वहाँ कामको वासना देखिँदैन ।
सबै छन् कला मौनमा मस्त हाई !
यह्वाँ कर्कशा मर्त्यता स्पर्श-लोभी ।
हवाका झिना हात लाग्छन् मलाई ॥
(८९)
बहाँ भेद देवी तथा देवताको ।
छ राम्रा कला सिर्जना गर्नलाई ॥
सुवासी त्यहाँ प्रेमका भाव झीना ।
यहाँ टिप्दछन् फूलले- वासनामा ॥”
(९०)
सुनी काम लज्जाहरूमा बिलायो ।
बनी स्वादु आनन्द अर्कै रमायो ॥
वहाँ थप्दथिन् मैनका “दिव्य नीति ।
विना बाँधले राख्छ आनन्दरीति ॥
(९१)
सधैं दिव्य इच्छा कतै छैन बाधा ।
त्यहाँ सिर्जना गर्दछौं स्वप्नलाई ॥
यहाँ बाँधिएकी धराचक्रभित्र ।
बनिन् आज यी खुम्चिए झौँ मलाई ॥
(९२)
जसै उड्नको प्रेरणा पङ्खभित्र ।
ममा कुत्कुती दिन्छ आफ्नो विचित्र ॥
उज्यालो कलाकारकी स्वप्नतुल्य ।
म पाउँ त्यसै उड्न स्वेच्छा-पवित्र ॥
(९३)
न ता बाँधिएकी म भै फूलतुल्य ।
सबै ओठ भै मूक हा ! वैलिनेछु ॥
सफा प्रेममा स्वर्ग पृष्वी हुनाले ।
म बस्नेछु सच्चाइले नै छुनाले ॥
(९४)
Page:Shakuntala.pdf/54
Appearance
This page has not been proofread
