Page:Laxmi nibandhasangraha.pdf/145: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मालूम हुन्छ शायद दुई हावाको लहर भेट गरे होलान् जस्तो कल्पनाको | मालूम हुन्छ शायद दुई हावाको लहर भेट गरे होलान् जस्तो कल्पनाको | ||
लहर वस्तुको | लहर वस्तुको याथार्थिक लहराहरूसँग मिल्दै-मिल्दै लेखहरू बन्दछन् । | ||
त्यो खँदिलो भयो | त्यो खँदिलो भयो–सुनसानबाट ! | ||
मैले बुझे ! आँखामा चाप पर्नुको कारण तलतिरको झलक | मैले बुझे ! आँखामा चाप पर्नुको कारण तलतिरको झलक | ||
रहेछ ! यो | रहेछ ! यो पहेंलो धानको मध्याह्नी चहक हो! धेरै जना दशैंलाई खाने | ||
समय सम्झन्छन्, शायद टीका लाउने पनि र जूवा खेल्ने पनि ! तर | समय सम्झन्छन्, शायद टीका लाउने पनि र जूवा खेल्ने पनि ! तर | ||
कोजाग्रत पूणिमामा यी धानका खेत सुतेर स्वप्न देख्ता देखेको भए अरू | कोजाग्रत पूणिमामा यी धानका खेत सुतेर स्वप्न देख्ता देखेको भए अरू | ||
कुरा सम्झन्थे । अहिले यिनमा त्यो नरम स्वप्निलता छैन, यद्यपि शान्ति | कुरा सम्झन्थे । अहिले यिनमा त्यो नरम स्वप्निलता छैन, यद्यपि शान्ति | ||
छ | छ– दूधालु बालाको चञ्चलता छैन–छ अलि-अलि सिर्सिर ! त्यो त बूढै | ||
भए पनि जीवनस्वादिनी | भए पनि जीवनस्वादिनी सङ्केत देखाउने 'रवीन्द्र' स्पन्दनको प्राकृत संकेत | ||
जस्तो छ । चौकोस पाताहरू काटिंदैछन् । दुई-तीन कुनिउँले नबताउँदै | जस्तो छ । चौकोस पाताहरू काटिंदैछन् । दुई-तीन कुनिउँले नबताउँदै | ||
भन्दछन् कि | भन्दछन् कि टुकुचानेरका खेतले तल्सिङ्ग बुझाइसके ! ती कनिउँनिर | ||
परिश्रमशील कृषकले नयाँ सपनाको | परिश्रमशील कृषकले नयाँ सपनाको ड्याङ लगाइसक्यो ! के रोप्ला त्यो | ||
स्वादिलो पदार्थ जो | स्वादिलो पदार्थ जो दरिद्रको डल्लो-डल्लो मजा हो ? अनि त्यहींनेर के | ||
त्यो ? म उखु भन्न | त्यो ? म उखु भन्न सक्तिनँ– हो ! शायद जुनेलो होला ? हेर ! धानको | ||
बीचमा एउटा रिकेट (सुकेनास) लागेको झीनो | बीचमा एउटा रिकेट (सुकेनास) लागेको झीनो बाङ्गे डाँठको रूख टिङ्गरो | ||
छ, मानौं सत्यको छाया हो । खेतमा चउन्न थियोरेम् (सूत्र, रेखागणित | छ, मानौं सत्यको छाया हो । खेतमा चउन्न थियोरेम् (सूत्र, रेखागणित | ||
हल् स्टीभेन्सको) पढ्न | हल् स्टीभेन्सको) पढ्न लागेझैं छन् । अनि एउटा चुटाहा पराल | ||
झटनीहरूको | झटनीहरूको थुप्रो पिरामिडको रूपमा परिणत गर्न लागिरहेछ । जति | ||
किसानको प्राकृत | किसानको प्राकृत बुद्धिमा रेखागणित र सूक्ष्म विज्ञान होलान् त्यति यी | ||
वैज्ञानिक यन्त्रालयहरूमा कहाँ पाइँदा होलान् र ? जीवनसँग नजोडिएको | वैज्ञानिक यन्त्रालयहरूमा कहाँ पाइँदा होलान् र ? जीवनसँग नजोडिएको | ||
भौतिक रसायनशास्त्रहरू यहाँका ठिटाहरूले कलेजमा पढिरहेछन् ! एक | भौतिक रसायनशास्त्रहरू यहाँका ठिटाहरूले कलेजमा पढिरहेछन् ! एक | ||
पाटामा चुटेका झटनीहरूको कलात्मक | पाटामा चुटेका झटनीहरूको कलात्मक गलैंचा र सुकुलबीचको बिछ्यौना | ||
देखिन्छ ! अनि हेर त्यो झोपडी ! सानो पुतलीघर जस्तो | देखिन्छ ! अनि हेर त्यो झोपडी ! सानो पुतलीघर जस्तो– जहाँ दुई | ||
बच्चा फक्ल्याँटो नभएको ढोकामा बसेका | बच्चा फक्ल्याँटो नभएको ढोकामा बसेका– भर्खर धाननेर बिलाए ! | ||
त्यसलाई पनि एउटा रूखले राम्रो बनाएको छ | त्यसलाई पनि एउटा रूखले राम्रो बनाएको छ– मानौं नेपालमा घर र | ||
रूखहरू सामान्य प्रवृत्तिले संगत छोड्न चाहँदैनन् । आग्नेय ढल्का | रूखहरू सामान्य प्रवृत्तिले संगत छोड्न चाहँदैनन् । आग्नेय ढल्का | ||
लिएको चारहाते डाँठमा झीनो झुप्पा छाडेर उत्तर लागेको हाँगो भएको | लिएको चारहाते डाँठमा झीनो झुप्पा छाडेर उत्तर लागेको हाँगो भएको | ||
दुई हात फेरि बाङ्गिएर झीनो डाँठले | दुई हात फेरि बाङ्गिएर झीनो डाँठले शिरझुप्पा आकाशतिर उठाएर 'म | ||
पनि जीवन-सुखको स्पन्दन चाहन्छु' भन्दै हल्लन खोज्दछ | पनि जीवन-सुखको स्पन्दन चाहन्छु' भन्दै हल्लन खोज्दछ– मानौं वायुको | ||
घचेडको ईश्वरसंकेतपछि स्वर्गको बास्ना छ ! अनि त्यसअघि सानो बार | घचेडको ईश्वरसंकेतपछि स्वर्गको बास्ना छ ! अनि त्यसअघि सानो बार |
Latest revision as of 09:30, 26 February 2025
मालूम हुन्छ शायद दुई हावाको लहर भेट गरे होलान् जस्तो कल्पनाको लहर वस्तुको याथार्थिक लहराहरूसँग मिल्दै-मिल्दै लेखहरू बन्दछन् । त्यो खँदिलो भयो–सुनसानबाट !
मैले बुझे ! आँखामा चाप पर्नुको कारण तलतिरको झलक रहेछ ! यो पहेंलो धानको मध्याह्नी चहक हो! धेरै जना दशैंलाई खाने समय सम्झन्छन्, शायद टीका लाउने पनि र जूवा खेल्ने पनि ! तर कोजाग्रत पूणिमामा यी धानका खेत सुतेर स्वप्न देख्ता देखेको भए अरू कुरा सम्झन्थे । अहिले यिनमा त्यो नरम स्वप्निलता छैन, यद्यपि शान्ति छ– दूधालु बालाको चञ्चलता छैन–छ अलि-अलि सिर्सिर ! त्यो त बूढै भए पनि जीवनस्वादिनी सङ्केत देखाउने 'रवीन्द्र' स्पन्दनको प्राकृत संकेत जस्तो छ । चौकोस पाताहरू काटिंदैछन् । दुई-तीन कुनिउँले नबताउँदै भन्दछन् कि टुकुचानेरका खेतले तल्सिङ्ग बुझाइसके ! ती कनिउँनिर परिश्रमशील कृषकले नयाँ सपनाको ड्याङ लगाइसक्यो ! के रोप्ला त्यो स्वादिलो पदार्थ जो दरिद्रको डल्लो-डल्लो मजा हो ? अनि त्यहींनेर के त्यो ? म उखु भन्न सक्तिनँ– हो ! शायद जुनेलो होला ? हेर ! धानको बीचमा एउटा रिकेट (सुकेनास) लागेको झीनो बाङ्गे डाँठको रूख टिङ्गरो छ, मानौं सत्यको छाया हो । खेतमा चउन्न थियोरेम् (सूत्र, रेखागणित हल् स्टीभेन्सको) पढ्न लागेझैं छन् । अनि एउटा चुटाहा पराल झटनीहरूको थुप्रो पिरामिडको रूपमा परिणत गर्न लागिरहेछ । जति किसानको प्राकृत बुद्धिमा रेखागणित र सूक्ष्म विज्ञान होलान् त्यति यी वैज्ञानिक यन्त्रालयहरूमा कहाँ पाइँदा होलान् र ? जीवनसँग नजोडिएको भौतिक रसायनशास्त्रहरू यहाँका ठिटाहरूले कलेजमा पढिरहेछन् ! एक पाटामा चुटेका झटनीहरूको कलात्मक गलैंचा र सुकुलबीचको बिछ्यौना देखिन्छ ! अनि हेर त्यो झोपडी ! सानो पुतलीघर जस्तो– जहाँ दुई बच्चा फक्ल्याँटो नभएको ढोकामा बसेका– भर्खर धाननेर बिलाए ! त्यसलाई पनि एउटा रूखले राम्रो बनाएको छ– मानौं नेपालमा घर र रूखहरू सामान्य प्रवृत्तिले संगत छोड्न चाहँदैनन् । आग्नेय ढल्का लिएको चारहाते डाँठमा झीनो झुप्पा छाडेर उत्तर लागेको हाँगो भएको दुई हात फेरि बाङ्गिएर झीनो डाँठले शिरझुप्पा आकाशतिर उठाएर 'म पनि जीवन-सुखको स्पन्दन चाहन्छु' भन्दै हल्लन खोज्दछ– मानौं वायुको घचेडको ईश्वरसंकेतपछि स्वर्गको बास्ना छ ! अनि त्यसअघि सानो बार