बनून् दीप्त आँखा सबै सौख्य पाउन् ।
खुली स्वर्ग झल्काहरू झल्किजाङन् ॥
सफा पाउ राम्रा सधैँ छम्छमाउन् ।
सबै श्लोकले 'हाइ क्याबात' पाउन् ॥
(५)
तपस्वी बडाका खुलून् आज आँखा ।
हँसीला उज्याला परी जग्मगाउन् ॥
यहाँ एक कन्या अनौठी उज्याली ।
नटी मेनकाकोखमा जन्म पाउन् ॥
(६)
झुकी साँझ आइन् झरिन् एक तारा ।
थियो चारु घुम्टो फिका मिर्मिरिको ॥
पखालेर लाली उँचा टाकुरामा ।
झरिन् शीतका बूँद ली फूलमाथि ॥
(७)
कणा सौरभी कुद्न लागे मरुत्मा ।
सबै ठाँटका फूल पारेर मस्त ॥
निशा झिम्किइन् झूल तानेर नीलो ।
सजी कामको फूलगुट्टे निछौना ॥
(८)
थियो दिव्य षड्यन्त्रको सूक्ष्म जादू ।
कहाँ टिप्न सक्थे त्यहाँ हेर ! साधु !
यता मेनका मोहिनी छम्छमाई ।
उता कोयली साँझमा सौध्न आई ॥
(९)
तपस्या त्यसै शब्द सुन्दै डराई ।
मरेका सबै मासु आयो पलाई ॥
जगतृतर्फ आँखा खुले चल्मलाई ।
जसै मेनकाले परीगान गाई ॥
(१०)
Page:Shakuntala.pdf/40
Appearance
This page has not been proofread
