This page has been proofread
जुन सत्य हो मन-मोहन ।
तल मोहनीसरि झर्दछ ॥
अनि लेखनीबीच प्राकृत !
रँग-रूपमा सब पर्दछ ॥
(५८)
अलि लाम्चिलोपन गोलिँदो ।
कलिलो हने रँग रेखन ॥
कमलै फुलेसारि कोमल !
मुखरूप मानवमा थियो ॥
न कपोल छन् अति गोल ती ।
लघु पुष्टता अनमोल ती ॥
त्यति मासु भै मृदु हाडमा ।
जतिले कडापन ढाक्दछ ॥
तल लच्किएर झिनी बनी ।
सुकुमारिता छ छुँदी कटी ॥
(५९)
अलि टिङ्गरेपन चारुमा ।
अलि पातली हलक्क छन् ॥
र प्रियम्वदा अलि होचि भै ।
तर अङ्ग पुष्ट सलक्क छन् ॥
दुइ छाडि ती तर रोजिने ।
उनिचाहिं चट्ट सलक्क छन् ।
(६०)
अलि शीतलो जल झल्किने ।
हिमबिन्दु झैं किरणाँचल ॥
छरिती बनीकन छालकी ।
छतछुल्लमा तब उठ्दछिन् ॥
त्वरितोत्थिता अरुणीकृता ।
मृदु-केशकी जलझल्मले ॥