Jump to content

Page:Laxmi nibandhasangraha.pdf/74: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "फूल कविहरू किन फूलतर्फ ज्यादा आकर्षित हुन्छन्‌ ? प्रकृतिमा जस्तै फूल नफुलीकन काव्यमा मधुमासको विलास पाइन्न । सुन्दर रूपको उपमा दिनुपन्यो भने कविजीको कल्पना कुसुमतर्फ खिचिन्छ ।..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
फूल
{{Right|{{x-larger|'''फूल}}}}
कविहरू किन फूलतर्फ ज्यादा आकर्षित हुन्छन्‌ ? प्रकृतिमा
कविहरू किन फूलतर्फ ज्यादा आकर्षित हुन्छन्‌ ? प्रकृतिमा
जस्तै फूल नफुलीकन काव्यमा मधुमासको विलास पाइन्न । सुन्दर
जस्तै फूल नफुलीकन काव्यमा मधुमासको विलास पाइन्न । सुन्दर
रूपको उपमा दिनुपन्यो भने कविजीको कल्पना कुसुमतर्फ खिचिन्छ ।
रूपको उपमा दिनुपन्यो भने कविजीको कल्पना कुसुमतर्फ खिचिन्छ ।
सुन्दरताका उपासक कविजीहरू कवितालाई अनेक रङ्गका कुसुमहरूले
सुन्दरताका उपासक कविजीहरू कवितालाई अनेक रङ्गका कुसुमहरूले
सिंगार्दछन्‌ । बास्तबमा प्रकृतिको मोहनी मृदुल अधरबाट बोल्दछ ।
सिंगार्दछन्‌ । वास्तवमा प्रकृतिको मोहनी मृदुल अधरबाट बोल्दछ ।
अनन्त सौन्दर्यका झिल्काहरू वसन्तको नवजागृतिमा वसुन्धराउपर
अनन्त सौन्दर्यका झिल्काहरू वसन्तको नवजागृतिमा वसुन्धराउपर
छरिन्छन्‌ । फुलेको बगैंचाले हामीलाई भित्र-भित्रै उचाल्दछ । रहस्यको
छरिन्छन्‌ । फुलेको बगैंचाले हामीलाई भित्र-भित्रै उचाल्दछ । रहस्यको
देशबाट आएका वैशाखका पाहुनाहरूले जीवनको निकेतनलाई रमाइलो
देशबाट आएका वैशाखका पाहुनाहरूले जीवनको निकेतनलाई रमाइलो
गराउँछन्‌ । यसकारण सबै कविहरू वसन्तका पुजारी बन्दछन्‌ । कविता
गराउँछन्‌ । यसकारण सबै कविहरू वसन्तका पुजारी बन्दछन्‌ । कविता
पनि त शरीरको माटोमा जरा हालेर फुलेको सौन्दर्यको पुष्प मनको
पनि त शरीरको माटोमा जरा हालेर फुलेको सौन्दर्यको पुष्प मनको
 
जागरणकालमा प्रादुर्भाव भएको न हो ! त्यो सच्चा कविता हो, जसमा
जागरणकालमा प्रादुर्भाव भएको न
माटोले सौन्दर्यको कोमल रङ्ग लिन्छ र हृदयलाई कहाँ-कहाँ पुर्याउँदछ
 
हो ! त्यो सच्चा कविता हो, जसमा
 
माटोले सौन्दर्यको कोमल रङ्ग लिन्छ र हृदयलाई कहाँ-कहाँपुखयाउँदछ
 
सच्चा कवि वसन्तको फूलबारी हो । मानिसले साहित्यमा नै प्रकृतिको
सच्चा कवि वसन्तको फूलबारी हो । मानिसले साहित्यमा नै प्रकृतिको
उचाइ र सौन्दर्य लिन्छ । नत्र बिचरा मानिस प्रकृतिका फूलबारीमा
उचाइ र सौन्दर्य लिन्छ । नत्र बिचरा मानिस प्रकृतिका फूलबारीमा
घस्रेर चल्ने कीराको रूपमा देखिन्छ । साहित्यका आदर्शले नै जीवनलाई
घस्रेर चल्ने कीराको रूपमा देखिन्छ । साहित्यका आदर्शले नै जीवनलाई
बीभत्स रूपबाट बचाएका छन्‌ । मानिस पनि एउटा फूलको कोपिला
बीभत्स रूपबाट बचाएका छन्‌ । मानिस पनि एउटा फूलको कोपिला
हो, जसमा भावको रङ्ग चढ्दछ, सह्ृदयताको कोमलता आउँछ, विचारको
हो, जसमा भावको रङ्ग चढ्दछ, सहृदयताको कोमलता आउँछ, विचारको
 
संगतिद्वारा सौन्दर्य विकासमान हुन्छ र भित्रको सुगन्धले घरबारी
संगतिद्वारा सौन्दर्य विकासमान हुन्छ र भित्रको सुगन्धले घरबारी
मगमगाउँछ !
मगमगाउँछ !
Line 38: Line 24:
यसले हजार कलिला ओठ खोलेर बोल्दछ । कालो, खस्रो गन्हाउने
यसले हजार कलिला ओठ खोलेर बोल्दछ । कालो, खस्रो गन्हाउने
माटोबाट यो सौन्दर्य, यो सुवास कसरी आयो ! कुन गहिराइबाट यो
माटोबाट यो सौन्दर्य, यो सुवास कसरी आयो ! कुन गहिराइबाट यो
फूल/६४

Latest revision as of 12:39, 15 February 2025

This page has been proofread

फूल

कविहरू किन फूलतर्फ ज्यादा आकर्षित हुन्छन्‌ ? प्रकृतिमा जस्तै फूल नफुलीकन काव्यमा मधुमासको विलास पाइन्न । सुन्दर रूपको उपमा दिनुपन्यो भने कविजीको कल्पना कुसुमतर्फ खिचिन्छ । सुन्दरताका उपासक कविजीहरू कवितालाई अनेक रङ्गका कुसुमहरूले सिंगार्दछन्‌ । वास्तवमा प्रकृतिको मोहनी मृदुल अधरबाट बोल्दछ । अनन्त सौन्दर्यका झिल्काहरू वसन्तको नवजागृतिमा वसुन्धराउपर छरिन्छन्‌ । फुलेको बगैंचाले हामीलाई भित्र-भित्रै उचाल्दछ । रहस्यको देशबाट आएका वैशाखका पाहुनाहरूले जीवनको निकेतनलाई रमाइलो गराउँछन्‌ । यसकारण सबै कविहरू वसन्तका पुजारी बन्दछन्‌ । कविता पनि त शरीरको माटोमा जरा हालेर फुलेको सौन्दर्यको पुष्प मनको जागरणकालमा प्रादुर्भाव भएको न हो ! त्यो सच्चा कविता हो, जसमा माटोले सौन्दर्यको कोमल रङ्ग लिन्छ र हृदयलाई कहाँ-कहाँ पुर्याउँदछ । सच्चा कवि वसन्तको फूलबारी हो । मानिसले साहित्यमा नै प्रकृतिको उचाइ र सौन्दर्य लिन्छ । नत्र बिचरा मानिस प्रकृतिका फूलबारीमा घस्रेर चल्ने कीराको रूपमा देखिन्छ । साहित्यका आदर्शले नै जीवनलाई बीभत्स रूपबाट बचाएका छन्‌ । मानिस पनि एउटा फूलको कोपिला हो, जसमा भावको रङ्ग चढ्दछ, सहृदयताको कोमलता आउँछ, विचारको संगतिद्वारा सौन्दर्य विकासमान हुन्छ र भित्रको सुगन्धले घरबारी मगमगाउँछ ! कृ्‌ष्णजीको नाभिबाट कमल फुलेको छ, कमलका फूलमा चार वेद हातमा लिएका बह्माजी प्रादुर्भूत हुनुभएको छ । हरेक फूलमा नजर भएकालाई चारै वेद फुलेका छन्‌। हेर यो गुलाब ! एकान्तमा हृदयअगाडि यसले हजार कलिला ओठ खोलेर बोल्दछ । कालो, खस्रो गन्हाउने माटोबाट यो सौन्दर्य, यो सुवास कसरी आयो ! कुन गहिराइबाट यो