Jump to content

Page:Sunko bihani.pdf/4

From Nepali Proofreaders
This page has been proofread
भूमिका

महाकविको प्रतिभाले छोएपछि धूलो पनि फूल बन्दछ भन्ने कुरा यस पुस्तकको ११ औं कविताले बोल्छ ।

उहाँले 'किताब चरो' को सैर गराएर, 'फूल परी' सँग नचाएर, 'पल्टन' सँग कवाज खेलाएर मात्र होइन, मुसाको र मास्टरजीहरूको कथा सुनाएर पनि बालकहरुलाई रद्द पारिदिनुभएको छ । त्यति मात्र पनि होइन, उहाँले अरू पाका हृदयलाई पनि यसमा रस लिन सक्ने गरिदिनुभएको छ । जस्तो मानौं–


"घर एक बनाउँ मिली सबले
जग होस् पृथ्वी तर स्वर्ग फूले–
सरि होस् दिल फूल खुशी रहने
लहराहरुतुल्य विचार हुने ।"

भन्दा कुन अशान्त मनले शान्ति नपाउला ?

"प्रतिभाबाट छहरा छुटे हृदय नछोला ?" भनेर महाकविले भन्नुभएको थियो। त्यसको सत्यता उहाँकै 'सुनको बिहान' ले प्रमाणित गरेको छ भन्नु अत्युक्ति नहोला।