Page:Laxmi nibandhasangraha.pdf/71: Difference between revisions
→Not proofread: Created page with "ले गजूर लगाउँछ । जति काँट छाँटिएको हुन्छ, उति फुर्ती लम्बिएको हुन्छ । त्यसमा चश्मा चढायौ भने त बिचरो दुनियाँ तिम्रा नजरको के सामना गरोस् । विद्याको सर्टिफिकेट कोठाको बाकसमा हुन्..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
ले गजूर लगाउँछ । जति काँट छाँटिएको हुन्छ, उति फुर्ती लम्बिएको | ले गजूर लगाउँछ । जति काँट छाँटिएको हुन्छ, उति फुर्ती लम्बिएको | ||
हुन्छ । त्यसमा चश्मा चढायौ भने त बिचरो दुनियाँ तिम्रा नजरको के | हुन्छ । त्यसमा चश्मा चढायौ भने त बिचरो दुनियाँ तिम्रा नजरको के | ||
सामना गरोस् । | सामना गरोस् । | ||
विद्याको सर्टिफिकेट कोठाको बाकसमा हुन्छ । भलादमीको | विद्याको सर्टिफिकेट कोठाको बाकसमा हुन्छ । भलादमीको | ||
प्रमाणपत्र | प्रमाणपत्र सधैं उसका शरीरउपर विज्ञापन जाहेरी गर्दछ । पोशाक मात्र | ||
पहिला पास हो । त्यसमा पनि रेशमी रुमालको फूलदार फर्काइ र | पहिला पास हो । त्यसमा पनि रेशमी रुमालको फूलदार फर्काइ र | ||
टोपीको कर्काइले पहिलो श्रेणीमा उत्तीर्ण भएको जनाउँछ । कपालको | टोपीको कर्काइले पहिलो श्रेणीमा उत्तीर्ण भएको जनाउँछ । कपालको | ||
छाँट र जुङ्गाको कटाइले दोस्रो परीक्षाको परिचय दिन्छ । फेरि आँखीभौंको | छाँट र जुङ्गाको कटाइले दोस्रो परीक्षाको परिचय दिन्छ । फेरि आँखीभौंको | ||
मसिनो डोरोले, ओठ र गालाको फिक्का हलुका लालीको सुस्त चढाइले | मसिनो डोरोले, ओठ र गालाको फिक्का हलुका लालीको सुस्त चढाइले | ||
उत्तम श्रेणी जनाउँछ । सबको शिखर, एउटा | उत्तम श्रेणी जनाउँछ । सबको शिखर, एउटा सौन्दर्यवर्द्धक कोठी र | ||
अत्तरको हरहराउँदो खुश्बूले सडकमा | अत्तरको हरहराउँदो खुश्बूले सडकमा हिंड्नेहरूको नाक र नजरमा | ||
आक्रमण गरेको हुनुपर्दछ । यसमा पनि विशिष्टता हिंडाइको कला, | आक्रमण गरेको हुनुपर्दछ । यसमा पनि विशिष्टता हिंडाइको कला, | ||
लच्काइ, हाउभाउ, हास्य र बोलीमा निर्भर रहन्छ । | लच्काइ, हाउभाउ, हास्य र बोलीमा निर्भर रहन्छ । | ||
उच्च दर्जामा पुगेपछि विशेष गुणहरू सबैसँग | उच्च दर्जामा पुगेपछि विशेष गुणहरू सबैसँग हुन्छन् । त्यस्तै | ||
कोही भलादमीहरू नआएको भकभके झिक्तछन् । गुलाबको जस्तो | कोही भलादमीहरू नआएको भकभके झिक्तछन् । गुलाबको जस्तो | ||
भलादमीको पनि ढङ्गको रङ्ग रहनुपर्दछ । साधारण जनताबाट भेद | भलादमीको पनि ढङ्गको रङ्ग रहनुपर्दछ । साधारण जनताबाट भेद | ||
जनाउनलाई भलादमीको हाड नभएको | जनाउनलाई भलादमीको हाड नभएको जिभ्रो बोलचालमा वैज्ञानिक | ||
तवरले लटपटिन्छ । यस्तो भकभकाउनु पनि एउटा शोभा बढाउने | तवरले लटपटिन्छ । यस्तो भकभकाउनु पनि एउटा शोभा बढाउने | ||
अलङ्कार हो । कोही भलादमीहरू चेहराको अनौठा ढङ्ग निकाल्दछन् । | |||
कसैको रेशमी रुमाल झिकेर रुघा नलागेको नाक पुछिरहने बानी हुन्छ, | |||
कसैको रेशमी रुमाल | यो पनि रवाफको एक काइदा हो, दुनियाँको नजरलाई लोभ्याउने रेशमी | ||
यो पनि रवाफको एक काइदा हो, दुनियाँको नजरलाई लोभ्याउने | |||
झलक हो । कोही भलादमीले ग्रामोफोनबाट हाँसो उतारेका हुन्छन्, | झलक हो । कोही भलादमीले ग्रामोफोनबाट हाँसो उतारेका हुन्छन्, | ||
सभ्य पाश्चात्य हाँसोको अप्राकृतिक रूप धारण गरेका हुन्छन्, कसैको | सभ्य पाश्चात्य हाँसोको अप्राकृतिक रूप धारण गरेका हुन्छन्, कसैको | ||
हाँसो कलकत्ताको सडकबाट ल्याएको हुन्छ । ओठ लम्याएर सुनले बाँधिएको | हाँसो कलकत्ताको सडकबाट ल्याएको हुन्छ । ओठ लम्याएर सुनले बाँधिएको | ||
एउटा दाँतले निकालेको मीठो मुस्कान सडकको शिष्टाचार बन्दछ । | एउटा दाँतले निकालेको मीठो मुस्कान सडकको शिष्टाचार बन्दछ । | ||
कोही भलादमीहरूले असाधारण नम्रता लिएका हुन्छन्, विनयको बोझाले | कोही भलादमीहरूले असाधारण नम्रता लिएका हुन्छन्, विनयको बोझाले | ||
भोटेनीको कानमा चक्कीले जस्तै यिनीहरूलाई शोभा दिन्छ । कोही | भोटेनीको कानमा चक्कीले जस्तै यिनीहरूलाई शोभा दिन्छ । कोही | ||
Line 47: | Line 32: | ||
हावाखोरी थिए । कसैलाई आफ्ना कुरा माथि पार्ने प्रभुत्व रुच्दछ । तर | हावाखोरी थिए । कसैलाई आफ्ना कुरा माथि पार्ने प्रभुत्व रुच्दछ । तर | ||
कोही हुन्छन् बडा बुझक्कड, सुकरातको गम्भीर भाव, रवीन्द्रबाबूको | कोही हुन्छन् बडा बुझक्कड, सुकरातको गम्भीर भाव, रवीन्द्रबाबूको | ||
Latest revision as of 12:15, 15 February 2025
ले गजूर लगाउँछ । जति काँट छाँटिएको हुन्छ, उति फुर्ती लम्बिएको हुन्छ । त्यसमा चश्मा चढायौ भने त बिचरो दुनियाँ तिम्रा नजरको के सामना गरोस् ।
विद्याको सर्टिफिकेट कोठाको बाकसमा हुन्छ । भलादमीको प्रमाणपत्र सधैं उसका शरीरउपर विज्ञापन जाहेरी गर्दछ । पोशाक मात्र पहिला पास हो । त्यसमा पनि रेशमी रुमालको फूलदार फर्काइ र टोपीको कर्काइले पहिलो श्रेणीमा उत्तीर्ण भएको जनाउँछ । कपालको छाँट र जुङ्गाको कटाइले दोस्रो परीक्षाको परिचय दिन्छ । फेरि आँखीभौंको मसिनो डोरोले, ओठ र गालाको फिक्का हलुका लालीको सुस्त चढाइले उत्तम श्रेणी जनाउँछ । सबको शिखर, एउटा सौन्दर्यवर्द्धक कोठी र अत्तरको हरहराउँदो खुश्बूले सडकमा हिंड्नेहरूको नाक र नजरमा आक्रमण गरेको हुनुपर्दछ । यसमा पनि विशिष्टता हिंडाइको कला, लच्काइ, हाउभाउ, हास्य र बोलीमा निर्भर रहन्छ ।
उच्च दर्जामा पुगेपछि विशेष गुणहरू सबैसँग हुन्छन् । त्यस्तै कोही भलादमीहरू नआएको भकभके झिक्तछन् । गुलाबको जस्तो भलादमीको पनि ढङ्गको रङ्ग रहनुपर्दछ । साधारण जनताबाट भेद जनाउनलाई भलादमीको हाड नभएको जिभ्रो बोलचालमा वैज्ञानिक तवरले लटपटिन्छ । यस्तो भकभकाउनु पनि एउटा शोभा बढाउने अलङ्कार हो । कोही भलादमीहरू चेहराको अनौठा ढङ्ग निकाल्दछन् । कसैको रेशमी रुमाल झिकेर रुघा नलागेको नाक पुछिरहने बानी हुन्छ, यो पनि रवाफको एक काइदा हो, दुनियाँको नजरलाई लोभ्याउने रेशमी झलक हो । कोही भलादमीले ग्रामोफोनबाट हाँसो उतारेका हुन्छन्, सभ्य पाश्चात्य हाँसोको अप्राकृतिक रूप धारण गरेका हुन्छन्, कसैको हाँसो कलकत्ताको सडकबाट ल्याएको हुन्छ । ओठ लम्याएर सुनले बाँधिएको एउटा दाँतले निकालेको मीठो मुस्कान सडकको शिष्टाचार बन्दछ । कोही भलादमीहरूले असाधारण नम्रता लिएका हुन्छन्, विनयको बोझाले भोटेनीको कानमा चक्कीले जस्तै यिनीहरूलाई शोभा दिन्छ । कोही बोलक्कड हुन्छन् । बकबकोपाध्यायको सर्टिफिकेट विश्वविद्यालयले कनै दिन निकाल्नेछ । कोही बडा गफी हुन्छन् । कलकत्ता र बम्बई उनीहरूका हावाखोरी थिए । कसैलाई आफ्ना कुरा माथि पार्ने प्रभुत्व रुच्दछ । तर कोही हुन्छन् बडा बुझक्कड, सुकरातको गम्भीर भाव, रवीन्द्रबाबूको