Jump to content

Page:Prometheus.pdf/81

From Nepali Proofreaders
This page has not been proofread

क्राटोस, कडा, जंगी, तोले कर्कशनादमा
फर्की, फर्की, "४ए करुणाले किन कमजोर ?
कमजोर किन अनदेव, तपाईं यसरी आज ?
अभियुक्तउपर करुणा देखाउन्‌ हो
आत्महत्या आफ्नो ! जिउस, ती देवेन्द्रराज
मालिक हाम्रा स्वर्गका, तर्वदर्शी लोचन,
देख्दैनन्‌ कै यहाँसम्म तल ? अनलदेव !
डराउनुहोप्‌ तिनका भूका भयंकर संर्राअघि ।
नन्नहोस्‌ होशियार, कर्तव्यशील, प्रबलमना !
हच्किन्छन्‌ दुर्बल आत्मा यसरी, अविश्वासी !
पो करुणाभूमि होड्न, यो ककेससको पार्श्व ।
यो हो पालनभमि, यो भयंकर दंडक्षेत्र ।"

(१२)
पसरी डाँटिदा अरिनदैव हेफिस्टस ती
आ्नजर भए । अर्द्वावरुद्ध स्वरमा
गर्छन्‌ ती प्रमिषस महाबीरको संबोधन;
"ए बृद्धिमान्‌ थेमिसपुत्र ! ए महावीर,
गभीरमना, अनन्त सहनशील, तपाईँ,
दु:ख सहन मस्तैद, सत्य निम्ति, यगयुगतक !
अब यो बाँस्चे चट्टानमा वज्राहत
चीसो प्रस्तरमा अजङ, परिधान-शुन्य
तपाईं नाँधिनुहुन्छ औह, अफसोस, अफसोस !
गोप्नै पत्यो मैले तपाईंलाई ए महावीर,
कोमल गात्रमा महातीक्ष्ण शस्रले मेरा,
यस अनकटार निर्जनमा अनेक युग
असहाय, अकेला, हृदय-वेधित तपाईंले
बस्नपर्नेछ ! ओह, अफसोस, अफसौस !
निराश झैँ हुनेछ यो नेश महासुनसान ।
मानवध्वनिको मधुर संगीत सुनिनेछैन ।
मानन-पुष्प हुनेछ दृष्टिपार, यो महामरुमा ।
सूर्यानल तर हेलिओसले सतत दग्ध
उम्लेला तप्त रुघिर बेदनामय बेकार !
खहन्याउँछ अब ग्रीष्मले आतपबर्षी, अफसोस !
तषारले खानेछ कोमल कलेवर तपाईंको, प्रमिथस,
प्रसुनसमान ! अनेक भीषण वा घमीला युग