Jump to content

Page:Sunko bihani.pdf/48

From Nepali Proofreaders
This page has been proofread
गाउँ दिने कथा

(१)
हौदा चढ्यो घोडामाथि
हौदामाथि हात्ती
चञ्चलेको राजालाई
यस्तो भयो पात्ती ।

(२)
दुइटा ओडार काला काला
त्यसमा दुइटा तारा
माथि झाँग छ तल झाडी
त्यो हो के त प्यारा ?

(३)
सोह्र कौडा दुइ ठाउँ
खाल्डोभित्र हाँस
झ्याली बजे पानी पर्छ
आँखा साउन मास ।