This page has been proofread
(२)
फूलमा छ कि ? कि झाँग हरामा ?
वासमा छ कि उ हुन्छ चरामा ।
या मुनातिर ? कि एक कुनामा ?
हुन्छ भान सपना विपनामा ?
(३)
को हँ को हँ म त चिन्दिनँ हेर
झल्किंदो रस अनेक लिएर ।
लुक्छ को भन वसन्त फुलाई
यो सवाल रसिलो छ मलाई ॥
(४)
को हँ ? को हँ सित सोध्छछ सारा
बालचित्त लहरी रसधारा ।
को बनाउँछ वसन्त रँगीन
सिर्जनाहरू गरेर नवीन ॥