Jump to content

Sunko bihani/kuhu kuhu

From Nepali Proofreaders
कुहु कुहु

(१)
को हँ ? को हँ ? वनमा कुन को हो
गर्छ क्या कुहुकुहू सुन ओहो !!
हैन हैन म त हैन म हैन !!
को हँ को हँ तर को चिनिँदैन ।

(२)
फूलमा छ कि ? कि झाँग हरामा ?
वासमा छ कि उ हुन्छ चरामा ।
या मुनातिर ? कि एक कुनामा ?
हुन्छ भान सपना विपनामा ?

(३)
को हँ को हँ म त चिन्दिनँ हेर
झल्किंदो रस अनेक लिएर ।
लुक्छ को भन वसन्त फुलाई
यो सवाल रसिलो छ मलाई ॥

(४)
को हँ ? को हँ सित सोध्छछ सारा
बालचित्त लहरी रसधारा ।
को बनाउँछ वसन्त रँगीन
सिर्जनाहरू गरेर नवीन ॥