This page has been proofread
पशु शस्यमा असली छिटा
हुन आँग पर्शन आउँछ ॥
सपना पनी हँसिला बनी ।
बिपनातिरै सरिआउँछ ॥
बिचरो उठी नबुझी कुरा ।
अध-आँख चारु कराउँछ ॥
अनि फूल आधि उठी कुनै ।
मुख मोहडा फरकाउँछ ॥
उडु चम्किने निशि चम्चम !
दृग बन्द हुन्छ, निदाउँछ ॥
रवि-रश्मिको पहिलो छटा-
सित भै पहाड खुलाउँछ ॥
यति ब्यूँझिँदो र किसानले ।
हरिनामले सुख पाउँछ ॥
गनगन्न भै तन बज्दछन् ।
जलतीरमा सुन-मन्दिर ॥
(३९)
भरिँदै छटा अब शून्यमा ।
दिन जन्म-उत्सव पाउँछ ॥
यस कालमा मृगको शिशु ।
वन-वल्लरीनिर आउँछ ॥
शिर मिर्गको मसिनो टुसे ।
र उचालिँदी रँगको गला ॥
अति स्नेहले करले छुँदी ।
तब भन्दछिन् वनकोपिला ॥
(४०)
"सपनाविषे वनमा पुगी-
कन नीँदमा मन-चक्षुले ॥
शिखि-पुच्छ भूषण-सुन्दर ।
मुरली मिठा प्रभुजी मिले ॥