Jump to content

Page:Sunko bihani.pdf/38

From Nepali Proofreaders
This page has been proofread
नेपाली सलाई बट्ट

(१)
जहाँ झिलमिलाउँदै किरणलाई छर्वर् गरी
झलल्ल छ उदाउँदो धपधपाउँदो बेसरी ।
मुहार, अति लाल जो सब गुलाफ झैं सूर्य छन्,
झझल्ल कवि झाँगका रँग हरा खुला गर्दछन् ॥

(२)
झिलिक्कसँग झुल्कियोस् हृदयबीच ज्वाला नयाँ
अँधेर जगमा गयो, सकल बाल बत्ती यहाँ ।
उही किरण सूर्यको किन झलल्ल झल्की बल्यो
नयाँ युग छ देशको यति बुझे उज्यालो खुल्यो ।