमा हामी के बुझ्न सक्तछौं ? | |||
भन्ठानेर । अझ भित्र मनका अँधेरी कोठरीहरूमा हामी के | |||
जूनकीरीको पिलपिले बत्ती घमण्ड गर्दछ त्यस अन्धकारमा, जहाँ रूप- | जूनकीरीको पिलपिले बत्ती घमण्ड गर्दछ त्यस अन्धकारमा, जहाँ रूप- | ||
रङ्गहरू सबै आँखाकै अगाडि मुर्दातुल्य छन्, जहाँ यसले आफ्नो ज्योति | रङ्गहरू सबै आँखाकै अगाडि मुर्दातुल्य छन्, जहाँ यसले आफ्नो ज्योति | ||
परेको एक मुनालाई पनि राम्ररी आकृति दिन सक्तैन । यही हो ज्ञान, | परेको एक मुनालाई पनि राम्ररी आकृति दिन सक्तैन । यही हो ज्ञान, | ||
यही मानवविद्या; नासमझको ठेला, 'प'को राज्य सधैं अँध्यारोमा छ । म | |||
यही मानवविद्या; | |||
छिन्न, खोस्न, तान्न चाहन्छु मानौं यो विश्व मेरा निमित्त बनेको हो । | छिन्न, खोस्न, तान्न चाहन्छु मानौं यो विश्व मेरा निमित्त बनेको हो । | ||
मैले त केही नलिनुभन्दा राम्रो केही पनि देखिनँ, जति नछोयो उति | मैले त केही नलिनुभन्दा राम्रो केही पनि देखिनँ, जति नछोयो उति | ||
आनन्द । 'लौ ला, तँ नै ले सब | आनन्द । 'लौ ला, तँ नै ले सब संसार। नाङ्गा मुठी फुकाएर चल्दछु | ||
बस्तिनँ' भन्न सक्ने नै महात्मा हो । कस्तो गधा त्यो, जो ढिकी-जाँतो | बस्तिनँ' भन्न सक्ने नै महात्मा हो । कस्तो गधा त्यो, जो ढिकी-जाँतो | ||
बोकेर हिंड्न चाहन्छ । के बोकिस् काना ! आखिर संसार त ज्यौंका त्यौं | बोकेर हिंड्न चाहन्छ । के बोकिस् काना ! आखिर संसार त ज्यौंका त्यौं | ||
रहेकै छ, न रायो बनाइस्, न रूख, न | रहेकै छ, न रायो बनाइस्, न रूख, न तैंले एउटा तारा थपिस् ! तर यी | ||
सबको गह्रौं भारी बोकिस् । बेकार रुन्छस् । आँसुको काम छैन, त्यहाँसम्म | |||
सबको गह्रौं भारी | हृदय पग्लिंदैन र सत्यलाई मात्र पक्रेर मिथ्या छोड्न खोज्दैन । तँ | ||
आगोलाई शीतल भन्थिस्, अमृतलाई विष । तँलाई अन्नले खायो तैंले | |||
हृदय | अन्न खाइनस्, तँलाई लुगाले लगायो, तैंले लाइनस्, बेकारमा आफू | ||
आगोलाई शीतल भन्थिस्, अमृतलाई विष । तँलाई अन्नले खायो | |||
अन्न खाइनस्, तँलाई लुगाले लगायो, | |||
खेलौना बन्छस् । विश्वका शक्तिहरू तँलाई, लात्ती-भकुण्डो खेलाउँछन् । | खेलौना बन्छस् । विश्वका शक्तिहरू तँलाई, लात्ती-भकुण्डो खेलाउँछन् । | ||
त्यस उँचाइमा, जहाँ तेरा महत्त्वाकांक्षाहरू मिथ्याको उपदान खोजेर | त्यस उँचाइमा, जहाँ तेरा महत्त्वाकांक्षाहरू मिथ्याको उपदान खोजेर | ||
मनका | मनका लड्डू बनाउन उर्लिरहेछन् । ठूलो सानो हो, सानो ठूलो । बेताल | ||
हुनु अहंकारको लक्षण हो । उल्टो आँखाले हेरेर तँ ज्ञानी हुँदैनस् । ए, | हुनु अहंकारको लक्षण हो । उल्टो आँखाले हेरेर तँ ज्ञानी हुँदैनस् । ए, | ||
आगाको पुतली ! तँ विषयको मीठो बत्ती बलेको देखेर होमिन नजा ! | आगाको पुतली ! तँ विषयको मीठो बत्ती बलेको देखेर होमिन नजा ! | ||
छोडिदे आशा । त्यो आशा जो संसारिक | छोडिदे आशा । त्यो आशा जो संसारिक शृङ्गारहरू पहिरेर तँलाई भुलाउन | ||
आउँछे । बाँकी राख् केही, जो अर्पण हुन सकोस् । 'मलाई भयो, पुग्यो | आउँछे । बाँकी राख् केही, जो अर्पण हुन सकोस् । 'मलाई भयो, पुग्यो | ||
Latest revision as of 12:54, 26 February 2025
छ । तैपनि हात पसार्छु, रुन्छु, ले भन्छु, नपाए च्याँठ्ठिन्छु; तब चक्करहरूमा चक्कर थप्नु नै विषयलम्पटता रहेछ । महत्त्वाकांक्षाहरू सिकन्दर जस्तोलाई अनन्तकालको अदालतमा संसारको महामूर्खको फैसलाले सुशोभित गर्दछन् । छिः जित्नु ! म हार्न चाहन्छु ! म अब सुख चाहन्नँ, चाहन्छु सत्यको शासन । संसारलाई सुरक्षित राख्ने अग्निज्वाला । वेदना-पूजा गर्देछु । छिः विषयलम्पटता ! छिः त्यो मह, जहाँ पखेटा टाँसिन्छन् र जीवनको छाती नदेखिने आगोले जलेर रहन्छ । म अब यति र उति गरुँलामा जान चाहन्नँ, यताबाट खोस्न उताबाट मार्ने, झगडा गर्न च्याँठ्ठिन्नँ । यही शरीरको बोक्रोले त यसरी छकिएँ, आफूलाई यही भन्ठानेर । अझ भित्र मनका अँधेरी कोठरीहरूमा हामी के बुझ्न सक्तछौं ? जूनकीरीको पिलपिले बत्ती घमण्ड गर्दछ त्यस अन्धकारमा, जहाँ रूप- रङ्गहरू सबै आँखाकै अगाडि मुर्दातुल्य छन्, जहाँ यसले आफ्नो ज्योति परेको एक मुनालाई पनि राम्ररी आकृति दिन सक्तैन । यही हो ज्ञान, यही मानवविद्या; नासमझको ठेला, 'प'को राज्य सधैं अँध्यारोमा छ । म छिन्न, खोस्न, तान्न चाहन्छु मानौं यो विश्व मेरा निमित्त बनेको हो । मैले त केही नलिनुभन्दा राम्रो केही पनि देखिनँ, जति नछोयो उति आनन्द । 'लौ ला, तँ नै ले सब संसार। नाङ्गा मुठी फुकाएर चल्दछु बस्तिनँ' भन्न सक्ने नै महात्मा हो । कस्तो गधा त्यो, जो ढिकी-जाँतो बोकेर हिंड्न चाहन्छ । के बोकिस् काना ! आखिर संसार त ज्यौंका त्यौं रहेकै छ, न रायो बनाइस्, न रूख, न तैंले एउटा तारा थपिस् ! तर यी सबको गह्रौं भारी बोकिस् । बेकार रुन्छस् । आँसुको काम छैन, त्यहाँसम्म हृदय पग्लिंदैन र सत्यलाई मात्र पक्रेर मिथ्या छोड्न खोज्दैन । तँ आगोलाई शीतल भन्थिस्, अमृतलाई विष । तँलाई अन्नले खायो तैंले अन्न खाइनस्, तँलाई लुगाले लगायो, तैंले लाइनस्, बेकारमा आफू खेलौना बन्छस् । विश्वका शक्तिहरू तँलाई, लात्ती-भकुण्डो खेलाउँछन् । त्यस उँचाइमा, जहाँ तेरा महत्त्वाकांक्षाहरू मिथ्याको उपदान खोजेर मनका लड्डू बनाउन उर्लिरहेछन् । ठूलो सानो हो, सानो ठूलो । बेताल हुनु अहंकारको लक्षण हो । उल्टो आँखाले हेरेर तँ ज्ञानी हुँदैनस् । ए, आगाको पुतली ! तँ विषयको मीठो बत्ती बलेको देखेर होमिन नजा ! छोडिदे आशा । त्यो आशा जो संसारिक शृङ्गारहरू पहिरेर तँलाई भुलाउन आउँछे । बाँकी राख् केही, जो अर्पण हुन सकोस् । 'मलाई भयो, पुग्यो