This page has been proofread
सौन्दर्य-उपासना
(१)
मलाई राम्रा सब चीज हेर्न
अत्यन्त लाग्ने मन चित्त भर्न ।
आँखा दुवैले रस प्यूनलाई
अत्यन्त आनन्द हुने मलाई ॥
(२)
राम्रा उज्याला सब फूलबाट
सुगन्धको सौख मिहीनसाथ ।
दिलै भरी आउँछ गद्गदाई
क्यै चीज, जो हुन्न बयान हाई ॥
(३)
म प्यूँछु नीलो छतको मिठास
तारा-जुहारी झलमल्ल खास ।
म चाँदनीको रस प्यूँछु मीठो
आँखा कचौरा दुईबाट छीटो ॥