Page:Laxmi nibandhasangraha.pdf/117: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अजङका दरबारहरू निर्माण गरी झिलिमिली पारेर देखाइदिन्छन् । यसको | |||
एक झल्कामा अविदित देशहरूका दृश्यपटहरू रोज फिल्मी तमाशा | एक झल्कामा अविदित देशहरूका दृश्यपटहरू रोज फिल्मी तमाशा | ||
बन्दै झिल्मिलाउँदै उठ्तछन् । यसका एक आह्वानमा अनन्तको | बन्दै झिल्मिलाउँदै उठ्तछन् । यसका एक आह्वानमा अनन्तको रङ्गदार | ||
भण्डारले विशाल प्रदर्शनीहरू उद्घाटन गर्दछ। स्वर्गदेखि पातालसम्मका | भण्डारले विशाल प्रदर्शनीहरू उद्घाटन गर्दछ। स्वर्गदेखि पातालसम्मका | ||
सम्पूर्ण चीजहरू यसका | सम्पूर्ण चीजहरू यसका पहुँचबाहिर छैनन् । यसको हुकूममा स्वर्गका | ||
पङ्खदार, सुकुमाराङ्गिनी, कोकिलकण्ठी, दिव्यपरिधाना, सुन्दर, लमकोशे, | पङ्खदार, सुकुमाराङ्गिनी, कोकिलकण्ठी, दिव्यपरिधाना, सुन्दर, लमकोशे, | ||
जादूडालका नृत्यकलाकुशला अप्सराहरू सजीव | जादूडालका नृत्यकलाकुशला अप्सराहरू सजीव स्पर्शसामीप्यस्वरूपमा | ||
झीना, रहरलाग्दा, चपलताले रजतझुनझुने रुचिरदर्शन चरणहरू चलाउँदै, | |||
सुरभवनको कलाप्रदर्शनीमा मधुर अपार्थिव मुस्कानसँग मनुष्यका | सुरभवनको कलाप्रदर्शनीमा मधुर अपार्थिव मुस्कानसँग मनुष्यका | ||
आँखाअगाडि नाच्तछन् । त्यस्तै अतीतका मुर्दा जीवन नाटकीय | आँखाअगाडि नाच्तछन् । त्यस्तै अतीतका मुर्दा जीवन नाटकीय | ||
सजीवतासँग रङ्गदार याथार्थ्य लिएर वर्तमानको रङ्गमञ्चउपर विभिन्नता | सजीवतासँग रङ्गदार याथार्थ्य लिएर वर्तमानको रङ्गमञ्चउपर विभिन्नता | ||
प्रचुर माधुरीसँग, काल र स्थानका बाँधहरू उल्लङ्घन गरेर नजरसामु | प्रचुर माधुरीसँग, काल र स्थानका बाँधहरू उल्लङ्घन गरेर नजरसामु | ||
बन्दछ । जस्तो सर वाल्टर स्कटका मध्ययुगी उपन्यासहरूमा | बन्दछ । जस्तो सर वाल्टर स्कटका मध्ययुगी उपन्यासहरूमा अथवा | ||
जयशङ्करप्रसादका ऐतिहासिक नाटकहरूमा यसको एक स्पर्शले नभएका | |||
देशहरू गुल्जार बन्दछन् र सुनसानको रिक्तता आवाद भएर जीवनमा | देशहरू गुल्जार बन्दछन् र सुनसानको रिक्तता आवाद भएर जीवनमा | ||
अनेक मधुर ध्वनिहरूले सजीव भएर र गुञ्जित भएर आउँछन् । दूरताको | अनेक मधुर ध्वनिहरूले सजीव भएर र गुञ्जित भएर आउँछन् । दूरताको | ||
क्षणमा विजय गरेर, विशाल भेदसागरहरूले नियुक्त भएका प्रदेशहरूसँग | क्षणमा विजय गरेर, विशाल भेदसागरहरूले नियुक्त भएका प्रदेशहरूसँग | ||
नङमासुको नाता जोडिदिने संसारमा केही छ भने मानवकल्पना नै हो । | नङमासुको नाता जोडिदिने संसारमा केही छ भने मानवकल्पना नै हो । | ||
ध्रुवप्रदेशका तुहिनविस्तृत सफेद फैलावटहरू यसका जादूले आँखादेखि | |||
टड्कारोपना लिन्छन् र अफ्रिकाका विशाल अन्धकारनिविड अरण्यहरूका | टड्कारोपना लिन्छन् र अफ्रिकाका विशाल अन्धकारनिविड अरण्यहरूका | ||
अविदित | अविदित अनाविष्कृत गहिराइहरू जन्तुप्रचुर वैचित्र्यमा फिल्मी ताजापनले | ||
दृष्टिगोचर बन्दछन् । यदि कल्पना मनुष्यमा | दृष्टिगोचर बन्दछन् । यदि कल्पना मनुष्यमा नहुँदो हो त अतीत र | ||
भविष्य दुई अँध्यारा पाटा बन्ने थिए, खालि दृश्य वर्तमानको सानो | भविष्य दुई अँध्यारा पाटा बन्ने थिए, खालि दृश्य वर्तमानको सानो | ||
चोइटामा संकुचित भएर मनुष्य कुइराको काग जस्तो हुने थियो, तर म | चोइटामा संकुचित भएर मनुष्य कुइराको काग जस्तो हुने थियो, तर म | ||
मिर्मिरे प्राचीन समयको जीवनलाई 'चित्रमयं जगत्' बनाएर आफ्नो | |||
नजरसामु गर्न उत्तिकै सक्तछु, जति अविदितको पर्दाले ढाकेको जीवनलाई | नजरसामु गर्न उत्तिकै सक्तछु, जति अविदितको पर्दाले ढाकेको जीवनलाई | ||
चित्रण गर्ने सामर्थ्य ममा छ । वास्तवमा मानव-कल्पनाले तीनै काल | चित्रण गर्ने सामर्थ्य ममा छ । वास्तवमा मानव-कल्पनाले तीनै काल |
Latest revision as of 13:02, 24 February 2025
अजङका दरबारहरू निर्माण गरी झिलिमिली पारेर देखाइदिन्छन् । यसको एक झल्कामा अविदित देशहरूका दृश्यपटहरू रोज फिल्मी तमाशा बन्दै झिल्मिलाउँदै उठ्तछन् । यसका एक आह्वानमा अनन्तको रङ्गदार भण्डारले विशाल प्रदर्शनीहरू उद्घाटन गर्दछ। स्वर्गदेखि पातालसम्मका सम्पूर्ण चीजहरू यसका पहुँचबाहिर छैनन् । यसको हुकूममा स्वर्गका पङ्खदार, सुकुमाराङ्गिनी, कोकिलकण्ठी, दिव्यपरिधाना, सुन्दर, लमकोशे, जादूडालका नृत्यकलाकुशला अप्सराहरू सजीव स्पर्शसामीप्यस्वरूपमा झीना, रहरलाग्दा, चपलताले रजतझुनझुने रुचिरदर्शन चरणहरू चलाउँदै, सुरभवनको कलाप्रदर्शनीमा मधुर अपार्थिव मुस्कानसँग मनुष्यका आँखाअगाडि नाच्तछन् । त्यस्तै अतीतका मुर्दा जीवन नाटकीय सजीवतासँग रङ्गदार याथार्थ्य लिएर वर्तमानको रङ्गमञ्चउपर विभिन्नता प्रचुर माधुरीसँग, काल र स्थानका बाँधहरू उल्लङ्घन गरेर नजरसामु बन्दछ । जस्तो सर वाल्टर स्कटका मध्ययुगी उपन्यासहरूमा अथवा जयशङ्करप्रसादका ऐतिहासिक नाटकहरूमा यसको एक स्पर्शले नभएका देशहरू गुल्जार बन्दछन् र सुनसानको रिक्तता आवाद भएर जीवनमा अनेक मधुर ध्वनिहरूले सजीव भएर र गुञ्जित भएर आउँछन् । दूरताको क्षणमा विजय गरेर, विशाल भेदसागरहरूले नियुक्त भएका प्रदेशहरूसँग नङमासुको नाता जोडिदिने संसारमा केही छ भने मानवकल्पना नै हो । ध्रुवप्रदेशका तुहिनविस्तृत सफेद फैलावटहरू यसका जादूले आँखादेखि टड्कारोपना लिन्छन् र अफ्रिकाका विशाल अन्धकारनिविड अरण्यहरूका अविदित अनाविष्कृत गहिराइहरू जन्तुप्रचुर वैचित्र्यमा फिल्मी ताजापनले दृष्टिगोचर बन्दछन् । यदि कल्पना मनुष्यमा नहुँदो हो त अतीत र भविष्य दुई अँध्यारा पाटा बन्ने थिए, खालि दृश्य वर्तमानको सानो चोइटामा संकुचित भएर मनुष्य कुइराको काग जस्तो हुने थियो, तर म मिर्मिरे प्राचीन समयको जीवनलाई 'चित्रमयं जगत्' बनाएर आफ्नो नजरसामु गर्न उत्तिकै सक्तछु, जति अविदितको पर्दाले ढाकेको जीवनलाई चित्रण गर्ने सामर्थ्य ममा छ । वास्तवमा मानव-कल्पनाले तीनै काल जोड्दछ र दूरतालाई विजय गर्दछ, र सपना र सुनसानमा विलीन भएका दृश्यहरूलाई सजीव जागरण दिन्छ ।
४. कल्पना भनेको त्यस दिव्य शक्तिको मानव-आभास हो, जसको जादूगरी विशाल सिर्जनाका विभिन्नता र चमत्कारमा दृश्यमान