Jump to content

Prithviraj chauhan/lamo pratikshyapachi

From Nepali Proofreaders
लामो प्रतीक्षापछि
'पृथ्वीराज चौहान' को प्रकाशन

लक्ष्मीप्रसाद देवकोटा (वि. सं. १९६६-२०१६) महाकाव्यहरू लेख्न- छपाउन लागेपछि नै महाकवि भनिए पनि उनी महाकाव्यकार मात्र नभई कविताका साना (फुटकर), मकौला (खण्डकाव्यात्मक) र ठूला (महाकाव्यात्मक) 'रूपका असङ्ख्य रचनाका परिमाण र समष्टि गुणस्तरका कसीमा समेत महान्‌ कवि (महाकवि) ठहर्दछन्‌ । पचासवर्षे अल्पायुमै अस्ताएका महाकवि लक्मीप्रसाद देवकोटाका चालीसवर्षे (१९७६- २०१६) कवितायात्राका प्रारम्भिक १५ वर्षजतिको समयावधि उनको महान्‌ कवित्वको पूर्वाभ्यास र आन्तरिक तयारीको नेपथ्य-काल रह्यो भने उनका १९९१ सालदेखिका पच्चीसवर्ष अमर सार्वजनिक कवितायात्राका दोस्रा वर्ष (१९९२) मा नै मुनामदन खण्डकाव्य रची छपाई उनले स्वच्छन्दतावादी काव्यकलाका उच्च शिखरतर्फ ताकिसकेका हुन्‌ । यस सार्वजनिक कवितायात्राको पहिलो प्राप्तिपूर्ण दशक टु्गिँदानटृष्िदै २००० सालतिर नै उनले कविताविधाको बृहत्‌ रूप एवं शीर्षस्थ प्राप्तिबिन्दु मानिने महाकाव्य (पुरातन नाम : 'सकलकथा' र सर्गबन्ध) का सृजनात्मक चासो लिन लागिसकेको लक्ष्य सुषमालोचन महाकाव्यका प्रारम्भिक अंशस्वरूप तीन श्लोक (शारदा, ९ : ८; २००० मार्ग) बाट प्राप्त हुन्छ । अहिलेसम्मका जानकारीमा उनको महाकवित्व वा महाकाव्यकारिताको प्रथम प्रारम्भ-विन्दु यही हो । उत्तरभारतका पटना विश्वविद्यालयबाट स्नातक (बी. ए.) स्तरमा एक प्रधान प्रिन्सिपल) भाषाका रूपमा नेपाली विषयको पठनपाठन स्वीकृत भएपछि उच्चस्तरीय पाठ्यपुस्तकका अभावपूर्तिका निम्ति त्यतिखेर कार्यान्वित गरिएको योजनाबद्ध विशेष कार्यक्रमअन्तर्गत उनी २००० साल भाद्र ११ गते नेपाली भाषानुवाद-परिषद्मा जागिरे भएपछि नै अभावपूर्तिका उत्प्रेरणाबाट महाकाव्यका लेखनतर्फ प्रव्त भएको बुकिन्छ । नेपाली भाषाका धर्तीमा मौलिक उच्चस्तरीय महाकाव्य-गङ्गालाई अवतरित गराउन वा प्रकाशित तुल्याउन समर्थ भगीरथपुरुषका रूपमा शाक्न्तल महाकाव्य (२००२। ले नै उनलाई चिनायो; त्यस महाकाव्यका 'वक्तव्य' मा उनले 'आइसल्यान्डको सर्प", 'अभाव पूरा गर्ने इच्छा पल्हाएर आयो', 'अभावपूर्तिको रूपमा खडा' र 'यो भगीरथको गङ्गा हो; थाप्लामा बोक्न मुस्किल छ' जस्ता अभिव्यक्तिमार्फत आफ्ना यस महाकाव्यकारिताका उत्प्रेरक कारकहरूतर्फ सङ्गेत गरेकै हुन्‌ । सोही 'बक्तव्य' मा उनले 'लेखेँ तीनै महिनामा रातीराती बसेर फुर्सदमा' र 'कलम बिजुलीकैँ दौडयो' भनी आफ्ना 'ट्ूुतलेखन' वा 'आशुकवित्व' तर्फ पनि सङ्गेत गरेका छन्‌; कवितासंसारमा प्राय: दीर्घकालीन साधनाकै आधारमा महाकाव्य रचिँदै-लेखिँदै आएकामा उनी बा 'प्रतिभा-कुवेर देवकोटा' ले अँगालेको यो बिजुलीवेगी ट्रतलेखनको महाकाव्यसृजनाप्रक्रिया आफैंमा एक नवप्रयोग थियो नै । यही द्ृुतलेखनको अगिनपरीक्षा दिँदै उनी उत्तीर्ण भएको परिणाम थियो त्यो दसदिने प्रसवस्वरूप सुलोचना महाकाव्य (रचना २०००; प्रकाशन २००३), जसका 'भूमिका' मा उनले आफ्ना महाकाव्य-लेखन-प्रक्रियाका बारेमा 'खहरेको वैग' 'बाढी आएको बैला' एक घण्टामा स्वागतामा ४५ श्लोक जुद्धसडकमा मोटर दगुरेकैं दौडी २५ वर्षको 'कवि-तपस्या' र 'कल्पनाको कार्चीपीमा छन्दको दौडमा बेअडान पढ्क्तिहरू हवाईजहाज कुदाएर' जस्ता सङ्गेतसमेत दिएका छन्‌ । सोही 'भूमिका' मा उनले 'अक होड गरेको थिइनँ; सायद एक दिनभरिमा एउटा लेख्न सक्छु कि ।” जस्ता कथनमार्फत आफ्ना द्रतलेखन शक्तितर्फ पनि इसारा गरेकै छन्‌ । तर यसै 'भूमिका' मा 'ढिलो लेख्ने कछुवाहरू गोलमा पुग्छन्‌; म खरायो बीचैमा निदाएर दौड हारिरहेछु', 'कविसंसारको सानो टुँडिखेलमा एक दौडबाजी' र 'भविष्यलाई पातीका नाममा तीतेपाती' जस्ता अभिव्यक्तिहरूद्वारा उनले द्ृुतलेखनका 'खेलकूदको मजा' र भविष्यमा 'तीतैपाती' साबित हुन सक्ने कलात्मक आत्मसचेततालाई पनि जाहेर गरेकै छन्‌ । उनले २००० सालदेखि यताका आफ्ना शैष जीवनका लगभग डेढ दशकका अवधिमा थुप्रै महाकाव्यहरू लेखी तीमध्ये केही अधुरा रहे पनि धेरैजसो प्राय: पूरा भए; तर ती सबैचाहिँ उनकै जीवनकालमा भने छापिएनन्‌ । यस्तै एक प्राय: पूरा भएको तर अप्रकाशित रहन पुगेकी महाकाव्य हो साका प्रकाशनद्वारा यतिखेर प्रकाशित भइरहेको पृथ्वीराज चौहान महाकाव्य ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका महाकाव्ययात्राको पूर्वा् भन्नु मोटामोटीमा २०००-२००४ सालको आधा दशक हो भने खास गरी २००२२००३ सालकै दुई वर्षका बीचमा उनले प्रमिथसबाहेक आफ्ना धेरैजसो नेपाली महाकाव्यको रचना गरेको बुकिन्छ । यी दुई वर्षको अवधि उनका समुच्चा कवितायात्राको परिमाण र गुणस्तर दुवै दृष्टिले उर्बर तीन समयाबधिमध्ये पहिलोसमेत हो नै । २००३ सालतिर उनी आफ्नै स्वच्छन्दतावादी (रमानी रोमान्टिक) कवितायात्रालाई 'कविताकान्ति' का नवपथतर्फ डोन्याउन सङ्गलपरत देखिई त्यस्ता केही फुटकर कविता लेख्नसमेत प्रवृत्त भइसकेको र मोटामोटीमा २००४ साल असारभित्रै पनि उनले गद्चकविता, व्यङ्रघविट्रोह, बौद्धिक राप र सामाजिक बस्तुताको अन्तर्वरण गरिएका केही नयाँ कविता छपाइसकेको र त्यसपछि कान्तिकर्मका प्रयोजनका निम्ति उत्तर भारतका बनारस सहरका आत्मप्रवासका क्रममा २००४ सालमा असङ्ख्य करान्तिकविता लेखे-छपाएका परिप्रेक्यमा २००२-३ साल नै उनका समष्टि कवितायात्रामै पनि कविता क्रान्ति र क्रान्ति कवितातर्फ उन्मुख त्यस स्वच्छन्दतावादी / प्रगति उत्तराईको विभाजक समयरेखा रहेकै छ जसमा उनको कवित्वले आफ्ना स्वच्छन्दतावादी / रुमानी भावकताप्रधान कल्पनाशक्तिलाई छन्दसम्मोहन र. मानवतावादी अव-व्यञ्जनासँगै प्रजातान्त्रिक-प्रगतिवादी सामाजिक-राजनीतिक, आर्थिक-सांस्कृतिक युगीन नवसञ्चेतना एवं गच्चकवित्वसँग पनि संयोजित तुल्याई सान्ध्य प्रहरसम्ममा आफ्ना खरायोबेगी, बिजुलीबेगी, बाढीबेगी, मोटरवेगी, र हवाईबेगी सृजनप्क्रियालाई परिमाण होइन गुणस्तरतर्फ अनि आत्मनियन्त्रित लेखन-पुनलेखनका परिष्कार, परिमार्जनका कविताकलातर्फको आकाङ्क्षासमेत देखाउन पुगेको छ । २००७ सालको कान्ति र प्रजातान्त्रिक राष्ट्रिय राजनैतिक परिवर्तन (फागुन ७ गते। पश्चिका अझै केही चीसा प्रभात प्रहरमा प्रमियस महाकाव्यको लेखन थाली उनले महाकाव्ययात्राका निम्ति पखेटा फडफडाए । प्रमिथसका उत्तराई केही (५-६) सर्ग २००७-२०१० साल (भदौ। सम्म लेखिइसकेको र प्रारम्भिक अंश २०१० सालमा (प्रगति, २:५) छापिएको थाहा छ भने प्रमियसको वर्तमान परिमार्जित एवं एघार सर्गसम्मको रूप २०११ सालपछिकै परिमार्जन र सृजना ठहर्छ । यसरी उनको महाकाव्यकारिताको उत्तराईको एक मात्र निसानी हुन पुगेको प्रमिथस दीर्घकालीन र परिष्कारधर्मी त्यस्तो स्वच्छन्दतावादी -प्रगतिवादी महाकाव्य ठहर्छ जसमा गद्चकवित्व, बौद्धिक भावुकता, आदिमता र नवीनताको दोसांघ, शैलीशिल्पमा र भावबिम्बमा प्रवाहसँगै कलात्मक परिष्कृतिको चासो एवं कविका आत्मगाथा र युगीन कान्तिगाथाको कलात्मक अन्तर्पक्षेपणसमेतको समागम पाइन्छ । यस परिप्रेक्यमा उनले आफ्ना २००२-३ सालका दुईवर्ष) महाकाव्ययात्रा-पूर्वाईमा (सम्भवत: भाषानुवाद परिषद्बाट अन्तिम बिदाइ लिई त्रिचन्द्र कलेजमा २००३ साल असार १२ गते प्राध्यापन थाल्नुभन्दा अगि नै) अहिले प्रकाशित हुन लागेको पृथ्वीराज चौहान महाकाव्य लेखेको हन्‌पर्छ । उनले सुलोचना (२००२ सालमा लेखिसकेपछि र २००३ सालका सुरुका दुई- महिनाभित्रै यस पृथ्वीराज चौहानको रचना गरेको भन्न सकिन्छ, किनभने उनले परिषद्का अध्यक्षबाट कथावस्तु (प्लट) पास गराई लेखेका बन-क्‌सुम महाकाव्यमा उनको महाकाव्य-प्रतिभा ज्यादाजसो श्रान्त-क्लान्त अवस्थामा छ र त्यसभन्दा अगि नै (सम्भवत: कथावस्तु पास नगराई ?) उनले यो पृथ्वीराज चौहान लेखेको मान्नुपर्ने सृजनात्मक कारक छँदै छ । त्यस्तै उनको अर्को महाकाव्य महाराणा प्रतापचाहिँ उक्त परिषदको जागिर छोडेपछि नै द्ृततीब प्रतिभा-प्रवाहभन्दा कविकीशलकै जोडमा लेखियो २००३ सालभित्रै । उक्त परिषद्‌ विघटित भइसकेपछि समिति (ने. भा. प्र. स.) का दराजमा महाकविका अरू अनेक प्रकाशन-शेष रचनासँगै वन-कुसुमपृथ्वीराज चौहान महाकाव्यका पाण्डुलिपि पनि थन्किन पुगे । उनका बनारस- आत्मप्रवासपछिका मौसममा यिनको प्रकाशन सम्भव रहेन भने २००७ सालको क्रान्तिपछि यी र महाराणा प्रताप महाकाव्यका प्रकाशनबारे स्मरण गराउँदा उनले यिनमा परिष्कारको आवश्यकता देखेको कुरा पनि जानकारीमा आइसकेकै छ र अन्तिम महाकाव्य प्रमिथसका परिष्कारप्रति उनी सचेत रहेको क्रोचाहिँ माथि बताइसकिएकै छ । २०१५ सालमा आफ्नो लोकप्रिय कृति मुनामदन (१९९२) को समेत उनले परिष्कार र परिवर्द्धन गरेका हुन्‌ भने आफ्ना उदितास्त व्यस्त कविजीवनमा आधुनिक नेपाली कविताकलाका यी सगरमाथा प्रतिभाले न पूर्वप्रकाशित शाकुन्तलसुलोचनाकै परिमार्जन गर्न भ्याए न त प्रकाश्य पृथ्वीराज चौहान, वन-क्सुम, महाराणा प्रतापप्रमिथसकै परिष्कार गरी यिनलाई चाहेजस्तो गुणस्तरसहित संशोधित गरी पूर्णता दिन नै पाए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले २००३ सालतिर अनेक महाकाव्य लेख्ने योजना गरेको क्रा जानकारीमा आइसकेकै छ । उनले नेपाली, अङ्ग्रेजी र संस्कृत तीन भाषामा महाकाव्य लेख्न चाहेका हुन्‌ र यी तीनवटै भाषाका थालिएका, अधुरा र प्राय: प्रा भएका एवं उनकै जीवनकालमा पूरा भई प्रकाशित वा उनका देहावसानउप्रान्त प्रकाशित भएका गरी जम्मा तेह्र (एक दर्जनभन्दा बढी नै) महाकाव्य उनले रच्न लागेका बा रचेका पनि हुन्‌ । अङ्ग्रेजी भाषामा उनले रचेकी शकुन्तला महाकाव्य गत वर्ष (२०४८) प्रकाशित भयौ भने प्रमिथस अनबाउन्ड महाकाव्य उनले अङ्ग्रेजीमा लेख्न थालेको जानकारीसम्म प्राप्त छ । थी उनकै नेपाली शाक्न्तलप्रमिथस महाकाव्य-सृजनाबाट उत्प्रेरित मौलिक ढङ्टका कृति रहेको ठान्न सकिनै क्रा । प्रकाशित अङ्ग्रेजी शकुल्तलाबाट परिपुष्ट हुन्छ । यी उनका त्यस 'नोबेल' पुरस्कारका अवचेत-सचेत आकाङ्क्षाका परिसूचक कृति पनि पक्कै हन रबीन्द्रनाथ ठाकुरको उक्त पुरस्कार प्राप्तिपछि चलमलाउन लागेको बृढिन्छ । उनलै संस्कृतमा सिकन्दर महाकाव्य लेख्न थालेको जानकारी प्रानै हो र. हाल यौगी नरहरिनाथमार्फत उनले सुन्दरीजल संस्कृत महाकाव्य पूरा गरेको नवजानकारी (उनका विद्ठान्‌ सुपुत्र पद्षप्रसाद देवकोटाबाट) प्राप्त भएको छ । उनका (लक्ष्मीप्रसाद देवकाटाका) शेष नौ महाकाव्य-प्रयासचाहि नेपाली भाषामै. केन्द्रित रहेका छन्‌ जसमध्ये केही थालनी गरिएका तीन अधुरा महाकाव्यांश हुन्‌- सुषमालोचन (तीन श्लोक, २०००), भक्तिरसपूर्ण पीयूषप्रबाहिनी हरिकथास्वरूप भक्त प्रहलाद (प्रथम सर्गका ५१ श्लोक र द्वितीय सर्को १ श्लोकसम्म उपलब्ध, सम्भाव्य रचनाकाल २००३) र 'सत्याभास वा बुड्चरितको भूमिका (११ श्लोक प्राप्त, सम्भाव्य रचनाकाल २००३) । उनले नेपाली भाषामा लेखी पूरा गरी जीवनकालमै छपाएका शाकुन्तलसुलोचना दई महाकाव्यबाहेक परिष्कार गर्न चाहेका तर प्राय: पुरा भएका अनि उनका देहावसानपछि छापिन पुगेका तीन नेपाली महाकाव्य हुन्‌- महाराणा प्रताप (रचना २००२३ : प्रकाशन २०२४), बन-कुसुम (रचना २००२३ : प्रकाशन २०२५) र प्रमिस (रचना २००९-१०, प्रारम्भिक अंशको प्रकाशन २०१०, परिमार्जनक्रम चालु; प्रकाशन २०२८।२९) । यीमध्ये वत-कुसुमको प्रकाशन नै. भा. प्र. स. वा समितिको उत्तराधिकारी संस्था साका प्रकाशनबाट सम्पन्न भएपछि पनि दराजभित्रै उनको पृथ्वीराज चौहान महाकाव्यले अरू पच्चीस वर्ष (जम्माजम्मीमा सतचालीस वर्ष जति) थन्किई बस्नुपर्नाका अनेक कारक पक्कै हुनन्‌ । प्रथमतः स्वयं महाकविकै बनारस-आत्मप्रवास र पछि परिष्कार- सचेतताले अनि २०२४ सालतिरदेखि चाहिँ उनको महाकाव्य-प्रतिभाको प्रबाह ज्वार केही श्रान्त-क्लान्त रहेको बन-कृसुमको पूर्वप्रकाशनले तत्कालीन साहित्यिक बातावरणमा ल्याएका अनुकूल-प्रतिकृल (मिश्रित) प्रतिक्रियाले र त्यसपछिका अनपेक्षित अरू ढिलाइले गर्दा पनि पृथ्वीराज चौहान दराजमै । हाल उनकै (लब्मीप्रसाद देवकोटाकै) सुपुत्र पद्रप्रसाद देवकोटाको चासो र साका प्रकाशनका नयाँ बिद्ठान्‌ महाप्रबन्धक डा. तुलसीप्रसाद भट्राईका तीब अठोटको फलस्बरूप हतार-हतारमै, यस पटकको लक्ष्मीजयन्ती, देवकाटाजयन्तीकै शुभ साइतलाई ताकेर पृथ्वीराज चौहान प्रकाशित हुँदै छ। यी दुवै (कारणकार्य बन्न पुगेका) महानभावहरू देवकोटाप्रेमी हजारौँ नेपाली पाठकहरूका तर्फबाट भूरि-भूरि प्रशंसा र बधाईका पात्र छन्‌ । गत वर्षको देवकोटाजयन्ती उनका (लक्ष्मीप्रसाद देवकोटाका) अङ्ग्रेजीका शकुन्तला महाकाव्य र महात्मा गान्धीसम्बन्धी बाप्‌ शोककाव्यका प्रकाशनका कारणले विशेष रचनात्मक पर्व सिद्ध भयो भने यो देवकोटाजयन्ती उनको प्रकाशित हुन बाँकी (प्राय: पूर्ण) अन्तिम महाकाव्य पृथ्वीराज चौहानको प्रकाशनले विशेष रचनात्मक सिद्ध हुँदै छ; यी शुभ सङ्केत पक्कै हुन्‌ ।

प्रस्तुत पृथ्वीराज चौहान महाकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटाको सार्वजनिक कवितायात्राको पूर्व (१९९१-२००३) को अन्त्यतिरको र उनको खास दुईवर्ष महाकाव्ययात्राका खास पाँच नेपाली महाकाव्यमध्ये लगभग बीचको त्यस्तो महाकाव्य देखा पर्छ, जसमा उनको महाकाव्यात्मक प्रतिभाको प्रवाहज्वार बन-क्सुममा झैं केही श्रान्त-क्लान्त र सेलाउन लागेको स्थिति छैन र महाराणा प्रतापमा कै आत्मसंयमी र परिष्कार-सचेत कविकीशल नै बिराद्‌ प्रतिभा ज्वारभन्दा बढी चहकिएको अवस्था पनि छैन । त्यस्तै यस पृथ्वीराज चौहानमा शाक्न्तलसुलौचनाको जस्तो द्रुत प्रतिभाज्वार अथवा शाकुन्तलको जस्तो गा्रेय प्रचुर प्रतिभा-अन्तरप्रवाह र विराट्‌ कल्पना- उडानको उच्चतर छाप पनि प्रचुर मात्रामा देखिँदैन । तर यस (पृथ्वीराज चौहान) महाकाव्यका प्रथम र अन्य निकै (पाँचौं/आठौं चौधौं अनि प्रकाशनक्रममा कायम पन्छ्रौं/ सोह्रौं / अठारौं / उन्नाइसौं / बीसौं जस्ता) सर्गमा देवकोटेली उत्कृष्ट प्रतिभा र कविताकलाको मोहक जादू उचालिन पुगेको छ । यस महाकाव्यमा उनको पूर्वा् र उत्तराई कवितायात्राको दौसांचतिरको रुमानी अतीतमुखी तर युगव्यञ्जक देशभक्ति र स्वातन्त्य चेतका साथै आत्मबलिदानी सांस्कृतिक-राजनैतिक पुनर्जागरण चेत तीव रूपमा सुसाएको छ र लोकगाथा परम्पराको पुनरुन्मेषमा बीरगाया /धर्मगाथा / प्रेमगाथाको अन्तर्विविणीसमेत प्रवाहित भएको भेटिन्छ । त्यस्तै यहाँ राष्ट्रिय एकता र. स्वातन्त्र्य एवं देशभक्तिका स्वच्छवन्दतावादी-रुमानी नवस्वरका निम्ति भारतीय मध्यकालीन इतिहासको हिन्दू फुट र एकताको कमी (एवं मुस्लिमका-विजय राजनीतिक-धार्मिक आधार कथाले महाकविलाई निकै उत्प्रेरित गरेको छ र पृथ्वीराज चौहान, शक्तिशाली बीर /प्रेमी नायक हुन आएका महाकाव्योचित छन्‌ । महाकविका चेतनामा ट्साइरहेको युग-सङ्क्रमणकालीन तीव व्यङ्ग्यबोधचाहिँ राजा जयचन्दका बिरालीबृद्धिका चित्रणका क्रममा यस महाकाव्यमा !प्रकाशनका सिलासिलामा) कायम सत्रौँ सर्गका अनुच्छेद /शलोक ११-१५ पराकाष्ठामा पुगेको छ । पृथ्वीराज चौहानमहाराणा प्रताप दुवै महाकाव्य त्रिचन्द्र कलेजका प्राध्यापक गोक्लचन्द्र शास्त्री (मलहोत्रा! को हिन्दू/ राष्ट्रिय स्वातन्त्रय-चेतनाका उन्नायक बलिदानी महावीरहरूका गानमा आधारित महाकाव्य लेख्ने सुकाउबाट उत्प्रेरित रहेका हुन्‌ भने त्यस्तो चेत उनका (देवकोटाका) आफ्नै रुमानी पारामा पृथ्वीराज चौहान महाकाव्यमा पनि मुखरित भएकै छ र यसमा भारतको छिमेकी हिन्दुराष्ट्र नेपाल महान्‌ देशभक्त गाइने/कविको स्वराष्ट्रचेतसमेत अन्तर्व्वनित छँदै छ । यो पृथ्वीराज चौहान महाकाव्य उनले नेपाली लोकलय (क्यारे) र नेवारी लोकगाथाका मौलिक एवं प्रतिभापूर्ण उच्च कलात्मक प्रयोगस्वरूप आफ्नो प्रथम नेपाली खण्डकाव्य मुनामदन (१९९२ र छापेको एक दशकपछि कम्तीमा दुई महाकाव्य वर्णमात्रिक छन्दमा लेखी छपाइसकेपछि, नेपाली लोक गाइनेका चाँचरी र कर्खाका मुहुनीदार छन्द-डाँचा र महागाथा-संरचनालाई महाकाव्यस्तरमा पुनरुज्जीवन प्रदान गर्दै रचेका छन्‌ । यसमा ५ 134२) ५ ५ (३4२) 2५ ६ (३4३) अक्षरगुच्छका रुयाउरे छन्दका मूल ढाँचालाई अँगाली बीचबीचमा १०५ वा ६ का अनेक खण्डचरणलाई प्रचुर मात्रामा प्रयोग गरी अन्त्यान्‌प्रास र कतिपय मध्यान्तानुप्राससमेतका मोहक सङ्टीत-जाद्का साथ उनले प्रवाहमय सङ्घीति प्रदान गरेका छन्‌ । यसका लोकलयमा २००१ सालतिर रचित गाइने गीतलूनीका साथै कुञ्जिनी (२००२) को रन्को सुनिन्छ नै । यो (महाकाव्य) लोकछन्द र महागाथाका संरचनामा उनको प्रथम र अन्तिम महाकाव्य हुनाका नाताले पनि विशेष स्मरणीय छँदै छ । यसमा उनका अन्य महाकाव्यहरूमा कैँ देवकोटेली महाकवि-प्रतिभाको आरोह अवरोह त छ नै तर उनका शाकुन्तलप्रमिथसबाहेक अन्य महाकाव्यका दाँजामा यसमा प्रतिभा-वैशिष्टच खास कम छैन । बरु राम्रै कोटिको छ । त्यसैले उनका आधा दर्जन नेपाली महाकाव्य र प्रमियस एवं अपेक्षाकृत श्रान्त-क्लान्त बन- कूसुमबाहेकका सुलोचना, पृथ्वीराज चौहानमहाराणा प्रतापलाई एक खास मोटामोटी श्रेणीमा राखी सुङ्म तुलनात्मक अध्ययनद्वारा मूल्याङ्कित गर्नुपर्ने देखिन्छ । अन्त्यमा यस पृथ्वीराज चौहान महाकाव्यका द्वितीय संस्करण प्रकाशित गर्ने क्रममा यसको अनुपलब्ध (खाली) पन्छौँ सर्गबारे अरू खोजीनिती गर्ने (त्यसो त त्यो सर्ग नहुँदा पनि महाकाव्यक्रममा खास अन्तर नपर्ने नै देखिन्छ) र छन्दका मूल खण्ड, चरणका लय र गति एवं अर्थगत प्रसङ्गका अनुरूप महाकविकै वा श्यामदास वैष्णवकै पाण्डुलिपिका कतिपय बुरुन कठिन र भाषिक शुद्धता मिल्न सक्ने स्थलमा समेत सही शब्द वा शब्दावली निर्धारित गर्ने आदि कुरामा अरू ध्यान दिइनेछ भनी उम्मेद गर्दै यस शुभ साइतका घडीमा प्रस्तुत महाकाव्यबारे हतारमै भए पनि केही लेख्ने अवसर र गौरव मलाई प्रदान गर्ने साका प्रकाशन तथा यसका विद्वान्‌ महाप्रबन्धक डा. तुलसीप्रसाद भट्ट्राईप्रति म कृतज्ञता व्यक्त गर्दछु ।

२०४९ कात्तिक ७, ज्डा. बासुदेव त्रिपाठी
बानेश्वर, काठमाडौँ ।